-
काठमाडौँ ।
नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले विकास निर्माणको काममा चरम लापरवाही हुँदै गएको बताए। नेपालीपन राष्ट्रिय साप्ताहिकको तेस्रो वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले विकास निर्माणमा ठेकेदारले चरम लापरवाही गर्ने गरेको बताउँदै कडा कानुन नहुँदा गलत गर्नेहरू ठाडो शिर बनाएर हिँडिरहेको बताए। रौतहटमा भएको डंगा दुर्घटनाको प्रसंग जोड्दै उनले भने, ुपाँच वर्षअघि बोलपत्र भएर पनि आजसम्म पुल नबन्दा जिल्लावासी जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। पुल नबनाउने ठेकेदारलाई अब कडा कारवाही गर्नुपर्छ।भ्रष्टाचार नियन्त्रणका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रभावकारी काम गर्न नसकेको बताउँदै उनले भ्रष्टाचारसम्बन्धी कडा कानुन ल्याउनुपर्ने बताए। मुलुकमा बलात्कारका घटना बढिरहेकोप्रति चिन्ता व्यक्त गर्दै उनेले भने, “बलात्कारीलाई कडाभन्दा कडा कारवाही गर्नपर्छ। उन्मुक्ति दिनु हुँदैन।सो अवसरमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले पत्रकारिता जगत् कसैको प्रयोगशाला बन्न नहुने बताए। उनले भने, ुकेही सञ्चार गृह अहिले लगानीकर्ताको इच्छाअनुसार समाचार बनाइरहेका छन्। पत्रकारिताको नाममा तिनीहरू कसैको प्रयोगशाला तै बन्दै छैनन् भन्ने प्रश्न उठिरहेको छ।ु राजनीतिक लडाइँले लाखौँ युवाको आँशु र परिश्रम विदेशमा बगेको बताउँदै उनले भने,ुअब राजनीतिक लडाइँ, होइन। मुलुक समृद्धितर्फ लैजान सबै मिल्नुपर्ने दिन आएको छ। पूर्वमन्त्री प्रभु साहले राजनीतिक सङ्क्रमणबाट मुलुक भर्खरै अगाडि बढेको बताउँदै सरकारले ल्याएको समृद्धिका नारा साकार पार्न सबै क्षेत्रको सहयोग आवश्यक रहेको बताए। सो अवसरमा साप्ताहिकले प्रेस काउन्सिल सञ्चालक समिति सदस्य गोविन्द चौलागाई, रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमला, पत्रकार डा राजेश अहिराज, गायिका सेरिना कुँवर, साहित्यकार चन्द्रभुषण साहलगायतलाई सम्मान गरेको थियो।
News Desk 0 response सोमवार, भदौ ११, २०७५
रासस
सम्बन्धित शीर्षकहरु
विपिन जोशीको रिहाइबारे थप आशावादी भएका छौँ : परराष्ट्रमन्त्री राणा
मङ्लबार, माघ १, २०८१अपहरण मुद्दामा फरार भारतीय युवक पक्राउ
मङ्लबार, माघ १, २०८१आज नुवाकोटको तारुकामा गोरु जुधाउने दिन
मङ्लबार, माघ १, २०८१-
सुडानको राजधानी खार्तुममा भएको गोलाबारीमा १ सय..
मङ्लबार, माघ १, २०८१ -
विपिन जोशीको रिहाइबारे थप आशावादी भएका छौँ..
मङ्लबार, माघ १, २०८१ -
अपहरण मुद्दामा फरार भारतीय युवक पक्राउ
मङ्लबार, माघ १, २०८१ -
अन्तरिक्षमा रहेको चिनियाँ टोलीले गरेको नयाँ परीक्षण..
मङ्लबार, माघ १, २०८१ -
आज माघे सक्रान्ति : यी ठाउँमा विशेष..
मङ्लबार, माघ १, २०८१
-
विपिन जोशीको रिहाइबारे थप आशावादी भएका छौँ..
मङ्लबार, माघ १, २०८१ -
अपहरण मुद्दामा फरार भारतीय युवक पक्राउ
मङ्लबार, माघ १, २०८१ -
आज माघे सक्रान्ति : यी ठाउँमा विशेष..
मङ्लबार, माघ १, २०८१ -
आज नुवाकोटको तारुकामा गोरु जुधाउने दिन
मङ्लबार, माघ १, २०८१ -
चीन केन्द्रबिन्दु भएर भूकम्प, नेपालमा पनि धक्का
सोमवार, पुस २९, २०८१
-
भूकम्प पीडित चिनियाँ नागरिकलाई महावाणिज्य दूतावासको सहजिकरणमा..
शुक्रबार, पुस २६, २०८१ -
नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको अध्यक्षमा राजेन्द्र..
शुक्रबार, पुस २६, २०८१ -
कुश्माको ‘द क्लिफ’ मा विश्वकै लामो र..
बिहिबार, पुस २५, २०८१ -
एकैपटक तीनवटा अध्यादेश ल्याउने सरकारको निर्णय
शनिबार, पुस २७, २०८१ -
नेपाली सेनाको गोरखा–काठमाडौं एकीकरण पदयात्रा सुरु
आइतवार, पुस २१, २०८१