

काठमाडौंको स्थानीय निकाय कर्मचारीको पहिलो रोजाइ
कर्मचारीको रोजाइमा ७५३ स्थानीय तहमा सबभन्दा बढी काठमाडौं महानगरपालिका नै कर्मचारीको रोजाइमा परेको छ। काठमाडौं महानगरमा समायोजन हुनका लागि सातहजार २१२ कर्मचारीले आवेदन फाराम भरेका छन्
-
काठमाडौं ।
समायोजनमा जानका लागि कर्मचारीको पहिलो प्राथमिकतामा सात प्रदेशमा प्रदेश तीन र ७५३ स्थानीय तहमा काठमाडौं महानगरपालिका परेका छन्।कर्मचारीको समायोजनको पहिलो प्राथमिकतामा परेको प्रदेश तीन मा १३ हजार ६८४ र काठमाडौं महानगरमा सात हजार २१२ कर्मचारीले आवेदन फाराम भरेका छन्। प्रदेशमा ५८ हजार ६२३ ले समायोजन फाराम भरेकामध्ये सबभन्दा बढी प्रदेश तीन मा १३ हजार ६८४ ले रोजेका छन्। प्रदेशको कूल दरबन्दी २२ हजार ७५५ मध्ये आधाभन्दा बढी प्रदेश ३ रोजेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकी उपसचिव अनिता निरौलाले जानाकारी दिए। मन्त्रालयले गत पुस ११ गतेदेखि माघ दुई गतेसम्म संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गर्नका लागि कर्मचारीसँग आवेदन फाराम माग गरेको थियो। प्रदेशमा सबभन्दा थोरै रोज्नेमा सुदूरपश्चिम प्रदेश रहेको छ। सुदूरपश्चिम प्रदेशमा पाँचहजार ९८ कर्मचारीले मात्र रोजेका छन्। समायोजनका लागि एक कर्मचारीले सातवटै प्रदेश फाराम भर्न पाउने व्यवस्था गरिएको छ। कर्मचारीको दोस्रो रोजाइमा प्रदेश चाचँ परेको छ। प्रदेश ५ मा १० हजार ४४९ कर्मचारीले समायोजनका लागि फाराम भरेका छन्। यस्तै क्रमशः तेस्रोमा प्रदेश १ मा नौहजार २९०, चौथोमा प्रदेश ४ मा सातहजार ९८४, पाँचौँमा प्रदेश २ मा छहजार ९२७ र छैठौँमा पाँच हजार २०६ रहेका छन्। उपसचिव निरौलाले समायोजन रोजेकामध्ये ज्येष्ठताका आधारमा समायोजन गरिने बताए। प्रदेशमा २२ हजार ७५५ कर्मचारी आवश्यक रहेकोमा ५८ हजार ६२३ कर्मचारीले समायोजनका लागि फाराम भरेका थिए। कर्मचारीले समायोजनका लागि काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं,ललितपुर र भक्तपुरका स्थानीय तह नै पहिलो रोजाइमा परेका छन्। कर्मचारीको रोजाइमा ७५३ स्थानीय तहमा सबभन्दा बढी काठमाडौं महानगरपालिका नै कर्मचारीको रोजाइमा परेको छ। काठमाडौं महानगरमा समायोजन हुनका लागि सातहजार २१२ कर्मचारीले आवेदन फाराम भरेको उनले बताए। स्थानीय तहमा तीनलाख ५४ हजार २२५ ले समायोजनका लागि फाराम भरेका छन्। एक कर्मचारीले ७५३ स्थानीय तहमा फाराम भर्न पाउने व्यवस्था गरिएको थियो।
News Desk 0 response बिहिबार, माघ १०, २०७५
-रासस

सम्बन्धित शीर्षकहरु
-
गगन थापाले विश्वप्रकाशलाई भेटेरे भने, ‘म राजीनामा..
सोमवार, फाल्गुन २५, २०८२ -
मध्यपूर्व युद्धबाट प्रभावित तेल बजार स्थिर बनाउन..
सोमवार, फाल्गुन २५, २०८२ -
इरानमा सरकार ढाल्न कठिन हुने अमेरिकी गुप्तचरको..
आइतवार, फाल्गुन २४, २०८२ -
प्रत्यक्षमा १२२ सिट जितिसकेको रास्वपालाई समानुपातिकतर्फ पनि..
आइतवार, फाल्गुन २४, २०८२ -
उच्चस्तरीय छानबिन प्रतिवेदनमा ओली, लेखक र खापुङलाई..
आइतवार, फाल्गुन २४, २०८२
-
गगन थापाले विश्वप्रकाशलाई भेटेरे भने, ‘म राजीनामा..
सोमवार, फाल्गुन २५, २०८२ -
मध्यपूर्व युद्धबाट प्रभावित तेल बजार स्थिर बनाउन..
सोमवार, फाल्गुन २५, २०८२ -
इरानमा सरकार ढाल्न कठिन हुने अमेरिकी गुप्तचरको..
आइतवार, फाल्गुन २४, २०८२ -
प्रत्यक्षमा १२२ सिट जितिसकेको रास्वपालाई समानुपातिकतर्फ पनि..
आइतवार, फाल्गुन २४, २०८२ -
उच्चस्तरीय छानबिन प्रतिवेदनमा ओली, लेखक र खापुङलाई..
आइतवार, फाल्गुन २४, २०८२
-
इजरायल–इरान तनाव : खाडी मुलुकले बन्द गरे..
शनिबार, फाल्गुन १६, २०८२ -
इजरायल र इरानको यात्रा नगर्न नेपाल सरकारको..
शनिबार, फाल्गुन १६, २०८२ -
रास्वपालाई १०० भन्दा बढी क्षेत्रमा अग्रता
शुक्रबार, फाल्गुन २२, २०८२ -
इजरायलमाथि ‘ध्वंसात्मक’ जवाफी हमला गर्ने इरानको चेतावनी
शनिबार, फाल्गुन १६, २०८२ -
उच्चस्तरीय छानबिन प्रतिवेदनमा ओली, लेखक र खापुङलाई..
आइतवार, फाल्गुन २४, २०८२



