

-
गुणस्तरीय उच्चशिक्षा दिने उदेश्यले २०४८ सालमा स्थापित भक्तपुर, सानोठिमीस्थित आदर्श बहुमुखी क्याम्पसमा अहिले खासै विद्यार्थी छैनन् । कुनै बेला विद्यार्थीको चाप थेगिनसक्नु हुने यस क्याम्पसमा अहिले नियमित आउने विद्यार्थी ५० भन्दा कम छन् । नाम बहुमुखी क्याम्पस भए पनि अहिले बिबिएस मात्र पढाई हुन्छ । १७ जना शिक्षक कर्मचारीलार्इ तलब खुवाउन समेत धौ धौ छ ।
विश्वविद्यालय अनुदान आयोगका अनुसार देशभरका १२ सय ७७ क्याम्पस मध्ये ३ सय ५० क्याम्पसमा ५० जनाभन्दा कम विद्यार्थी छन् । सयभन्दा कम विद्यार्थी हुने क्याम्पस नै १ सय छन् । विनानक्साङ्कन राजनीतिक दबाब र लहडमा क्याम्पस खोल्ने प्रवृत्तिले धेरै क्याम्पस विद्यार्थीविहीन हुँदै गएका हुन् ।
आयोगका अनुसार विशेष अनुदानका लागि हिमाली र पहाडी जिल्लाका क्याम्पसमा ५०, तराइमा ७५ र काठमाडौ उपत्यकाका क्याम्पसमा एक सय न्यूनतम विद्यार्थी हुनुपर्ने मापदण्ड छ । विद्यार्थी कम भएका कारण करिव डेढ सय क्याम्पसको अनुदान कटौती गरिएको छ । सरकारले उच्च शिक्षामा हरेक वर्ष १० अर्व भन्दा बढी लगानी गरे पनि ७० प्रतिशत लगानी खेर गइरहेको छ ।
विद्यार्थी न्यून भर्इ धेरै क्याम्पसहरु चल्न नसक्ने अवस्थामा पुगेपछि विश्वविद्यालयले क्याम्पस समायोजनको नयाँ नीति अंगिकार गर्नुपर्ने विज्ञहरुको सुझाव छ । व्यवस्थापकीय सुधार गरी उच्च शिक्षालाइ प्रतिस्पर्धी र गुणस्तरीय नबनाउने हो भने सामुदायिक क्याम्पसको अवधारणा नै असफल हुनेछ ।
News Desk 0 response शुक्रबार, असार २२, २०७५

सम्बन्धित शीर्षकहरु
-
सरकारी सेवा छोड्नेहरु बढे, ३ महिनामै ४..
शनिबार, अशोज ३, २०८३ -
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायूकुमार श्रेष्ठ
शुक्रबार, अशोज २, २०८३ -
भारत, चीन र अमेरिकासहित १३ देशका लागि..
शुक्रबार, अशोज २, २०८३ -
निजामती सेवामा ठूलो फेरबदलको संकेत
बिहिबार, अशोज १, २०८३ -
अस्ट्रेलियामा विदेशी विद्यार्थीले परिवार लैजान नपाउने व्यवस्था..
बिहिबार, अशोज १, २०८३
-
सरकारी सेवा छोड्नेहरु बढे, ३ महिनामै ४..
शनिबार, अशोज ३, २०८३ -
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायूकुमार श्रेष्ठ
शुक्रबार, अशोज २, २०८३ -
भारत, चीन र अमेरिकासहित १३ देशका लागि..
शुक्रबार, अशोज २, २०८३ -
निजामती सेवामा ठूलो फेरबदलको संकेत
बिहिबार, अशोज १, २०८३ -
अस्ट्रेलियामा विदेशी विद्यार्थीले परिवार लैजान नपाउने व्यवस्था..
बिहिबार, अशोज १, २०८३
-
निजामती सेवामा ठूलो फेरबदलको संकेत
बिहिबार, अशोज १, २०८३ -
कोरला नाकामा बढ्यो चहलपहल, १५ दिनमै पौने..
सोमवार, भदौ २९, २०८३ -
भोटेकोशी बाढी प्रभावितको पुनर्स्थापनामा स्रोतको कमी हुँदैन..
सोमवार, भदौ २९, २०८३ -
सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख..
मङ्लबार, भदौ ३०, २०८३ -
अस्ट्रेलियामा विदेशी विद्यार्थीले परिवार लैजान नपाउने व्यवस्था..
बिहिबार, अशोज १, २०८३



