

-
काठमाडौं ।
संसदीय सुनुवाई समितिले दीपकराज जोशीका लागि मुख्यरुपमा ४० प्रश्न सोध्ने तयारी गरेको छ। विगतमा फितलो र अध्ययनविनाको प्रस्तुति तथा प्रश्न सोधार्इका कारण संसदीय सुनुवाईको आलोचना भएकाले यस पटक समितिले अघिल्लै दिन प्रश्न तयार गरेको हो ।
जोशीलाई १५ सदस्य रहेको समितिका सबै सांसदले आलो–पालो पद्धतिबाट यी प्रश्नहरु राख्ने बताइएको छ। मंगलबार र बुधबार उजुरीकर्तासँग छलफल गरेपछि समितिले उनलाई सोध्ने प्रश्नहरुको तयारी गरेको हो।
संसदीय सुनुवाईमा पहिलो पटक व्यवस्थित रुपमा यसरी प्रश्न निर्माण गरिएको हो। यसअघि सांसदहरुले आफ्नो मनखुसि रुपमा प्रश्न सोध्दै आएका थिए। यसरी सांसदहरुले प्रश्न सोध्दा विषय र सुनुवाईको औचित्यभन्दा बाहिर गएपछि यसलाई व्यवस्थित गर्न समितिले यस्तो प्रक्रिया अवलम्वन गरेको वताएको छ । ‘विगतमा संसदीय सुनुवाईको निकै आलोचना पनि हुने गरेको थियो ।
समितिमा दर्ता भएका उजुरीमध्ये एनसेल प्रकरणका विषयलाई पहिलो प्रश्न वनाईएको छ ।
ठूलो राजश्व नोक्सान गर्ने उक्त आदेशको बारेमा गम्भीर उजुरी परेकाले एनसेल प्रकरण पहिलो नम्बरको प्रश्नमा राखिएको हो।
त्यसैगरी, क्यासिनो र अन्य करका मुद्दामा छुट दिने आदेश किन भयोरु, कर फर्स्यौट आयोगमा रहँदा अर्बौं राजस्व छुट दिएका चुडामणी शर्मालाई किन सामान्य धरौटीमा रिहा गरियोरु, हाडिगाउँ र अन्य स्थानका सार्वजनिक जग्गा व्यक्तिको नाममा हुने भनि कसरी फैसला भयोरु जस्ता प्रश्नहरु राखिएको छ। त्यस्तै, जोशीको शैक्षिक प्रमाणपत्रको बारेमा समेत उजुरी परेकाले यसको बारेमा प्रष्ट पार्न समेत आग्रह गर्ने तयारीमा समिति रहेको छ।
प्रधानमन्त्री र प्रधानन्यायाधीश निवास बालुवाटारसँगै जोडिएको सार्वजनिक जग्गा व्यक्तिका नाममा हुनेगरी आदेश गर्नेमध्येका एक जोशी भएकाले उक्त विषयमा पनि प्रश्न गरिने भएको छ।
News Desk 0 response बिहिबार, साउन १०, २०७५

सम्बन्धित शीर्षकहरु
-
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३
-
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



