
बिगो २ करोड ७३ लाख, धरौटी १० लाख !
कुल २ करोड ७३ लाख रुपैयाँ बिगो कायम गरेर विशेष अदालतमा दायर गरेको मुद्दामा विशेष अदालत काठमाडौंले नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर तिलक रावललाई १० लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश
-
काठमाडौं ।
कुल २ करोड ७३ लाख रुपैयाँ बिगो कायम गरेर विशेष अदालतमा दायर गरेको मुद्दामा विशेष अदालत काठमाडौंले नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर तिलक रावललाई १० लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश गरेको छ ।
विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीशद्वय रत्नबहादुर बागचन्द र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले उनलाई रिहा गर्ने आदेश दिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत पुसमा रावलसहित राष्ट्र बैंकका तत्कालीन नोट विभाग प्रमुख उपेन्द्रकेशरी पौडेल र पोलिमर नोट प्रिन्टको जिम्मेवारी पाएको एजेन्टको स्थानीय प्रतिनिधि मे फ्लावर लिमिटेडका हिमालयबहादुर पाँडेविरुद्ध कुल २ करोड ७३ लाख रुपैयाँ बिगो कायम गरेर विशेष अदालतमा मुद्दा दायर गरेको हो। उनीहरु भने अदालतलमा उपस्थित भएका छैनन् ।
उनीहरूविरुद्ध जनही ९१ लाख ९ हजार रुपैयाँ बिगो कायम गरिएको थियो ।
नेपाल राष्ट्र बैंकले अष्ट्रेलियामा १० रुपैयाँ दरको ५ करोड थान पोलिमर नोट छपाई गर्दा अष्ट्रेलियाका स्थानीय एजेन्टमार्फत आर्थिक लेनदेन गरेको, गुणस्तरहीन नोट छपाई भएको, नोट प्रिन्टिङमा मिलेमतो गरी गैरकानुनी रुपमा नोट छपाइ गरेको आरोप लागेको थियो ।
News Desk 0 response सोमवार, माघ ७, २०७५


सम्बन्धित शीर्षकहरु

राष्ट्रपतिबाट संसदमा प्रस्तुत भएको नीति तथा कार्यक्रम यस्तो छ (पूर्ण पाठसहित )
मङ्लबार, जेष्ठ १०, २०७९
निजी क्षेत्रलाई पेट्रोलियम पदार्थको आपूर्ति गर्न अनुमति दिनुपर्छ : मन्त्री बडू
आइतवार, जेष्ठ ८, २०७९-
ओलीको दंभले गर्दा महानगरमा एमाले शून्य
शुक्रबार, जेष्ठ १३, २०७९ -
तिलोत्तमा नगरपालिकाको मेयरमा कांग्रेसका रामकृष्ण खाँण निर्वाचित
शुक्रबार, जेष्ठ १३, २०७९ -
इरानमा व्यापारिक भवन भत्किँदा १९ जनाको ज्यान..
शुक्रबार, जेष्ठ १३, २०७९ -
काठमाण्डौ महानगरपालिकाको मेयरमा बालेन्द्र साह र उपमेयरमा..
शुक्रबार, जेष्ठ १३, २०७९ -
बाजुराको बूढीगङ्गामा फेरि मतदान हुने
बिहिबार, जेष्ठ १२, २०७९
-
ओलीको दंभले गर्दा महानगरमा एमाले शून्य
शुक्रबार, जेष्ठ १३, २०७९ -
तिलोत्तमा नगरपालिकाको मेयरमा कांग्रेसका रामकृष्ण खाँण निर्वाचित
शुक्रबार, जेष्ठ १३, २०७९ -
काठमाण्डौ महानगरपालिकाको मेयरमा बालेन्द्र साह र उपमेयरमा..
शुक्रबार, जेष्ठ १३, २०७९ -
बाजुराको बूढीगङ्गामा फेरि मतदान हुने
बिहिबार, जेष्ठ १२, २०७९ -
मन्त्री आले र ईयू राजदूतबीच भेट, नेपाली..
बिहिबार, जेष्ठ १२, २०७९
-
गोकर्णेश्वरको नगर प्रमुख कांग्रेस र उपप्रमुखमा एमालेको..
बुधबार, जेष्ठ ४, २०७९ -
माध्यामिक तहको शिक्षकको खुला प्रतिस्पर्धामा ८८ प्रतिशत..
सोमवार, जेष्ठ ९, २०७९ -
दुई दिन बिदा हुँदा पढाईमा समय नपुग्ने
आइतवार, जेष्ठ ८, २०७९ -
प्रतिनिधिसभा नियम निलम्बन प्रस्ताव स्वीकृत
मङ्लबार, जेष्ठ ३, २०७९ -
अध्यक्षमा निर्वाचित उपाध्यायको शपथ रोक्न निर्देशन
शुक्रबार, जेष्ठ ६, २०७९