

-
भदौ १ मा मुलुकी संहिता लागु भएपछि त्यसले सताउन नपाउँदै सिंहदरबारभित्रैका कर्मचारी साउन मसान्तमै भाकभुक कुरा मिलाउन दौडिएको दृश्य हेर्नलायकको छ ।
News Desk 0 response बुधबार, भदौ ६, २०७५
सरुवाको विषयलाई लिएर सामान्य प्रशासन मन्त्रालयमा उपसचिव ऋषि आचार्यमाथि हातपात गर्ने निजामती कर्मचारी संगठनका उपाध्यक्ष जीवन भण्डारीमाथि पुरानो ऐनअनुसार सार्वजनिक मुद्दा परेको थियो । साउन ३१ भित्र त्यो मुद्दा नसल्टिँदा भोलिपल्टदेखि नयाँ मुलुकी संहिताअनुसारको कारवाहीमा परिएला भनेर रातारात कुरा मिलाइएको छ । सामान्य प्रशासन तर्फबाट दायर गरिएको केही सार्वजनिक अपराध (सजायँ तथा नियन्त्रण) २०३४ अनुसारको जाहेरीका आधारमा प्रहरीले उपाध्यक्ष भण्डारीको घर घेरा हाल्दा उनी फरार थिए । तर, भदौ ३१ गते साँझ कुटाइ खाने उपसचिव ऋषिले पनि बयान मिलाइदिए । उनले फूलको गमला उचाल्न खोज्दा झरेको, तर आफूलाई त्यसको चोट नपरेको बरु पत्रपत्रिकाले अतिरञ्जित समाचार छापेर कुरा बिगारेको भनी कुरा फेरेका हुन् । ०३४ मा जारी सार्वजनिक अपराध ऐनअनुसार पहिलोपटक कसुर गरेचाहिँ माफी मगाएर दुईपक्षबीच मिलापत्र गराउन सकिने र पटक–पटक कसुर गरेको खण्डमा २५ हजार जरिवाना वा तीन महिना कैद सजायँ वा दुबै हुनसक्ने व्यवस्था थियो । त्यसदिन काठमाडौंका नयाँ प्रमुख जिल्ला अधिकारीकै उपस्थितिमा पहिलोपटकको गल्ती भन्ने आधारमा उनीहरुबीच मिलापत्र गराइएको र भण्डारीलाई फूलमाला लगाएर प्रशासनिक पञ्जाबाट छुटाइएको जनआस्थाले लेखेको छ ।

सम्बन्धित शीर्षकहरु
-
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३
-
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



