

-
सर्वोच्च अदालतको भावी प्रधानन्यायाधीशका लागि न्याय परिषदको सचिवालयले २ जना न्यायाधीशको नाम सिफारिस गरेको छ ।
योग्यता पुगेका दुई न्यायाधीशको व्यक्तिगत विवरणसहितको रेकर्ड संवैधानिक परिषदमा पठाएको न्याय परिषद्का सचिव नृपध्वज निरौलाले बताए । न्याय परिषद सचिवालयले सर्वोच्च अदालतमा तीन वर्ष काम गरेका न्यायाधीशहरू दीपकराज जोशी र चोलेन्द्र शमशेर जबराको नाम सिफारिस गरेको जानकारी दिएको छ । जोशी यसअघि पनि प्रधानन्यायाधीशमा सिफारिस भएर संसदीय सुनुवाइ समितिबाट अस्वीकृत भएका व्यक्ति हुन् ।
न्याय परिषद सचिवालयले भावी प्रधानन्यायाधीशका लागि जोशीको नाम पहिलो नम्बरमा राखेको छ । यद्यपि जोशीको नाममा कैफियतसहित प्रधानन्यायाधीशका लागि सिफारिस गरिएको परिषद स्रोतले जनाएको छ । पत्रको कैफियतमा भनिएको छ– निज दीपकराज जोशी संसदीय सुनुवाई विशेष समितिबाट प्रधानन्यायाधीश पदमा अश्वीकृत भई हाल सर्वोच्च अदालतको न्यायाधीशमा कार्यरत रहेको ।
प्रधानन्यायाधीशको पद रिक्त हुनभन्दा एक महिना अघि नै प्रधानन्यायाधीशको सिफारिस गर्नुपर्ने संबैधानिक व्यवस्था बमोजिम न्यायाधीशहरूको नाम पठाइएको हो । हालका प्रधानन्यायाधीश ओमप्रकाश मिश्र १७ पुसमा उमेर हदका कारण सेवा निवृत्त हुँदैछन् ।
News Desk 0 response मङ्लबार, मंसिर ११, २०७५

सम्बन्धित शीर्षकहरु
-
गगन थापाले विश्वप्रकाशलाई भेटेरे भने, ‘म राजीनामा..
सोमवार, फाल्गुन २५, २०८२ -
मध्यपूर्व युद्धबाट प्रभावित तेल बजार स्थिर बनाउन..
सोमवार, फाल्गुन २५, २०८२ -
इरानमा सरकार ढाल्न कठिन हुने अमेरिकी गुप्तचरको..
आइतवार, फाल्गुन २४, २०८२ -
प्रत्यक्षमा १२२ सिट जितिसकेको रास्वपालाई समानुपातिकतर्फ पनि..
आइतवार, फाल्गुन २४, २०८२ -
उच्चस्तरीय छानबिन प्रतिवेदनमा ओली, लेखक र खापुङलाई..
आइतवार, फाल्गुन २४, २०८२
-
गगन थापाले विश्वप्रकाशलाई भेटेरे भने, ‘म राजीनामा..
सोमवार, फाल्गुन २५, २०८२ -
मध्यपूर्व युद्धबाट प्रभावित तेल बजार स्थिर बनाउन..
सोमवार, फाल्गुन २५, २०८२ -
इरानमा सरकार ढाल्न कठिन हुने अमेरिकी गुप्तचरको..
आइतवार, फाल्गुन २४, २०८२ -
प्रत्यक्षमा १२२ सिट जितिसकेको रास्वपालाई समानुपातिकतर्फ पनि..
आइतवार, फाल्गुन २४, २०८२ -
उच्चस्तरीय छानबिन प्रतिवेदनमा ओली, लेखक र खापुङलाई..
आइतवार, फाल्गुन २४, २०८२
-
इजरायल–इरान तनाव : खाडी मुलुकले बन्द गरे..
शनिबार, फाल्गुन १६, २०८२ -
इजरायल र इरानको यात्रा नगर्न नेपाल सरकारको..
शनिबार, फाल्गुन १६, २०८२ -
रास्वपालाई १०० भन्दा बढी क्षेत्रमा अग्रता
शुक्रबार, फाल्गुन २२, २०८२ -
इजरायलमाथि ‘ध्वंसात्मक’ जवाफी हमला गर्ने इरानको चेतावनी
शनिबार, फाल्गुन १६, २०८२ -
भोट हाल्नका लागि ८ लाख मतदाताले उपत्यका..
शनिबार, फाल्गुन १६, २०८२



