

-
नेपालको इतिहासमा नेपाली सैनिक शिक्षालयबाट आयुक्त पद प्राप्त गरी प्रधानसेनापति पदमा नियुक्त भएका राजेन्द्र क्षेत्री चालिस बर्षे सैनिक जीवन बाट बिदा बसेका छन् । नेपाली सेनाको ४२औँ प्रधानसेनापति बनेका क्षेत्रीले प्रतिविद्रोह तथा जंगल युद्धकला, जुनियर स्टाफ, गुल्मपति र गणपति तालिमहरूमा उत्कृष्ट नतिजा हासिल गरेका थिए। सेनापति क्षेत्रीको अवकाश भने भदौ २४ मा हुने भए पनि एक महिना अघि नै बिदा बस्ने परम्पराअनुसार क्षेत्री साउन २४ बाट एक महिना लामो बिदामा बस्न लागेका हुन्। बिहीबारबाट बिदामा बस्न लागेपछि नयाँ प्रधानसेनापतिको जिम्मेवारी भने बलाधिकृत रथी पूर्णचन्द्र थापालाई नियुक्त गर्ने साउन ११ गतेको मन्त्रिपरिषद बैठकले गरेको छ। सोहीअनुरूप थापा बिहीबारदेखि कामुप्रधानसेनातिको रूपमा भदौ २४ सम्म कार्यभार सम्हाल्ने छन्। भदौ २४ मा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानमा व्यवस्था भएअनुरूप नियुक्त गर्ने छन्। आफू औपचारिक रूपमा बिदा हुन लागेको अघिल्लो दिन बुधबार प्रधानसेनापति क्षेत्रीले नेपाली सेनाका सकल दर्जाहरूलाई आफ्नो कार्यकालमा भएका कार्यहरूको सम्पूर्ण प्रगति विवरणका बारेमा जानकारी गराएका थिए।
News Desk 0 response बुधबार, साउन २३, २०७५


सम्बन्धित शीर्षकहरु
-
लोकदोहोरी गायक भीम पौडेलको निधन
शुक्रबार, माघ १३, २०७९ -
प्रेम आचार्य आत्मदाह प्रकरण : मानव अधिकार..
शुक्रबार, माघ १३, २०७९ -
कैलालीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु
शुक्रबार, माघ १३, २०७९ -
आजको मौसम आंशिकदेखि सामान्य बदली रहने
शुक्रबार, माघ १३, २०७९ -
चिनियाँ इञ्जीनियरलाई जासुसीको आरोपमा अमेरिकामा जेल सजाय
शुक्रबार, माघ १३, २०७९
-
लोकदोहोरी गायक भीम पौडेलको निधन
शुक्रबार, माघ १३, २०७९ -
प्रेम आचार्य आत्मदाह प्रकरण : मानव अधिकार..
शुक्रबार, माघ १३, २०७९ -
कैलालीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु
शुक्रबार, माघ १३, २०७९ -
आजको मौसम आंशिकदेखि सामान्य बदली रहने
शुक्रबार, माघ १३, २०७९ -
चालीस रोपनीमा अनार खेती
बिहिबार, माघ १२, २०७९
-
धौलागिरिमा बेपत्ता दुई युवाको शव फेला
बिहिबार, माघ ५, २०७९ -
पाइलट केसीको शालिकसहित उद्यान निर्माण गरिने
बुधबार, माघ ४, २०७९ -
अन्जुको शोकमा छ चाँदनी चोक
बुधबार, माघ ४, २०७९ -
तीन व्यक्तिबाट सात सय ३१ थान राहदानी..
बिहिबार, माघ ५, २०७९ -
विमान दुर्घटना : थप एक जनाको शव..
मङ्लबार, माघ ३, २०७९