• काठमाडौं ।

    कृष्णप्रसाद भण्डारीले नेपाल टेलिकममा सहप्रवक्ताको जिम्मेवारी पाएका छन् । सोमबारदेखि कम्पनीको सहप्रवक्ताको जिम्मेवारी कार्यालयका उपप्रबन्धक भण्डारीलाई दिएको हो ।

    यसअघि उक्त पदमा प्रमुख व्यावसायिक अधिकृतको कार्यालयका उपप्रबन्धक शोभन अधिकारी थिए । अधिकारी प्रमुख प्राविधिक अधिकृतको कार्यालयमा सरुवा भएकाले टेलिकमले उक्त पदको जिम्मेवारी परिवर्तन गरेको हो ।