

सामन्ती शैलीका उच्चप्रशासक !
नीजीस्तरको कार्यालय थोरै कर्मचारीले ब्यवस्थापन गरेको देखेका उच्चतहका प्रशासकले आफ्नो कार्यालयको यो अवस्था सुधार नगर्नु सामन्ती प्रबृत्तिको उदाहरण हो
-
काठमाडौं । सामन्ती सोचका उच्चपदस्थ कर्मचारीका कारण कर्मचारीसंयन्त्रमा आधुनिक प्रणाली प्रवेश हुन पाएको छैन । उनीहरुलाई सेवा गर्ने सचिवालयले यो कुराको पुष्टि गर्दछ । सानो तथा ब्यवस्थित सचिवालय निर्माण गरेर आधुनिक प्रणालीको छनक दिनुपर्ने भएपनि दास र मालिक प्रबृत्ति त्यहाँ देख्न सकिन्छ । जुनसुकै सचिव तथा सहसचिवको कार्यकक्षमा पुग्दा यस्तै देखिन्छ ।
News Desk 0 response बिहिबार, पुस ५, २०७५
सचिव वा सहसचिवको सचिवालयको स्वरुप हेर्ने हो भने सेवाका लागि कम्तीमा पाँच जना कर्मचारी देखिन्छन् । केही ठाउँमा अझ धेरै छन् । घरबाट कार्यालय ल्याउन र लैजान एकजना चालक दिनभर खटिन्छन् । घर र कार्यालय लाने÷लैजाने कामपछि चालक दिनभर घाम तापेर बस्ने वाहेक अर्को काम हुन्न । सचिवालयमा अधिकृत÷नासु र खरदार खटेका हुन्छन् । उनीहरुको काम टेलिफोन उठाउने वाहेक अरु देखिदैन । सचिवालयमा कम्युटर अपरेटर छुट्टै ब्यवस्था गरिएको हुन्छ । टाईप गर्न सक्ने सचिव तथा अन्य सहयोगी भएपनि कम्युटर अपरेटरको नाममा कर्मचारी ब्यवस्थापन गरिएको हुन्छ । अतिथि सत्कार उच्चपदस्थलाई तातो चिसोको ब्यवस्था गर्न कार्यालय सहयोगी पनि तैनाथ हुन्छन् । सचिवका लागि मात्र होईन सहसचिवका लागि पनि सोही प्रकृतिको सचिवालयको ब्यवस्था गरिएको देखिन्छ । दूरदराजमा कर्मचारीको अभावमा समस्या भईरहँदा सिंहदरवारका उच्चपदस्थ कर्मचारीको यो रवैयाले उनीहरुलाई शासकको झल्को दिएको सानापदका कर्मचारीको आरोप छ । घर ल्याउने लैजाने चालकले कार्यालयमा आईपर्ने साना काम गर्न सक्ने भएपनि त्यो ब्यवस्थापन गरिएको पाईदैन ।
जनशक्तिको उचित ब्यवस्थापन नहुँदा परम्परागत ढाँचामा काम भईरहेको छ । तर पनि कसैले आवाज उठाएको पाईदैन । केन्द्रीय निकायको प्रमुखहरुकै यो भद्धा सचिवालयले देशको मुहार देखाएको पूर्वप्रशासक कैलाशनाथ खरेल बताउँछन् । मन्त्रालयका सचिव तथा सहसचिवले चाहने हो भने यसलाई ब्यवस्थापन गर्न सकिने मानव संशाधनका जानकार मोहन ओझा बताउँछन् । ‘सचिव ,सहसचिवले प्रशासन सुधार्न धेरै सक्छन् तर, परम्परागत ढाँचामा छन् । सचिवलाई फोन उठाउने, चालक, सघाउन अधिकृत÷नासु,कम्युटर अप्रेटर सहयोगी हुन्छन् । हातहातै मोवाईल हुन्छ तर, टेफिलोन लगाउने अर्कै किन ?’– खरेल प्रश्न गर्छन् ।
चालक दिनभर घाम तापेर बसेको हुन्छ । चिया वनाउन एउटा मेशिन पर्याप्त हुन्छ । गाडी चलाउन जान्ने एउटा ब्यक्तिले कार्यालयमा हुने साना काम सवै गर्न सक्छ । टाईपिङ सवै कर्मचारीले जान्दछन् । स्मार्ट अफिस वनाउन उनीहरुको दक्षता बढाउन सकिन्छ । बेलाबेला तालिम प्रशिक्षण पनि हुन्छ । तर, सुधार भएको छैन । नीति तर्जुमा गर्ने र राज्यलाई निर्देशन गर्ने तहका कर्मचारीनै यस्तो भद्रगोलमा छन् । कमजोरी भएको सरकारी कर्मचारी स्वीकार गर्छन् । तर, पहल गर्दैनन् । नीजीस्तरको कार्यालय थोरै कर्मचारीले ब्यवस्थापन गरेको देखेका उच्चतहका प्रशासकले आफ्नो कार्यालयको यो अवस्था सुधार नगर्नु सामन्ती प्रबृत्तिको उदाहरण हो ।
-जनप्रशासन पाक्षिक

सम्बन्धित शीर्षकहरु
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



