•  

    दुई नम्बर प्रदेश सभाका सभामुखको सचिवालयमा एक जना पनि कर्मचारी नियुक्त गरिएको जानकारी संसद सचिवालयमा छैन । तर, सभामुख सरोजकुमार यादवले भने १० जना कर्मचारीका नाममा तलव भत्ता बुझेको खुलासा भएको छ ।
    कार्यालय सहयोगीदेखि सह-सचिवसम्म १० जनाको दरवन्दी रहेको प्रदेश(२ को सभामुखको सचिवालयमा अहिलेसम्म एक जना पनि नियुक्त गरिएको छैन । तर, सभामुख सरोजकुमार यादवले नियुक्ती नै नभएका कर्मचारीको नाममा तलव भत्ता भने बुझेका छन् । आफू सभामुख नियुक्त भएको माघ ३ गतेदेखिकै हिसाबमा उनले १० जनाकै पारिश्रमिक बाफत् ११ लाख रुपैयाा व्यक्तिगत खातामा जम्मा गर्न लगाएको रहस्य खुलेको छ ।

    प्रदेशसभाले सभामुखको सेवा सुविधा सम्वन्धी बिधेयक असार १ गते मात्रै पारित गरेको थियो । यादवले भने पााचअघि देखिकै पारिश्रमिक आफ्नो खातामा जम्मा गराएका छन् । कर्मचारीहरुको तलब व्यक्तिको खातामा जम्मा गरिनु आर्थिक कानून बिपरित रहेको कोष तथा लेखा नियन्त्रक बताउँछन् ।

    सभामुखले संसद सचिवालयलाई दवाब दिएर कानुन विपरित आफ्नो खातामा रकम जम्मा गर्न लगाएको कर्मचारीहरु बताउाछन् । हुँदै नभएका कर्मचारीको तलब सभामुखले लिनुले पदकै गरिमामा प्रश्न उठेको प्रतिपक्षीको भनाइ छ ।

    -अनिल मिश्र