

-
काठमाडौं ।
काठमाडौं महानगरपालिकाका कर्मचारीतन्त्रको सुस्तताले पचास प्रतिशत पनि राजस्व संकलन भएको छैन । महानगरले गत आर्थिक वर्षमा लक्ष्यको ४१ प्रतिशत मात्रै राजस्व उठायो । देशकै ठूलो आर्थिक कारोबार हुने महानगरपालिकामा राजश्व असुलीको सम्भावना प्रचुर छ ।
गत आथिर्क वर्षमा महानगरपालिकाले ५ अर्ब ३९ करोड आन्तरिक आय लक्ष्य राखेकोमा २ अर्ब २४ करोड अर्थात ४१.६३ प्रतिशत मात्रै उठाउन सक्यो । बजेटमा महत्वकांक्षी राजश्वको लक्ष्य निर्धारण गरेको महानगरले त्यसअनुसार असुलीका लागि भने कुनै योजना र रणनीति बनाएन । फलस्वरुप राजस्वको उठ्ती प्रभावित भयो ।
०७३/७४ मा १ अर्ब ७९ करोड राजस्व उठाएको महानगरले गत आर्थिक वर्षमा त्यो भन्दा ४५ करोड बढी राजस्व संकलन गर्यो ।
महानगरपालिकाले महत्वपूर्ण राजस्व शीर्षकमा ५० प्रतिशतको हाराहारीमा मात्रै राजस्व उठान सक्यो ।
महानगरपालिकाले घरजग्गा तथा सम्पत्ति कर शीर्षकमा सबभन्दा बढी ५७ करोड ५९ लाख राजस्व संकलन गरेको छ । राजस्व संकलनका क्रममा हुने आर्थिक अनियमितताले पनि राजस्व संकलनमा कमी आएको बिश्लेषण हुन थालेको छ ।
।
News Desk 0 response बुधबार, भदौ २०, २०७५

सम्बन्धित शीर्षकहरु
अवदेखि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट राहदानीका लागि आवेदन दिन सकिने
शुक्रबार, असार २६, २०८३-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
चीनले पहिलो पटक पुनः प्रयोग गर्न मिल्ने..
शुक्रबार, असार २६, २०८३ -
अवदेखि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट..
शुक्रबार, असार २६, २०८३ -
एमाले पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन लेखनको जिम्मा..
बिहिबार, असार २५, २०८३ -
नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि ६..
बिहिबार, असार २५, २०८३
-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
चीनले पहिलो पटक पुनः प्रयोग गर्न मिल्ने..
शुक्रबार, असार २६, २०८३ -
अवदेखि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट..
शुक्रबार, असार २६, २०८३ -
नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि ६..
बिहिबार, असार २५, २०८३ -
सुनिल पौडेलसहित १८ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ
बिहिबार, असार २५, २०८३
-
मुख्यसचिवकै विवादमा रिक्त भएको सचिव पदमा नियुक्त..
बुधबार, असार २४, २०८३ -
मुख्यसचिवमा बाहुन–क्षेत्रीकै बाहुल्यता
बिहिबार, असार २५, २०८३ -
निजामती अस्पतालमा औषधिमै दुई करोड बढी भ्रष्टाचार
बुधबार, असार २४, २०८३ -
गोविन्दबहादुर कार्की मुख्यसचिव नियुक्त
बुधबार, असार २४, २०८३ -
एकैसाथ ४२ उपसचिवको सरुवा, को कहाँ ?
शनिबार, असार २०, २०८३



