

-
धादिङ ।
जिल्ला अस्पतालमा औषधिको अभाव भएपछि बिरामी आफैँले औषधि खरिद गर्नुपर्ने अवस्था आएको छ। डाक्टरले प्रयोग गर्ने पञ्जा, निःशुल्क वितरण गर्ने औषधि तथा अन्य सामग्री नभएपछि सेवाग्राहीले नै खरिद गरेर जिल्ला अस्पतालमा उपचार गराउनुपर्ने बाध्यता रहेको सेवाग्राहीले गुनासो गरेका छन्।
जिल्ला अस्पतालमा उपचारका लागि पुगेकी पार्वती लम्सालले यसअघि अस्पतालले नै खरिद गर्ने गरेको आइभि सेट, सूई र डाक्टरले प्रयोग गर्ने पञ्जासमेत बिरामीले खरिद गर्नुपर्ने अवस्था आएको बताइन्।
बिरामी लिएर जिल्ला अस्पताल जाँदा अस्पतालका डाक्टरले आफैँले उपचार सामग्री र औषधि खरिद गर्नुपर्ने बताउने गरेको राजन श्रेष्ठको भनाइ छ। सरकारले जिल्ला अस्पतालबाट ७० किसिमका औषधि निःशुल्क वितरण गर्ने जनाएपनि अत्यावश्यक औषधिसमेत सकिएपछि अन्यौलमा परेको अस्पतालका सूचना अधिकारी कृष्णलाल उप्रेतीले बताए।
नेपाल सरकारले निःशुल्क औषधि खरिद गर्नका लागि दिँदै आएको रु आठदेखि १० लाख रकम नपुग हुँदा निःशुल्क सेवा प्रभावकारी हुन सकेको छैन। जिल्ला अस्पतालमा दैनिक आउने करीब २०० बिरामीको परीक्षण गर्दा चिकित्सकले प्रयोग गर्ने सामग्री र र निःशुल्क औषधिका लागि करिब रु ७० लाख आवश्यक पर्ने भए पनि सरकारले उपलब्ध नगराउँदा निःशुल्क स्वास्थ्य सेवा प्रभावित हुने गरेको हो।
News Desk 0 response शुक्रबार, भदौ १, २०७५
रासस


सम्बन्धित शीर्षकहरु
-
गृह मन्त्रालयद्वारा २० प्रमुख जिल्ला अधिकारीको सरुवा..
मङ्लबार, असार ३, २०८२ -
सुनचाँदी व्यवसायीहरुको माग पुरा गर्ने प्रधानमन्त्रीको आश्वासन
मङ्लबार, असार ३, २०८२ -
प्रतिनिधिसभामा सङ्घीय निजामती सेवा विधेयक पारित गर्ने..
मङ्लबार, असार ३, २०८२ -
इजरायली भूमिमा इतिहासकै सबैभन्दा ठूलो आक्रमण गर्ने..
मङ्लबार, असार ३, २०८२ -
नवलपरासी, रुपन्देही र चितवनसहित आसपासका क्षेत्रमा ठूलो..
मङ्लबार, असार ३, २०८२
-
गृह मन्त्रालयद्वारा २० प्रमुख जिल्ला अधिकारीको सरुवा..
मङ्लबार, असार ३, २०८२ -
सुनचाँदी व्यवसायीहरुको माग पुरा गर्ने प्रधानमन्त्रीको आश्वासन
मङ्लबार, असार ३, २०८२ -
प्रतिनिधिसभामा सङ्घीय निजामती सेवा विधेयक पारित गर्ने..
मङ्लबार, असार ३, २०८२ -
इजरायली भूमिमा इतिहासकै सबैभन्दा ठूलो आक्रमण गर्ने..
मङ्लबार, असार ३, २०८२ -
नवलपरासी, रुपन्देही र चितवनसहित आसपासका क्षेत्रमा ठूलो..
मङ्लबार, असार ३, २०८२
-
कास्की मालपोतका सुब्बाहरूको सरुवा हुँदा पनि रमाना..
बिहिबार, जेष्ठ ३०, २०८२ -
सुजनको सपना अखिलको नेतृत्व
आइतवार, जेष्ठ २६, २०८२ -
काँग्रेस वकिलका नेता पोखरेलसहित तीन जना सर्वोच्चको..
मङ्लबार, जेष्ठ २८, २०८२ -
अनेरास्ववियुलाई युग अनुकूल बनाउन अध्यक्षमा मेरो उम्मेद्बारीः..
मङ्लबार, जेष्ठ २८, २०८२ -
कर्मकाण्डी शैलीको सतर्कता केन्द्रमा सम्पत्ति बिवरण
सोमवार, जेष्ठ २७, २०८२