
-
काठमाडौं ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले नियमावली विपरित प्रतिनिधिसभाको शुक्रबारको बैठक अवरुद्ध पारेको सरकारले आरोप लगाएको छ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले संघीय संसद नियमावली विपरित प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको आरोप लगाएका हुन्। कांग्रेसले जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेलगत्तै छलफल गर्न माग गर्दै प्रतिनिधिसभा अवरुद्ध पार्नु संसद नियमावली विपरित रहेको उनको दावी छ।
मन्त्री तामाङका अनुसार जरुरी सार्वजनिक महत्वको प्रस्ताव संसदमा दर्ता गराएको २ घण्टापछिसम्म सो सम्बन्धमा संसदमा छलफल गराउन नमिल्ने नियमावलीमा व्यवस्था छ। सो व्यवस्था विपरित कांग्रेसले तत्काल कार्यसूचीमा राखेर छलफल अघि बढाउन माग गर्दै बैठक अवरुद्ध पार्नु विधिको उलंघन भएको मन्त्री तामाङको तर्क छ।
मन्त्री तामाङले जुम्लामा आमरण अनसनमा बसेका वरिष्ठ चिकित्सक गोविन्द केसीको स्वास्थ्यको जिम्मेवारी सरकारले लिने पनि बताए। कांग्रेसको तर्फबाट सांसदहरु दिलेन्द्रप्रसाद बडु, पार्वता बिसी चौधरी र अजहर कमल मुसलमानले प्रतिनिधिसभा बैठक बस्नु केहीबेर अघि मात्रै वरिष्ठ चिकित्सक केसीको जीवन रक्षा र चिकित्सा राष्ट्रिय शिक्षा विधेयक जस्ताको तस्तै कार्यसूचिमा राखेर छलफल अघि बढाउन माग गर्दै जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका थिए।
कांग्रेसको सो माग संघीय संसद नियमावली विपरित रहेको कानुन मन्त्री तामाङको दावी छ। सो सार्वजनिक महत्वको प्रस्ताव सम्बन्धित मन्त्रीसँग छलफल गरेर मात्रै अघि बढाउने व्यवस्था संघीय संसद नियमावलीमा गरिएको छ।
सोही व्यवस्था अनुसार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल राजधानी बाहिर रहेकाले उनी आएपछि सो सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल अघि बढाउन प्रतिनिधिसभाको बैठक सोमबारसम्म स्थगित गर्नु परेको संघीय संसद सचिवालयले जनाएको छ।
News Desk 0 response शुक्रबार, असार २२, २०७५
नेपाललाईभ


सम्बन्धित शीर्षकहरु

१ सय ६७ पालिकाको अन्तिम नतिजा आयो : कांग्रेस ७६, एमाले ४८ र माओवादी ३६ वटामा विजयी
सोमवार, जेष्ठ २, २०७९-
भोटेकोशीमा माओवादी जगाउने राजकुमार माओवादीकै कारण..
सोमवार, जेष्ठ २, २०७९ -
१ सय ६७ पालिकाको अन्तिम नतिजा आयो..
सोमवार, जेष्ठ २, २०७९ -
प्युठानको माण्डवीमा माओवादी विजयी
सोमवार, जेष्ठ २, २०७९ -
ताप्लेजुङको मेरिङदेन अध्यक्षमा गठबन्धनबाट कांग्रेस विजयी
सोमवार, जेष्ठ २, २०७९ -
पोखरामा एकीकृत समाजवादीका आचार्यको अग्रता कायमै
सोमवार, जेष्ठ २, २०७९
-
भोटेकोशीमा माओवादी जगाउने राजकुमार माओवादीकै कारण..
सोमवार, जेष्ठ २, २०७९ -
१ सय ६७ पालिकाको अन्तिम नतिजा आयो..
सोमवार, जेष्ठ २, २०७९ -
प्युठानको माण्डवीमा माओवादी विजयी
सोमवार, जेष्ठ २, २०७९ -
ताप्लेजुङको मेरिङदेन अध्यक्षमा गठबन्धनबाट कांग्रेस विजयी
सोमवार, जेष्ठ २, २०७९ -
पोखरामा एकीकृत समाजवादीका आचार्यको अग्रता कायमै
सोमवार, जेष्ठ २, २०७९
-
भोटेकोशीमा माओवादी जगाउने राजकुमार माओवादीकै कारण..
सोमवार, जेष्ठ २, २०७९ -
अधिवक्ता केसीको कानून व्यवसायी प्रमाणपत्र रद्द
बिहिबार, बैशाख २९, २०७९ -
इलाममा गाडी भित्रै १७ वर्षीया किशोरी बलात्कृत
सोमवार, बैशाख २६, २०७९ -
उम्मेदवार मृत्युपछि तुलसीपुरमा आज मनोनयन दर्ता, जेठ..
बुधबार, बैशाख २८, २०७९ -
६४ उद्योगलाई कालोबजारी ऐन
बिहिबार, बैशाख २९, २०७९