

-
पाल्पा । पाल्पा जिल्लामै ठूलो सरकारी अस्पतालका रुपमा स्तरोन्नति हुँदै गरेको रामपुर अस्पतालमा दरबन्दी भएर पनि डाक्टर नहुँदा बिरामीले सास्ती खेप्नु परेको छ। पचास शय्याको अस्पतालको रुपमा विकसित हुँदै गरेको यस अस्पतालमा दरबन्दीअनुसार डाक्टर त छैनन् नै, भौगोलिक विकटतासँगै पर्याप्त सुविधा नहुँदा विशेषज्ञ डाक्टर यहाँ बसेर जनतालाई सेवा दिन चाहेको देखिँदैन। विशेषज्ञ डाक्टर छोटो समय बस्ने जाने क्रम यहाँको नियति नै बनेको छ। डेन्टल सर्जनसहित १४ जना डाक्टरको दरबन्दी रहेको अस्पतालमै नियमित बसेर सेवा दिने एकजना पनि विशेषज्ञ डाक्टर नहुने गरेको स्थानीयवासीको दुःखेसो छ। दुईजना मेडिकल अधिकृत र एकजना डेन्टल सर्जनको भरमा अस्पताल चलेको छ। अस्पतालमा नवौँ र दशौँ तहका विशेषज्ञ डाक्टरको दरबन्दी रिक्त छ। विशेषज्ञ तहका डाक्टर अस्पतालमा नहुँदा यहाँका बिरामीले औषधोपचारमा निकै समस्या झेल्दै आएका अस्पतालका पूर्वसञ्चालक समिति अध्यक्ष कृष्णप्रसाद अधिकारीले बताए। ुडाक्टर देखिन आउँछन्, एक–दुई महिना बित्न नपाउँदै अन्यत्र जान्छन्,ु उनले भने, ुबिरामीलाई सेवा दिन भन्दा पनि सकेसम्म सुगम स्थानमा बसेर जागीर टिकाउने प्रवृत्ति डाक्टरहरूमा देखिएको छ।ु अस्पतालमा ५९ मध्ये हाल ३२ जना कर्मचारी मात्रै कार्यरत छन्। भौगोलिक विकटताका हिसाबले रामपुर अझै पनि सुविधा सम्पन्न शहरका रुपमा स्थापित हुन सकेको छैन। माथिल्लो तहका डाक्टरले ग्रामीण भेगमा बसेर जनतालाई सेवा दिन चाहँदैनन्। घाँटी दुख्ने समस्याले रामपुर अस्पतालमा उपचार गराउन आएका तनहुँ बैडीका हुमबहादुर कुमालले यहाँ विशेषज्ञ डाक्टर नभएपछि अन्यत्र जानुपरेको दुःखेसो सुनाए। ुअस्पतालमा दरबन्दी भए पनि सुविधा उपभोग गर्न पाइँदैन, मेरो घाँटी दुख्ने समस्या हो, यहीँ डाक्टर भएको भए किन अन्यत्र जानुपर्थ्यो र१ु – कुमालले थपे। बूढेसकालमा अन्यत्र आउन जान समस्या हुने हुँदा यहीँ विशेषज्ञ डाक्टर बसेर सेवा दिए आफू जस्ता धेरैलाई ठूलो राहत मिल्ने उहाँको भनाइ छ। दबरन्दीअनुसार डाक्टर नहुँदा अस्पतालको भिडियो एक्सरे सेवा पनि ठप्प छ। अस्पतालमा भिडियो एक्सरे मेशिन प्रयोग गर्ने विशेषज्ञ नहुँदा बिरामी निजी मेडिकलमा पुगेर महङ्गो शुल्कमा सेवा लिन बाध्य छन्। जिल्ला सदरमुकाम तानसेनदेखि करीब ६५ किलोमिटर पूर्वमा रहेको यस अस्पतालमा विशेषज्ञ डाक्टरकै अभावमा यहाँ आएका बिरामीलाई अन्यत्र पठाउने गरिन्छ। रामपुर अस्पतालमा पाल्पा, स्याङ्जा, तनहुँ र नवलपरासीका जनता सेवा लिन आउने गर्छन्। हिजोआज अस्पतालमै पुगेर सेवा लिनुपर्छ भन्ने मानसिकताको विकास भइरहेका बेला विशेषज्ञ डाक्टरबाट घर नजीक पायक ठाउँमा सेवा सुविधा नपाउँदा अन्यत्र भौँतारिनुपर्ने बाध्यता पूर्वी पाल्पावासीलाई छ। दरबन्दीअनुसारका विशेषज्ञ डाक्टर नहुँदा सेवा लिन उनीहरु जिल्ला सदरमुकाम तानसेनस्थित लुम्बिनी मेडिकल कलेज, युनाइटेड मिसन अस्पताल, बुटवल, भैरहवा, पोखरा, काठमाडौं लगायतका विभिन्न अस्पताल पुगिरहेका छन्। आकस्मिक सेवाका लागि अस्पतालबाट अन्यत्र पठाइएका बिरामीलाई समयमा पुर्याउन नसक्दा अकालमै ज्यान गुमाउनुपर्ने अवस्था पनि छ। वर्षायामका बेला सडक समस्याका कारण वर्षेनी नागरिकले उपचारमा कष्ट भोग्दै आएका छन्। शहरी क्षेत्रको सेवा सुविधासँग तुलना गर्दै यहाँ आएका डाक्टर एक–दुई महिनापछि अन्यत्र जाने गरेको अस्पतालका मेसु डा बिनेश झाले बताए। ुअस्पतालमा विशेषज्ञ तहको डाक्टरको दरबन्दी छ तर, डाक्टर नहुँदा अस्पतालले तोकेअनुसारको सेवा दिन सकेका छैनौुं उनले भने। विशेषज्ञ डाक्टरलाई अपस्तालमा बसेर नियमित बिरामीलाई सेवा दिन अनुरोध गरे पनि उनीहरु नै यहाँ बसेर सेवा दिन नचाहेको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी माधव ज्ञवालीले जानकारी दिए। यहाँ स्थानीयस्तरकै डाक्टर नहुँदा पनि अस्पतालमा नियमित विशेषज्ञ डाक्टर टिक्न नसकेको धेरैको ठम्याइ छ। कोही अध्ययन बिदा देखाएर, कोही भौगोलिक विकटताको बहाना गरेर त कोही शहरी क्षेत्रका अस्पतालमा कार्यरत डाक्टरको सेवा सुविधासँग तुलना गर्दै अन्यत्र जाने गरेका छन्। अस्पतालमा दिनहुँ बिरामीको चाप बढ्दो छ। दैनिक दुई सय पचास जना जति बिरामी उपचारका लागि आउने गर्छन्। बीमाका कारण पनि दिनहुँ बिरामी सङ्ख्या बढ्दो छ। स्थानीय निकायले अस्पतालको सेवा प्रवाहमा चासो नदिँदा पनि अस्पतालमा नियमित डाक्टर नबस्ने समस्या उब्जिएको हो। डाक्टरहरू साँझ बिहान निजी मेडिकलमा सेवा दिन पाउने गरी आफूलाई पायक पर्ने स्थानमा सरुवा हुने प्रवृत्ति पनि समस्याको कारण रहेको सरोकारवाला बताउँछन्। हाल पन्ध्र शय्याको क्षमतामा सञ्चालित यस अस्पतालबाट घरदैलोमै स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले क्षमता बढाएर पचास शय्याको सुविधा सम्पन्न भवन बनाउने काम धमाधम भइरहेको छ। अस्पताल स्तरोन्नति भइरहेकै अवस्थामा पनि दरबन्दी अनुसारका डाक्टर नबसेका कारण भोलिका दिनमा पनि यहाँ नियमित रुपमा विशेषज्ञ डाक्टर बस्छन् र सेवा दिन्छन् भन्नेमा यहाँका आमनागरिक ढुक्क बन्न सकेका छैनन्। विसं २०५२ मा प्राथमिक स्वास्थ्य केन्द्रका रुपमा स्थापना भई सेवा दिँदैआएको यस अस्पताल २०६७ सालमा पन्ध्र शय्यामा स्तरोन्नति भएको थियो। विसं २०७० मा पचास श्ययामा स्तरोन्नति गर्ने घोषणा गरिए पनि अहिलेसम्म पनि पन्ध्र शय्या मै सीमित छ। नयाँ भवनको निर्माण कार्य सम्पन्न भएपछि हाडजोर्नी, फिजिसियन सर्भिस, रेडियोलोजिष्ट लगायतका अत्याधुनिक सेवा सञ्चालन हुने दाबी अस्पतालले गरेको छ।
-सुशिला रेग्मी
News Desk 0 response बुधबार, पुस ४, २०७५

सम्बन्धित शीर्षकहरु
अवदेखि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट राहदानीका लागि आवेदन दिन सकिने
शुक्रबार, असार २६, २०८३-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
चीनले पहिलो पटक पुनः प्रयोग गर्न मिल्ने..
शुक्रबार, असार २६, २०८३ -
अवदेखि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट..
शुक्रबार, असार २६, २०८३ -
एमाले पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन लेखनको जिम्मा..
बिहिबार, असार २५, २०८३ -
नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि ६..
बिहिबार, असार २५, २०८३
-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
चीनले पहिलो पटक पुनः प्रयोग गर्न मिल्ने..
शुक्रबार, असार २६, २०८३ -
अवदेखि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट..
शुक्रबार, असार २६, २०८३ -
नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि ६..
बिहिबार, असार २५, २०८३ -
सुनिल पौडेलसहित १८ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ
बिहिबार, असार २५, २०८३
-
मुख्यसचिवकै विवादमा रिक्त भएको सचिव पदमा नियुक्त..
बुधबार, असार २४, २०८३ -
मुख्यसचिवमा बाहुन–क्षेत्रीकै बाहुल्यता
बिहिबार, असार २५, २०८३ -
निजामती अस्पतालमा औषधिमै दुई करोड बढी भ्रष्टाचार
बुधबार, असार २४, २०८३ -
गोविन्दबहादुर कार्की मुख्यसचिव नियुक्त
बुधबार, असार २४, २०८३ -
सबैभन्दा छाेटाे माैद्रिक नीति सार्वजनिक (पूर्णपाठ)
मङ्लबार, असार २३, २०८३



