

-
काठमाडौं ।
पाँचौं महिला साफ च्याम्पियनसिपमा ६ राष्ट्रबीच प्रतिस्पर्धा हुँदैछ। आयोजक नेपालसहित साविक विजेता भारत, बंगलादेश, श्रीलंका, माल्दिभ्स र भुटानबीच प्रतिस्पर्धा हुनेछ। अन्तिम समयमा पाकिस्तानले आन्तरिक कारण देखाउँदै सहभागिता जनाएन ।
प्रतियोगितामा सहभागी हुन सबै टोली विराटनगर पुगेको एन्फाका प्रवक्तासमेत रहेका प्रतियोगिता प्रचारप्रसार संयोजक किरण राइले जानकारी दिए। उनका अनुसार बंगलादेश आइतबार बेलुका विराटनगर पुगेको हो भने बाँकी टोली त्यसअघि नै पुगेका हुन्।
टोलीलाई प्रशिक्षणका लागि सशस्त्रको रानी मैदान, डिपिएस स्कुल र दुहबी रंगशाला तयार गरिएको छ। आयोजक नेपालसहित समुह ए मा पछिल्लो समय फुटबलमा फड्को मारिरहेको बंगलादेश र भुटान छन्। तुलनात्मक रुपमा भुटान कमजोर मानिए पनि बंगलादेश बलियो मानिएको छ। नेपालले समूह चरणमा दुबै टोलीमाथि जित निकाल्ने लक्ष्यमा छ। समुह बी मा भारत, श्रीलंका र माल्दिभ्स छन्।
प्रतियोगिताको उद्घाटन खेलमा मंगलबार नेपालले भुटानविरुद्ध खेल्नेछ। बुधबार समूह बी अन्तगर्त भारत र माल्दिभ्सबीच प्रतिस्पर्धा हुँदा बिहिबार समुह ए का भुटान र बंगलादेश आमने(सामने हुनेछन्।
News Desk 0 response सोमवार, फाल्गुन २७, २०७५

सम्बन्धित शीर्षकहरु
-
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३
-
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३



