

-
भूकम्पसँगै बन्द उत्तरी छिमेकीसँग जोड्ने प्रमुख नाका (तातोपानी–खासा) खुल्दैछ। नाका चार वर्षपछि खुल्न लागेको हो। नाका सञ्चालनमा आएपछि तातोपानी क्षेत्रले तंग्रिने अवसर पाउनेछ। नाका खुल्ने विषयले सीमा जिल्ला मात्र होइन, आसपासका क्षेत्र पनि उत्साहित छन्।
नेपाल र चीन सम्बन्धको एक प्रमुख आधार मानिने यो नाकाबाट आफ्नो मुलुकविरोधी गतिविधि हुन्छ भन्ने चिनियाँ बुझाइ छ। त्यहीकारण नाका खुल्न ढिलाइ भएको सुनिन्छ। त्यसका अतिरिक्त नेपाल चीनतिर लहसिएको छैन भन्ने संकेत दिन नेपाल सरकार÷कर्मचारीतन्त्रबाट उक्त नाकालाई बेवास्ता गरिएको देखिन्छ। अन्य शक्तिलाई भुलाउन यस्तो बेवास्ता गरेको धारणा पनि बाहिर आइरहेको छ। दुवै धारणा गलत मात्र होइन, विकासका वाधक पनि हुन्। त्यही धारणामा चीन नेपालको नाकामा अल्मलिएको हो ।
चीनलाई रेलमार्गले जोड्ने ठूला गफ सुन्दै आएका जनतालाई नाका सुचारु हुन लाग्दा उत्साह थपिनु स्वाभाविक हो। नेपालले सधैं त्यो नाकालाई दक्षिणको विकल्पका रूपमा मात्र लिए पनि चिनियाँ सामान आउने क्रम भने जारी रह्यो। भारतको कोलकाता, विशखापट्टनम भएर पनि नेपाल भित्रिरहेकै छ। हुन त जसोतसो रसुवागढी नाकाबाट पनि डेढ वर्षदेखि समयसमयमा सामान आइरहेको छ, तातोपानीको विकल्पका रूपमा।
यता चिनियाँ कम्पनीले बाह्रबिसे तातोपानी जोड्ने २६ किलोमिटर सडकखण्डको पुनर्निर्माण गरिरहेको छ। नाका भने पुरानै पुल मर्मत–सम्भारपछि सुचारु गर्न लागिएको हो। यद्यपि निर्माणाधीन नयाँ पुलको काम भने जारी रहनेछ। दुवैतिरको सहमतिमा सरकारले आउँदो वैशाखमा नाका खोल्ने योजनासहित काम अघि बढाएको छ।
तातोपानी नाका क्षेत्र भूकम्प र बाढीपहिरोको चपेटामा पर्दै आएको छ। तातोपानी नाका बन्द भएपछि थातथलो छोडेर रसुवागढी लागेका हुन् वा काठमाडौं रहन बाध्य मानिस त्यसतर्फ फर्कन थालेका छन्। सडक बन्दै गर्दा पनि सवारी साधन आउजाउ हुन थालेको छ। खासाको पुरानो बस्तीलाई चिनियाँले अन्यत्र सारे पनि तातोपानीमा पुरानैको वर्चश्व रहनेछ। लिपिङको सडक बनाएर धराप भत्काउँदै त्यो नाका वैशाखदेखि सञ्चालनमा ल्याउँदा चीनतर्फ पनि सकारात्मक सन्देश जाने बुझाइ चीन स्वशासित तिब्बत सरकारको छ। सडक निर्माणसँगै जीर्ण भौतिक संरचना हटाउने काम पनि भइरहेको छ।
सरकारी निकायको भवन निर्माण र मर्मतसमेत भइरहेका छन्। नेपाललाई अन्य रणनीतिक चालमा पर्न नदिन चीन सचेत भएकाले नाका खुलाउन जोड दिएको हुनुपर्छ। अमेरिकाले अघि बढाएको इन्डो–प्यासिफिक रणनीति र केपी शर्मा ओली नेतृत्व सरकारको भारतसँगको सामीप्यले पनि यो नाका छिटो खुल्ने संकेत गर्छ। चीनसँग निकट रहेको मानिएको वर्तमान नेतृत्वसमेत अर्को छिमेक र विश्व शक्तितर्फ लहसिएको अनुभव चीनले गरेको छ। प्रतिक्रिया नदिने चीन यस्ता विषयमा खुलेर बोल्न थालेकोले पनि त्यसलाई प्रस्ट्याउँछ।

छिमेक सम्बन्ध अब्बल र विश्वासिलो भएमा मात्र अन्य मुलुकसँगको सम्बन्ध बलियो हुनेछ। नेपालले चीनसँगको पुरानो र नयाँ नाका विकास गर्दै त्रिदेशीय सहकार्यका लागि माध्यम बन्न सक्नुपर्छ। सरकारले गतिलो सडक सञ्जाल निर्माण गर्दै रेलको आधार अघि बढाउनुपर्छ। अन्यथा चीनबाट खेलौना रेलकै वर्चश्व नेपालमा हुनेबाहेक अन्य सम्भावना रहँदैन। त्यसोत नाका जोडिएको भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेल नाका सञ्चालनका लागि आवश्यक काम कुनै बाँकी नराखेको बताउँछन् ।
News Desk 0 response आइतवार, फाल्गुन १९, २०७५

सम्बन्धित शीर्षकहरु
-
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
होल्डिङ सेन्टरमा रहेका सुकुम्वासीका लागि खाना व्यवस्थापनमा..
सोमवार, असार १, २०८३ -
भूमि प्रशासन कार्यालय मनाङका नासु ४० हजार..
आइतवार, जेष्ठ ३१, २०८३ -
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्तामा भारतीय सुरक्षाकर्मी पसेको होइन..
शुक्रबार, जेष्ठ २९, २०८३
-
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
होल्डिङ सेन्टरमा रहेका सुकुम्वासीका लागि खाना व्यवस्थापनमा..
सोमवार, असार १, २०८३ -
भूमि प्रशासन कार्यालय मनाङका नासु ४० हजार..
आइतवार, जेष्ठ ३१, २०८३ -
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्तामा भारतीय सुरक्षाकर्मी पसेको होइन..
शुक्रबार, जेष्ठ २९, २०८३
-
सचिव पुष्करमाथि सम्पत्ति शुद्धीकरणको छानबिन
मङ्लबार, जेष्ठ २६, २०८३ -
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
आइतबारको बिदा खारेज गर्न लागिएको होइन :..
आइतवार, जेष्ठ २४, २०८३ -
प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्तामा भारतीय सुरक्षाकर्मी पसेको होइन..
शुक्रबार, जेष्ठ २९, २०८३ -
यस्तो बन्यो बालेन नेतृत्वको १७ सदस्यीय मन्त्रिपरिषद्
मङ्लबार, जेष्ठ २६, २०८३




