

-
काठमाडौं ।
अक्षम ठहर गरेर सरकारले हटाएको टेलिकमकी प्रवन्ध निर्देशक कामिनी राजभण्डारीलाई हटाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ। सर्वोच्चको यो आदेशपछि सरकारलाई नयाँ प्रवन्ध निर्देशक नियुक्ति गर्ने बाटो खुलेको छ।
न्यायाधीश चोलेन्द्र शमशेर राणाको एकल इजलाशले यो निर्णय गरेको हो ।कामिनीलाई हटाउनुको कारण भने सर्वोच्चले माग गरेको छ।
तर सर्वोच्चले पदबाट हटाउने निर्णयका बारेमा १५ दिनभित्र लिखत जवाफ पेश गर्न सरकारको नाममा आदेश जारी गरेको छ।
गलत मनसाय राख्दै सरकारले हटाउने निर्णय गरेको भन्दै कामिनीले भदौ १ गते सर्वोच्चमा पुनर्बाहली माग गर्दै सर्वोच्चमा रिट दायर गरेकी थिइन्।
गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई पदबाट हटाउने निर्णय गरेको थियो। नयाँ प्रवन्ध निर्देशकका लागि दौडधूप सुरु भएको छ । मन्त्रालयस्रोतका अनुसार अव नयाँ नियुक्तको लागि सार्वजनिक सूचना जारी गर्ने मनसाय मन्त्री गोकुल बाँस्कोटाको रहेको छ । टेलिकममा नै रहेका अधिकारीहरु वाट नै नयाँ नियुक्ति गर्ने बुझिएको छ ।
News Desk 0 response आइतवार, भदौ ३, २०७५


सम्बन्धित शीर्षकहरु
-
अमेरिकी आकाशमा आफ्नो बेलुन पुगेको घटनाप्रति चीनले..
शनिबार, माघ २१, २०७९ -
लोकतन्त्र बलियो हुन प्रेस बलियो हुनुपर्छ :..
शनिबार, माघ २१, २०७९ -
संविधानको उल्लङ्घन गर्नेहरु नै सरकारमा जाँदा सङ्कट..
शनिबार, माघ २१, २०७९ -
तापक्रम बढ्दै, तत्काल पानी पर्ने सम्भावना हट्यो
शनिबार, माघ २१, २०७९ -
रबिको अल्टिमेटम आज सकिँदै, गृह मन्त्रालय नदिने..
शनिबार, माघ २१, २०७९
-
लोकतन्त्र बलियो हुन प्रेस बलियो हुनुपर्छ :..
शनिबार, माघ २१, २०७९ -
संविधानको उल्लङ्घन गर्नेहरु नै सरकारमा जाँदा सङ्कट..
शनिबार, माघ २१, २०७९ -
तापक्रम बढ्दै, तत्काल पानी पर्ने सम्भावना हट्यो
शनिबार, माघ २१, २०७९ -
खर्च कटौती गर्न पालिका र जिल्ला समन्वय..
शनिबार, माघ २१, २०७९ -
नेपाली श्रमिकको हितलाई केन्द्रमा राख्न मलेसियाका गृहमन्त्रीसँग..
शुक्रबार, माघ २०, २०७९
-
अर्थतन्त्रका सूचकहरु अझै चिन्ताजनक : प्रधानमन्त्री
बिहिबार, माघ १२, २०७९ -
मधेस प्रदेशका दुई सांसदले आज शपथ लिए
बुधबार, माघ ११, २०७९ -
बैतडीमा महिला टी–२० क्रिकेट आजदेखि
बिहिबार, माघ १२, २०७९ -
आज शहीद दिवस : विभिन्न कार्यक्रम गरी..
सोमवार, माघ १६, २०७९ -
आत्मनिर्भर लघुवित्तको आइपिओ खुला
सोमवार, माघ १६, २०७९