

-
गुणस्तरीय उच्चशिक्षा दिने उदेश्यले २०४८ सालमा स्थापित भक्तपुर, सानोठिमीस्थित आदर्श बहुमुखी क्याम्पसमा अहिले खासै विद्यार्थी छैनन् । कुनै बेला विद्यार्थीको चाप थेगिनसक्नु हुने यस क्याम्पसमा अहिले नियमित आउने विद्यार्थी ५० भन्दा कम छन् । नाम बहुमुखी क्याम्पस भए पनि अहिले बिबिएस मात्र पढाई हुन्छ । १७ जना शिक्षक कर्मचारीलार्इ तलब खुवाउन समेत धौ धौ छ ।
विश्वविद्यालय अनुदान आयोगका अनुसार देशभरका १२ सय ७७ क्याम्पस मध्ये ३ सय ५० क्याम्पसमा ५० जनाभन्दा कम विद्यार्थी छन् । सयभन्दा कम विद्यार्थी हुने क्याम्पस नै १ सय छन् । विनानक्साङ्कन राजनीतिक दबाब र लहडमा क्याम्पस खोल्ने प्रवृत्तिले धेरै क्याम्पस विद्यार्थीविहीन हुँदै गएका हुन् ।
आयोगका अनुसार विशेष अनुदानका लागि हिमाली र पहाडी जिल्लाका क्याम्पसमा ५०, तराइमा ७५ र काठमाडौ उपत्यकाका क्याम्पसमा एक सय न्यूनतम विद्यार्थी हुनुपर्ने मापदण्ड छ । विद्यार्थी कम भएका कारण करिव डेढ सय क्याम्पसको अनुदान कटौती गरिएको छ । सरकारले उच्च शिक्षामा हरेक वर्ष १० अर्व भन्दा बढी लगानी गरे पनि ७० प्रतिशत लगानी खेर गइरहेको छ ।
विद्यार्थी न्यून भर्इ धेरै क्याम्पसहरु चल्न नसक्ने अवस्थामा पुगेपछि विश्वविद्यालयले क्याम्पस समायोजनको नयाँ नीति अंगिकार गर्नुपर्ने विज्ञहरुको सुझाव छ । व्यवस्थापकीय सुधार गरी उच्च शिक्षालाइ प्रतिस्पर्धी र गुणस्तरीय नबनाउने हो भने सामुदायिक क्याम्पसको अवधारणा नै असफल हुनेछ ।
News Desk 0 response शुक्रबार, असार २२, २०७५


सम्बन्धित शीर्षकहरु
-
स्वर्णलक्ष्मी सहकारी ठगीमा कांग्रेस सांसद माया राई..
आइतवार, बैशाख १४, २०८२ -
डोल्पा केन्द्रबिन्दु भएर एकाबिहानै भूकम्प
आइतवार, बैशाख १४, २०८२ -
पुटिन युद्ध अन्त्य गर्न चाहेका छैनन् :..
आइतवार, बैशाख १४, २०८२ -
देशभरको तापक्रम बढ्दै, केही स्थानमा वर्षाको संभावना
आइतवार, बैशाख १४, २०८२ -
आज मातातीर्थ औंशी अर्थात् आमाको मुख हेर्ने..
आइतवार, बैशाख १४, २०८२
-
स्वर्णलक्ष्मी सहकारी ठगीमा कांग्रेस सांसद माया राई..
आइतवार, बैशाख १४, २०८२ -
डोल्पा केन्द्रबिन्दु भएर एकाबिहानै भूकम्प
आइतवार, बैशाख १४, २०८२ -
देशभरको तापक्रम बढ्दै, केही स्थानमा वर्षाको संभावना
आइतवार, बैशाख १४, २०८२ -
आज मातातीर्थ औंशी अर्थात् आमाको मुख हेर्ने..
आइतवार, बैशाख १४, २०८२ -
जम्मू–कश्मीर आक्रमणको निष्पक्ष जाँचका लागी सहयोग गर्न..
आइतवार, बैशाख १४, २०८२
-
आफ्नै निर्देशनमा टीका लाईदिएकै बाट पनि ओलीलाई..
आइतवार, बैशाख ७, २०८२ -
संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयमा यसरी..
शुक्रबार, बैशाख ५, २०८२ -
छ जना डीआईजीको एआईजीमा बढुवा
बिहिबार, बैशाख ४, २०८२ -
सडक उद्घाटन गर्न प्रधानमन्त्रीसहित ५ भीआईपीको हानाथाप
शुक्रबार, बैशाख ५, २०८२ -
परराष्ट्रमन्त्री डा. आरजु राणा आज बैंकक जाँदै
आइतवार, बैशाख ७, २०८२