

न्याम्सको उपकुुलपति बनाउन स्वास्थ्यमन्त्री मोलतोलमा
श्रीमान् चौधरीलाई उपकुलपति बनाउन सचिव चौधरीले स्वास्थ्यमन्त्री यादवलाई बिभिन्न ढंगले चर्को दवाव दिईरहेकी छिन्
-
राष्ट्रिय चिकित्सा बिज्ञान प्रतिष्ठान(न्याम्स) को उपकुलपतिको नियुक्ति लम्बिन पुगेको छ । स्वास्थ्य मन्त्री उपेन्द्र यादवले आफ्नो मन्त्रालय अन्तर्गतको सवैभन्दा आकर्षक पदमा आफू निकट ब्यक्तिलाई नियुक्त गर्न प्रधानमन्त्रीलाई दवाव दिएका छन् । जसका कारणले नियुक्ति लम्बिएको छ । स्रोतका अनुसार उपकुलपति आफ्नो भागमा पारेर स्वास्थ्यमन्त्री यादवले आर्थिक लेनदेनका आधारमा नियुक्त गर्ने चर्चा स्वास्थ्य मन्त्रालयमा चलेको छ ।
स्रोतका अनुसार प्रधानमन्त्री केपी ओलीको रोजाईमा डाक्टर भगवान कोईराला परेका छन् भने पूर्व एमालेका स्वास्थ क्षेत्रका ब्यक्तिहरुले डाक्टर जागेश्वर गौतमका पक्षमा लबिङ गरिरहेका छन् । तर, गौतम प्रधानमन्त्री ओलीको रोजाईमा नपर्ने बुझिएको छ ।उपकुलपतिका लागि डाक्टर भगवान कोइराला, डांक्टर जागेश्वर गौतम, श्रीकृष्ण गिरी, सीताराम चौधरी र डिएन शाहको नाम चर्चामा छ । स्वास्थ्यमन्त्री यादवको रोजाईमा सीताराम चौधरी र डिएन शाह र श्रवण चौधरी रहेको स्रोतको दावी छ । भारतीय राजदूतावासमा राम्रो हिमचिम भएका श्रवण चौधरी स्वास्थ्य सचिव पुष्पा चौधरीको श्रीमान् हुन् । श्रीमान् चौधरीलाई उपकुलपति बनाउन सचिव चौधरीले स्वास्थ्य मन्त्री यादवलाई बिभिन्न ढंगले चर्को दवाव दिईरहेकी छिन् ।
यसैबीच वीर अस्पतालका केही चिकित्सक तथा कर्मचारी युनियनहरुले भने न्याम्सभन्दा बाहिरबाट उपकुलपति ल्याउन नपाइने भन्दै स्वास्थ्यमन्त्री यादवको ध्यानाकर्षण गराएका छन् । यो ध्यानाकर्षण पूर्व नेकपा माओवादी निकट मानिएका श्रीकृष्ण गिरीलाई उपकु््लपति वनाउने योजनामा छ । त्यसोत केहीले निवर्तमान उपकुलपति डाक्टर गणेश गुरुङलाई पुनः उपकुलपति बनाउने लबिङ गरेपनि उनी अख्तियारको छानविनमा भएका कारण हाललाई संभावना देखिएको छैन ।
News Desk 0 response आइतवार, भदौ ३, २०७५
न्याम्सको रजिस्टारमा भने एक्लै दौडमा मेडिकल काउन्सिलका रजिस्टार एवं प्रधानमन्त्री ओलीका निजी चिकित्सक डाक्टर दीलिप शर्मा छन् ।
वीर अस्पतालको निर्देशकमा डाक्टर भुपेन्द्र बस्नेतले लविङ तीब्र वनाएका छन् ।
यी पदहरुमा प्रधानमन्त्री र स्वास्थ्यमन्त्री बीच लेनदेनका आधारमा नियुक्त हुने सक्ने स्रोतले जानकारी दियो ।

सम्बन्धित शीर्षकहरु
-
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३
-
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



