

-
उही घटनामा दाङबाट एसपी कृष्णहरि शर्मा पोखरेल हाजिर भएको दुई महिनामै तानिए, तर सिडिओ गजेन्द्रबहादुर श्रेष्ठले चाहिँ लामो समयदेखि त्यहीँ छन् ।
News Desk 0 response शुक्रबार, मंसिर ७, २०७५
बल्ल गृहले दाङका सिडिओलाई फिर्ता बोलाउने भएको छ । लमहीमा तास खेल्ने जुवाडेलाई समातेबापत एसपी सरुवा भए, जहाँ छापा नमार्न सिडिओले आदेश दिएका थिए । उनै हुन्, केही महिनाअघि आफूलाई सलाम नगरेको भन्दै इन्स्पेक्टरलाई विभागीय कारवाही सिफारिस गर्ने पनि ।
गोरखामा पनि एसपी विमल बस्नेत र सिडिओ नारायणप्रसाद भट्टराईबीच विवाद चलिरहेको छ । बिमललाई तुरुन्तै कारवाही गर्न सिडिओले पावर लगाएका छन् । आईजी सर्वेन्द्र खनाल इन्टरपोलको बैठकबाट फर्किनेबित्तिकै तानिने हल्ला छ, हेडक्वार्टरमा । वामपन्थी पृष्ठभूमिका सिडिओ भट्टराई र कांग्रेसनिकट एसपीबीच बालुवा र क्रसर सञ्चालनसम्बन्धी विवाद हुँदै आएको थियो । एसपीले सिडिओलाई टेरेनन् भनेर गृहमा पनि कुरा चल्ने गरेको छ । त्यसमाथि तिहारमा पालुङटारमा डेढ लाख रुपैयाँसहित जुवाडे समातिए । तर, पुलिसले पैसा सार्वजनिक गरेन भनी सिडिओले मन्त्रालयमा कुरा पु¥याएको बताइन्छ । स्याङ्जामा मन्त्री पद्मा अर्याललाई समयमा एस्कर्ट नगरेको, जिल्ला पुग्दा वास्ता नगरेकोजस्ता कारण देखाएर एसपी जयराज सापकोटा तानिई राजकुमार लम्साल हाजिर भएका छन् ।
प्रहरी प्रधान कार्यालयले केही दिनअघि सयौँ इन्स्पेक्टरको सरुवा निकाल्दा महानिरीक्षक खनाल आफँै हावी थिए तर, त्यसपछि यति धेरै दबाब र भनसुन सामना गर्नुप¥यो कि, राति निकालेको सरुवा भोलिपल्ट बिहानैदेखि संशोधन गर्दागर्दा हैरान ।
त्यस्तै चक्कर छ अहिले डिआइजीहरुको सरुवाका लागि । अपराध अनुसन्धानमा राम्रो दखल भएका डिआइजी शेरबहादुर बस्नेतलाई ५ नं. प्रदेश प्रहरी प्रमुखबाट पाँच महिनामै तानेर काठमाडौं एयरपोर्ट ल्याइयो । केही काम गरौँ भन्ने योजना पक्कै थियो होला, तर, एयरपोर्ट हाजिर भएको दुई महिना नहुँदै अब उनलाई त्यहाँबाट प्रहरी प्रतिष्ठानमा एआइजी धीरु बस्नेतको टुवाइसी बनाइने तयारी छ । एयरपोर्टमा एकेडेमीका डिआइजी प्रद्युम्न कार्कीलाई पठाउने तयारी भइरहेको जनआस्थाले लेखेको छ ।

सम्बन्धित शीर्षकहरु
-
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
राहदानी छपाइ प्रकरणः १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोमवार, असार ८, २०८३
-
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
राहदानी छपाइ प्रकरणः १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोमवार, असार ८, २०८३
-
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
ई–पासपोर्ट प्रकरणमा देउवाका छोरा जयविर पनि तानिदै
मङ्लबार, असार २, २०८३ -
होल्डिङ सेन्टरमा रहेका सुकुम्वासीका लागि खाना व्यवस्थापनमा..
सोमवार, असार १, २०८३



