

-
काठमाडौं । गृह मन्त्रालयले प्रहरी अधिकारीको सरुवा सूची निकालेको छ । जसमा ४ डिआइजी र २७ एसएसपी छन ।
गृह मन्त्रालयले प्रदेश नम्वर ६ र ७ का प्रहरी प्रमुख सरुवा गरेको छ। प्रदेश नम्बर ६ मा डिआइजी महेश बिक्रम शाह तथा प्रदेश नम्बर ७ मा सुरज केसीलाई पठाइएको छ।
यसअघि प्रदेश नम्बर ६ का प्रमुख रहेका डिआइजी सुरेशबिक्रम शाहलाई तालिम निर्देशनालयमा सरुवा गरिएको छ।
प्रदेश नम्बर ७ का डिआजी शरद चन्दले गत महिना अवकाश पाएका थिए।
त्यस्तै डिआजी धिरु बस्नेतलाई सुरक्षा सेवा निर्देशनालयमा सरुवा गरिएको छ। एसएसपी मध्ये बसन्त लामा काठमाडौं परिसरमा पुगेका छन् । यो निक्कै आकर्षक मानिने अड्डा हो । त्यहाँका एसएसपी विश्वराज पोखरेललाई प्रहरी कन्सुलरका रुपमा नयाँदिल्लीस्थित नेपाली दुतावास पठाईएको छ ।
ललितपुर परिसरका एसएसपी गणेश ऐरलाई कल्याण शाखामा सरुवा गरेर ललितपुरमा एसएसपी रबिन्द्र धानुकलाई पठाइएको छ।
त्यस्तै अरुण बिसीलाई अख्तियार, ईश्वरबाबु कार्कीलाई मानव बेचबिखन अनुसन्धान ब्यूरो, उत्तम सुवेदीलाई प्रहरी प्रधान कार्यालय, किशोर दाहाललाई प्रदेश नम्बर १ प्रहरी कार्यालय, तारिणी लम्साललाई प्रदेश नम्बर ३ कार्यालय, दिलिप चौधरीलाई विपद् व्यवस्थापन महाशाखामा सरुवा गरिएको छ। मुकुन्दराज आचार्यलाई क्षेत्रीय तालिम केन्द्र जनकपुर, राजेश लाल कर्णलाई अपराध अनुसन्धान बिद्यालय, रामकृपाल शाहलाई प्रहरी तालिम केन्द्र दीपायल, शरद खत्रीलाई संघीय प्रहरी इकाई कोशी, सहकुल थापालाई पूर्व क्षेत्रीय तालिम केन्द्र विराटनगर तथा हरिबहादुर पालको अन्वेषण योजना निर्देशनालयमा सरुवा भएको छ।
नरबहादुर खत्रीलाई प्रदेश नम्बर ५, नलप्रसाद उपाध्यायलाई युक्ति महाबिद्यालय, निरज बहादुरी शाहीलाई साइबर ब्यूरो, पुरुषोत्तम कँडेललाई भर्ना छनौट महाशाखा, पूर्णचन्द्र जोशीलाई बिशेष सशस्त्र प्रहरी निर्देशनालयमा सरुवा गरिएको छ।
त्यस्तै, प्रकाशजंग कार्कीलाई प्रदेश तालिम केन्द्र पोखरा, प्रद्युम्न कार्कीलाई महानगरीय प्रहरी कार्यालय रानीपोखरी, विकास श्रेष्ठलाई कार्य महाशाखा, वीरेन्द्र श्रेष्ठलाई पश्चिम क्षेत्रीय तालिम केन्द्र, महाउँद आलम खाँलाई आतंकवाद नियन्त्रण महाशाखामा सरुवा गरिएको छ।
News Desk 0 response बुधबार, साउन ३०, २०७५

सम्बन्धित शीर्षकहरु
-
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३
-
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



