

-
काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र एक लाख ६१ घर छन्। यो २०६८ को तथ्यांक हो । तीमध्ये ९५ प्रतिशतभन्दा धेरै घरधनीले घर डेरामा लगाएका छन्। तर, अधिकांश घरधनीले घरबहाल वापतको कर तिर्न आनाकानी गरिरहेका छन्।
घरधनीले कर तिर्दैनन् भन्ने जान्दाजान्दै पनि नियमक निकाय महानगरपालिका भने मुखदर्शक बनेको छ। करको दायरामा आउनेलाई कारबाही गर्नुको सट्टा महानगर उल्टै घरधनीको यकिन तथ्यांक नभएको भन्दै पन्छिने गरेको छ।
गत वर्षसम्म महानगरपालिकाले दुई प्रतिशत र आन्तरिक राजश्व कार्यालयले १० प्रतिशत छुट्टाछुट्टै घर बहाल कर उठाउँथे। तर, गत वर्षदेखि घरबहाल कर उठाउने जिम्मेवार महानगर मातहत आइसकेको छ।
आगामी वर्षदेखि सम्पूर्ण घरधनीको तथ्यांक राखेर घरबहाल कर उठाउनेतर्फ केन्द्रित गर्ने योजना छ ।घरधनीले घरभाडाबाट उठेको १० प्रतिशत रकम स्थानीय तहलाई राजस्व बुझाउनुपर्ने प्रावधान छ। जबकी महानगरपालिकाले घरबहालबाट संकलन गरेको रकम ठूला संघसंस्था र व्यापारिक प्रतिष्ठानबाट उठेको रकम हो। जबकी आवासीय क्षेत्रबाट उठ्नुपर्ने ठूलो कर संकलन गर्न सकिरहेको छैन।
काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्षमा ५४ करोड रूपैयाँ घरबहाल करबापत उठाउन सफल भएको बताए। ‘गत आर्थिक वर्षको पहिलो ६ महिनाको तुलनामा यस आवमा घरबहाल कर उठ्ने क्रम ह्वातै बढेको छ । महानगरपालिकाले चालू आर्थिक वर्षकोसाउनदेखि पुससम्म ५५ करोड ८४ लाख रूपैयाँ घरबहाल कर संकलन गरेको जनाएको छ। जबकी गत चालू आर्थिक वर्षको सोही अवधिमा महानगरपालिकाले १६ करोड रूपैयाँ मात्रै घरबहाल कर उठाएको जनाएको छ। गत वर्ष आन्तरिक राजस्व कार्यालयले १० प्रतिशत र स्थानीय तहले दुई प्रतिशत घरबहाल कर उठाउँदै आइरहेका थिए।
कर नतिर्नेलाई घरजग्गा बिक्री वितरण तथा बैंक धितो राख्न रोक र सरकारी सेवा सुविधाबाट वञ्चित गराउन सक्नेलगायत घरको टेलिफोन र पानीको सुविधा काट्ने, फोहोर नउठाउने जस्ता कारबाही गर्न सकिने कानुनी व्यवस्था छ। तर, एक जनालाई पनि कारबाही नगरिएको नागरिकले लेखेको छ ।
News Desk 0 response सोमवार, फाल्गुन ६, २०७५

सम्बन्धित शीर्षकहरु
अवदेखि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट राहदानीका लागि आवेदन दिन सकिने
शुक्रबार, असार २६, २०८३-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
चीनले पहिलो पटक पुनः प्रयोग गर्न मिल्ने..
शुक्रबार, असार २६, २०८३ -
अवदेखि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट..
शुक्रबार, असार २६, २०८३ -
एमाले पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन लेखनको जिम्मा..
बिहिबार, असार २५, २०८३ -
नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि ६..
बिहिबार, असार २५, २०८३
-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
चीनले पहिलो पटक पुनः प्रयोग गर्न मिल्ने..
शुक्रबार, असार २६, २०८३ -
अवदेखि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट..
शुक्रबार, असार २६, २०८३ -
नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि ६..
बिहिबार, असार २५, २०८३ -
सुनिल पौडेलसहित १८ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ
बिहिबार, असार २५, २०८३
-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
मुख्यसचिवकै विवादमा रिक्त भएको सचिव पदमा नियुक्त..
बुधबार, असार २४, २०८३ -
मुख्यसचिवमा बाहुन–क्षेत्रीकै बाहुल्यता
बिहिबार, असार २५, २०८३ -
निजामती अस्पतालमा औषधिमै दुई करोड बढी भ्रष्टाचार
बुधबार, असार २४, २०८३ -
एकैसाथ ४२ उपसचिवको सरुवा, को कहाँ ?
शनिबार, असार २०, २०८३



