• काठमाडौं । संयुक्त राष्ट्र संघका लागि न्युयोर्कमा रहेका नेपालका स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टराईलाई सरकारले फिर्ता बोलाएको छ।

    मन्त्रिपरिषद् बैठकले भट्टराईलाई साउन १५ भित्र नेपाल फर्कन सूचना दिने निर्णय गरेको हो।

    बैठकले  राजदूत नियुक्त गर्ने सम्बन्धी मापदण्ड २०७५ स्वीकृत गरेको छ ।