

-
काठमाडौं । महालेखा परीक्षकको कार्यालयले सरकारले आर्थिक अनियमितता गर्नेमाथि कारवाही नगरेको भन्दै असन्तुष्टि जनाएको छ।
महालेखा परीक्षक टंकमणि शर्माले आर्थिक अनियमितता गर्नेमाथि सरकारले कारवाही नगरेको भन्दै असन्तुष्ट व्यक्त गरेका हुन्।
बुधवार महालेखा परीक्षकको कार्यालयको कामकारवाहीबारे संघीय संसद सार्वजनिक लेखा समितिलाई जानकारी गराउँदै उनले सरकारलाई कारवाहीका लागि सिफारिस गरे पनि कारवाही नगर्दा बेरुजु बढ्दै गएको बताए।
‘सरकार आर्थिक अनुशासन पालना गराउन उदासिन भएकाले पनि मुलुकमा बेरुजुको समस्या बढदै गएको हो,’ बैठकमा उनले भने, ‘प्रशासनिक दक्षताको अभावमा पनि वित्तीय क्षेत्रमा सुधार आउन सकेको छैन।’ महालेखा परीक्षक शर्माले सांसदहरुले यस तर्फ सरकारलाई सचेत गराउन समेत आग्रह गरे।
उनले लेखा परीक्षणको कामलाई प्रभावकारी बनाउन प्रदेश तहमा पनि सम्पर्क कार्यालय स्थापना गर्ने निर्णय गरिएको जानकारी गराएका छन्। महालेखा परीक्षकको कार्यालयको कर्मचारीको परिचालनसम्बन्धि छुट्टै व्यवस्था गर्न पनि सरकारसँग आग्रह गरे।
‘महालेखा परीक्षकको कार्यालयका कर्मचारी सरकारले परिचालन गर्ने व्यवस्था गरिएको छ,’ महालेखा परीक्षक शर्माले भने, ‘महालेखा परीक्षकको कार्यालयले नै परिचालन गर्ने गरी छुट्टै व्यवस्था गर्नुपर्छ। विश्वभर महालेखा परीक्षकको कर्मचारी सरकारले परिचालन गर्ने व्यवस्था छैन। सरकारलाई पनि विश्वव्यापी मान्यता अनुसार महालेखा परीक्षकको कार्यालयका कर्मचारीहरुको परिचालन महालेखा परीक्षकको कार्यालयबाट परिचालन हुने व्यवस्था गर्न सरकारलाई अनुरोध गरेका छौँ।’
News Desk 0 response बुधबार, साउन ३०, २०७५

सम्बन्धित शीर्षकहरु
-
सडक सञ्जाल ३६ हजार ८०० किलोमिटर नाघ्यो
बुधबार, जेष्ठ १३, २०८३ -
सरकारले गर्यो निजी अस्पतालमा आकस्मिकबाहेक स्वास्थ्य बिमा..
बुधबार, जेष्ठ १३, २०८३ -
जेनजी आन्दोलनलाई हिंसात्मक बनाउन टिओबीको मुख्य भूमिका..
बुधबार, जेष्ठ १३, २०८३ -
ओली, लेखक र गुरुङलाई कारबाही गर्न आयोगको..
बुधबार, जेष्ठ १३, २०८३ -
मधेसमा मन्त्रिपरिषद् विस्तार, ५ मन्त्रीले लिए शपथ
मङ्लबार, जेष्ठ १२, २०८३
-
सडक सञ्जाल ३६ हजार ८०० किलोमिटर नाघ्यो
बुधबार, जेष्ठ १३, २०८३ -
सरकारले गर्यो निजी अस्पतालमा आकस्मिकबाहेक स्वास्थ्य बिमा..
बुधबार, जेष्ठ १३, २०८३ -
जेनजी आन्दोलनलाई हिंसात्मक बनाउन टिओबीको मुख्य भूमिका..
बुधबार, जेष्ठ १३, २०८३ -
ओली, लेखक र गुरुङलाई कारबाही गर्न आयोगको..
बुधबार, जेष्ठ १३, २०८३ -
मधेसमा मन्त्रिपरिषद् विस्तार, ५ मन्त्रीले लिए शपथ
मङ्लबार, जेष्ठ १२, २०८३
-
६ सहसचिवको सरुवा, को कहाँ ?
मङ्लबार, जेष्ठ ५, २०८३ -
बालेनले संसदमा नबोलेसम्म विरोध जारी राख्ने हर्कको..
बुधबार, जेष्ठ ६, २०८३ -
प्रधानन्यायाधीश शर्माले लिए राष्ट्रपतिबाट शपथ, पदभार ग्रहण..
मङ्लबार, जेष्ठ ५, २०८३ -
विद्या भण्डारीलाई पार्टी सदस्यता दिने एमालेको निर्णय
सोमवार, जेष्ठ ४, २०८३ -
उच्च विषादी प्रयोग गरिएको भन्दै जापानद्धारा भारतबाट..
आइतवार, जेष्ठ १०, २०८३



