•  

    काठमाडौं । जाडो महिना शुरु भइसकेको छ । काठमाडौ लगायत देशभर जाडो बढ्दैछ । बिषेश गरि जाडोमा हामीले हाम्रो स्वास्थ्यमा धेरै ध्यान पुराउनु पर्दछ । जाडो महिनामा कयौ मानिसहरुलाई नाक बन्द हुने, नाकबाट पानी बग्ने आदि समस्या देखापर्दछ त कयौलाइ त ज्वरोले पनि सताउने गर्दछ । जसका कारण तपाईंले एन्टिबायोटिक नै चलाएर अस्पताल भर्ना भएर बस्नुपर्ने स्थिती आउने गर्दछ । तसर्थ जाडोको समयमा आफ्नो स्वास्थ्यको आफै हेर विचार गर्न जरुरी छ । यहाँ जाडो मौसमको समयमा सर्दीबाट बच्ने केही टिप्सहरु दिइएको छ । दिइएको टिप्समा ध्यान दिनुहोस र जाडोबाट बच्नुहोस ।
    १ अदुवाको टुक्राको रस २० मि।ली देखि ३० मि।ली। सम्म दिनमा तीन पटक लिनाले र्सर्दीबाट आराम मिल्छ ।

    २ दश ग्राम लसुनलाई १ कप दुधमा उमालेर साँझमा सुत्नेबेलामा वा खाजा खानुभन्दा अघी सेवन गर्नुहोस् ।

    ३ एक चम्चा प्याजको रस बराबर मात्रामा मह मिसाएर दिनमा तीनपटक लिनुहोस् ।

    ४ वेसार र सौंठको धुलोको लेप बनाएर टाउकोमा लगाउनुहोस् ।

    ५ कालो मरिच डढाएर धुवा सुँघनाले बन्द नाक खुल्छ ।

    ६ अलिकति अदुवा, अजवाइन ९ चम्चा, ल्वाङ ५ वटा, कालो मरिच ३ वटा, मेथी १ चम्चा, तुलसी र पुदिनाको पात १० वटा यी सबैलाई मिलाएर दिनमा दुइपटक सेवन गर्नाले आराम हुनेछ ।

    ७ एक गिलास तातो पानीमा १ चिम्टी नुन, १ चिम्टी खाने सोडा मिसाएर दिनमा दइपटक र सुत्ने समयमा कुल्ला गर्नाले घाँटीको खसखसबाट आराम मिल्छ ।