

-
काठमाडौं । सरकार बिरुद्ध प्रहार गर्न नसकेको प्रतिपक्षी काँग्रेसलाई कर्मचारी गतिलो सहारा भएको छ । । नेपाली कांग्रेसले ‘कर्मचारी समायोजन अध्यादेश, २०७५’ माथि अस्विकार प्रस्ताव दर्ता गराएको छ। र आफू निकट कर्मचारीलाई सडकमा उतारेको छ । सरकारले संसदमा दर्ता गराएको अध्यादेशमाथि कांग्रेस नेता गगन थापाले अस्विकार गरियोस् भन्ने प्रस्ताव दर्ता गराएका हुन्।
थापासँगै नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले पनि अध्यादेशको विपक्षमा प्रस्ताव दर्ता गराएका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस निकट नेपाल निजामती कर्मचारी युनियनले ‘कर्मचारी समायोजन अध्यादेश’को विरोधमा सोमबार काठमाडौंमा प्रर्दशन गरेका छन्।
आफूहरुलाई बेवास्ता गरेर ल्याइएको सो अध्यादेश मान्य नहुने चेतावनी दिँदै आएको युनियनले सोमबार काठमाडौंको माइतीघर मण्डलामा सरकारविरुद्ध प्रर्दशन गरेको हो।
कर्मचारीहरुको वृत्ति विकास समेत रोकिने गरी सो अध्यादेश सरकारले ल्याएकाले विरोधमा सडक प्रर्दशन गर्नु परेको युनियनका अध्यक्ष गोपालप्रसाद पोखरेलले जानकारी दिए। एकलौटी ढंगले सरकारले ल्याएको कर्मचारी समायोजन प्रक्रियामा सहभागी हुँदैनौं,पोखरेलले चेतावनी दिए।
युनियनले सरकारले ल्याएको लेखा परीक्षणसम्बन्धि विधेयकको विरोध गर्ने लेखा परीक्षकको निर्णयप्रति पनि ऐक्यबद्धता जनाएको छ।
अध्यक्ष पोखरेलले संविधान विपरीत हुनेगरी सरकारले निजामती सेवा ऐन ल्याएको दाबी गर्दै आपत्ति पनि जनाए।
विरोध प्रर्दशनमा कर्मचारीहरुको सेवा र सर्तसम्बन्धि प्रावधान कुल्चने काम कर्मचारी समायोजनको नाममा गरिरहेको भन्दै सरकारविरुद्ध चर्का नाराबाजी समेत गरिएको थियो।
News Desk 0 response मङ्लबार, पुस १७, २०७५

सम्बन्धित शीर्षकहरु
अवदेखि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट राहदानीका लागि आवेदन दिन सकिने
शुक्रबार, असार २६, २०८३-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
चीनले पहिलो पटक पुनः प्रयोग गर्न मिल्ने..
शुक्रबार, असार २६, २०८३ -
अवदेखि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट..
शुक्रबार, असार २६, २०८३ -
एमाले पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन लेखनको जिम्मा..
बिहिबार, असार २५, २०८३ -
नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि ६..
बिहिबार, असार २५, २०८३
-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
चीनले पहिलो पटक पुनः प्रयोग गर्न मिल्ने..
शुक्रबार, असार २६, २०८३ -
अवदेखि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट..
शुक्रबार, असार २६, २०८३ -
नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि ६..
बिहिबार, असार २५, २०८३ -
सुनिल पौडेलसहित १८ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ
बिहिबार, असार २५, २०८३
-
मुख्यसचिवकै विवादमा रिक्त भएको सचिव पदमा नियुक्त..
बुधबार, असार २४, २०८३ -
मुख्यसचिवमा बाहुन–क्षेत्रीकै बाहुल्यता
बिहिबार, असार २५, २०८३ -
निजामती अस्पतालमा औषधिमै दुई करोड बढी भ्रष्टाचार
बुधबार, असार २४, २०८३ -
गोविन्दबहादुर कार्की मुख्यसचिव नियुक्त
बुधबार, असार २४, २०८३ -
एकैसाथ ४२ उपसचिवको सरुवा, को कहाँ ?
शनिबार, असार २०, २०८३



