

-
भदौ १ मा मुलुकी संहिता लागु भएपछि त्यसले सताउन नपाउँदै सिंहदरबारभित्रैका कर्मचारी साउन मसान्तमै भाकभुक कुरा मिलाउन दौडिएको दृश्य हेर्नलायकको छ ।
News Desk 0 response बुधबार, भदौ ६, २०७५
सरुवाको विषयलाई लिएर सामान्य प्रशासन मन्त्रालयमा उपसचिव ऋषि आचार्यमाथि हातपात गर्ने निजामती कर्मचारी संगठनका उपाध्यक्ष जीवन भण्डारीमाथि पुरानो ऐनअनुसार सार्वजनिक मुद्दा परेको थियो । साउन ३१ भित्र त्यो मुद्दा नसल्टिँदा भोलिपल्टदेखि नयाँ मुलुकी संहिताअनुसारको कारवाहीमा परिएला भनेर रातारात कुरा मिलाइएको छ । सामान्य प्रशासन तर्फबाट दायर गरिएको केही सार्वजनिक अपराध (सजायँ तथा नियन्त्रण) २०३४ अनुसारको जाहेरीका आधारमा प्रहरीले उपाध्यक्ष भण्डारीको घर घेरा हाल्दा उनी फरार थिए । तर, भदौ ३१ गते साँझ कुटाइ खाने उपसचिव ऋषिले पनि बयान मिलाइदिए । उनले फूलको गमला उचाल्न खोज्दा झरेको, तर आफूलाई त्यसको चोट नपरेको बरु पत्रपत्रिकाले अतिरञ्जित समाचार छापेर कुरा बिगारेको भनी कुरा फेरेका हुन् । ०३४ मा जारी सार्वजनिक अपराध ऐनअनुसार पहिलोपटक कसुर गरेचाहिँ माफी मगाएर दुईपक्षबीच मिलापत्र गराउन सकिने र पटक–पटक कसुर गरेको खण्डमा २५ हजार जरिवाना वा तीन महिना कैद सजायँ वा दुबै हुनसक्ने व्यवस्था थियो । त्यसदिन काठमाडौंका नयाँ प्रमुख जिल्ला अधिकारीकै उपस्थितिमा पहिलोपटकको गल्ती भन्ने आधारमा उनीहरुबीच मिलापत्र गराइएको र भण्डारीलाई फूलमाला लगाएर प्रशासनिक पञ्जाबाट छुटाइएको जनआस्थाले लेखेको छ ।


सम्बन्धित शीर्षकहरु
-
अमेरिकी आकाशमा आफ्नो बेलुन पुगेको घटनाप्रति चीनले..
शनिबार, माघ २१, २०७९ -
लोकतन्त्र बलियो हुन प्रेस बलियो हुनुपर्छ :..
शनिबार, माघ २१, २०७९ -
संविधानको उल्लङ्घन गर्नेहरु नै सरकारमा जाँदा सङ्कट..
शनिबार, माघ २१, २०७९ -
तापक्रम बढ्दै, तत्काल पानी पर्ने सम्भावना हट्यो
शनिबार, माघ २१, २०७९ -
रबिको अल्टिमेटम आज सकिँदै, गृह मन्त्रालय नदिने..
शनिबार, माघ २१, २०७९
-
लोकतन्त्र बलियो हुन प्रेस बलियो हुनुपर्छ :..
शनिबार, माघ २१, २०७९ -
संविधानको उल्लङ्घन गर्नेहरु नै सरकारमा जाँदा सङ्कट..
शनिबार, माघ २१, २०७९ -
तापक्रम बढ्दै, तत्काल पानी पर्ने सम्भावना हट्यो
शनिबार, माघ २१, २०७९ -
खर्च कटौती गर्न पालिका र जिल्ला समन्वय..
शनिबार, माघ २१, २०७९ -
नेपाली श्रमिकको हितलाई केन्द्रमा राख्न मलेसियाका गृहमन्त्रीसँग..
शुक्रबार, माघ २०, २०७९
-
अर्थतन्त्रका सूचकहरु अझै चिन्ताजनक : प्रधानमन्त्री
बिहिबार, माघ १२, २०७९ -
बैतडीमा महिला टी–२० क्रिकेट आजदेखि
बिहिबार, माघ १२, २०७९ -
आज शहीद दिवस : विभिन्न कार्यक्रम गरी..
सोमवार, माघ १६, २०७९ -
आत्मनिर्भर लघुवित्तको आइपिओ खुला
सोमवार, माघ १६, २०७९ -
क्यानको बन्द प्रशिक्षणमा सन्दीप लामिछाने परेनन्
शुक्रबार, माघ १३, २०७९