

सचिव र मन्त्रीको कुरा मिल्दा कृषि मन्त्रालयमा लफडा
सहसचिवमा छड्के प्रवेश गरेका युवकध्वज जिसी कृषिसचिव छन् । यिनले दशैंताका छोरालाई मन्त्रालयको गाडी चलाउन दिएर धुलाम्मे बनाएका थिए । उनै सचिवका कुरा सुनेर मन्त्रीले सिनियर सहसचिवलाई प्रदेशतिर पठाउन खोज्दा राज्यमन्त्रीसँग टकरावको स्थिति आएको हो ।
-
काठमाडौं ।
कर्मचारी समायोजनको ‘राप र ताप’ यस्तो कि सहसचिवलाई प्रदेशतिर खटाउने विषयमा ‘कुरा नमिल्दा’ मन्त्री र राज्यमन्त्रीबीच कटुता बढिरहेको छ । अघिल्लो वर्र्ष त्यही मन्त्रालयमा गौरीशंकर चौधरी र राधिका तामाङबीच ‘पानी बाराबारको स्थिति’ थियो । अहिले पूर्वमाओवादी खेमाकै चक्रपाणि खनाल र रामकुमारी चौधरीले मन्त्रालय हाँकिरहेका छन् । सहसचिवमा छड्के प्रवेश गरेका युवकध्वज जिसी कृषिसचिव छन् । यिनले दशैंताका छोरालाई मन्त्रालयको गाडी चलाउन दिएर धुलाम्मे बनाएका थिए । उनै सचिवका कुरा सुनेर मन्त्रीले सिनियर सहसचिवलाई प्रदेशतिर पठाउन खोज्दा राज्यमन्त्रीसँग टकरावको स्थिति आएको हो ।
News Desk 0 response बिहिबार, चैत्र ७, २०७५
मन्त्रीले योगेन्द्रकुमार कार्कीसहित तीन सहसचिवलाई प्रदेश पठाउन खोजेका थिए । मन्त्रालय स्रोतका अनुसार ३ नम्बर प्रदेशमा योगेन्द्र, राजेन्द्र मिश्रलाई ७ नम्बर र अच्युत ढकाललाई २ नम्बर प्रदेशमा खटाउन खोजिएको छ । तर, मन्त्रीभन्दा सहसचिव यति जब्बर कि निर्णय दुई दिन पनि टिकेन । ५८ वर्र्षे उमेरहदका कारण सहसचिव ईश्वर रिजालले जेठमा अवकाश पाउँदै छन् । उनीपछिका सहसचिव हुन् कार्की । मन्त्रालयमा ४५ जना सहसचिव छन् । उसो त युवकध्वजले आफूभन्दा सिनियर सहसचिवलाई पछाडि छाड्दै सचिव पड्काएका थिए । पेन्सन नआउने हुँदा सचिवमै उठ्ती–पुठ्ती मिलाउन खोजिएको कृषिका केही हाकिम गुनासो पोख्छन् । सिनियर सचिवहरूलाई प्रदेशतिर लखेटेर योजना महाशाखामा तेजबहादुर सुवेदीलाई ल्याउने र खेलेफड्को गर्ने खेलमा छन् सचिव जिसी ।
अर्काे छ लफडा । एक जना उपसचिवले सबैलाई पंगु बनाएर दुईतिर जागिर खाइरहेका छन् । प्रदेशतिर पनि हालिमुहाली छ भने जिल्लाको हाकिमसमेत पड्काइरहेका छन् । निर्मल गदालले यसरी सबैलाई पंगु बनाएका छन् । गदाल प्रदेश नं. ३ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा निमित्त सचिवको जिम्मेवारी सम्हालिरहेका छन् । रमाना नै नबुझी कृषि ज्ञानकेन्द्र ललितपुरको समेत काम गर्दै आइरहेको स्रोतले जनाएको छ । साविकको जिल्ला कृषि विकास कार्यालय मकवानपुरमा प्रमुख रहँदा नै उनलाई प्रदेश मन्त्रालयमा काज पठाइएको थियो । साउनदेखि जिल्ला कृषि विकास कार्यालय खारेजमा परेपछि उनलाई मन्त्रालयमै खटाइएको हो । उनले प्रदेशमा खटिएका सचिव डा. वंशी शर्माको विषयमा मन्त्रीको कान फुकेर त्यो स्थानमा विजयचन्द्र झालाई ल्याइएको बताइन्छ । सचिव र मन्त्रीबीच उनै गदालले मतभेद सिर्जना गरी झालाई त्यहाँबाट पशु सेवा विभागमा लखेटेको अनआस्थाको समाचारमा छ ।

सम्बन्धित शीर्षकहरु
-
विद्युतीय चुलोमा अनुदान दिने सरकारको रणनीति
आइतवार, जेष्ठ ३, २०८३ -
युद्ध अवधिमा इरानका ५१ हजार भवनमा क्षति
आइतवार, जेष्ठ ३, २०८३ -
कीर्तिमानी आरोही शेर्पाद्वयलाई प्रधानमन्त्री शाहको बधाई
आइतवार, जेष्ठ ३, २०८३ -
बैशाखमा घरजग्गा कारोबारमा उत्साह, राजस्व बढ्यो
आइतवार, जेष्ठ ३, २०८३ -
१० महिनामा ४५ अर्ब ३२ करोड रुपैयाँ..
आइतवार, जेष्ठ ३, २०८३
-
विद्युतीय चुलोमा अनुदान दिने सरकारको रणनीति
आइतवार, जेष्ठ ३, २०८३ -
युद्ध अवधिमा इरानका ५१ हजार भवनमा क्षति
आइतवार, जेष्ठ ३, २०८३ -
कीर्तिमानी आरोही शेर्पाद्वयलाई प्रधानमन्त्री शाहको बधाई
आइतवार, जेष्ठ ३, २०८३ -
बैशाखमा घरजग्गा कारोबारमा उत्साह, राजस्व बढ्यो
आइतवार, जेष्ठ ३, २०८३ -
१० महिनामा ४५ अर्ब ३२ करोड रुपैयाँ..
आइतवार, जेष्ठ ३, २०८३
-
राजनीतिमा भाग लिए सरकारी कर्मचारी बर्खास्तीमा पर्न..
बुधबार, बैशाख ३०, २०८३ -
निर्माणाधिन भोटेकोशी–५ ले स्थानीयलाई प्रमोटर सेयर दिने..
शुक्रबार, बैशाख २५, २०८३ -
नेपालको सार्वजनिक प्रशासनिक संयन्त्र
बिहिबार, बैशाख ३१, २०८३ -
ट्रेड युनियनको खारेजीदेखि सुशासन प्रवर्द्धनलाई नतिजामुखी बनाउने..
सोमवार, बैशाख २८, २०८३ -
कामु प्रधानन्यायाधीश प्रधानको नेतृत्वमा सरकारको निर्णयबिरुद्ध..
सोमवार, बैशाख २८, २०८३



