•  

    तत्कालीन नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम, महासचिव इश्वर पोखरेल र उपमहासचिव घनश्याम भुसाल नवगठीत नेपाल कम्युनिष्ट पार्टीमा भूमिकाहिन छन् । यी मध्ये पनि गौतम र पोखरेल सचिवालय सदस्य त छन तर पार्टीमा जिम्मेवारि केही पाएका छैनन् ।
    तत्कालिन नेकपा एमालेको नवौँ महाधिवेशनमा केपी शर्मा ओलीलाई अध्यक्षमा जिताएर पार्टीको शक्ति केन्द्रका रुपमा उदाएका वामदेव गौतम अहिले जिम्मेवारिविहिन छन् । तीनपटक उपप्रधानमन्त्री, पार्टीका उपमहासचिव र उपाध्यक्ष भैसकेका गौतम नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य मात्र हुन । एकताको सुत्रधार तथा ओली र तत्कालिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई मिलाउन पुलको काम गरेका उनी पार्टी एकतापछि भने किनारामा धकेलिए ।

    गौतम मात्र होइन पछिल्लो समय तत्कालिन एमालेमा लगतार दुई कार्यकाल महासचिव भइसकेका ईश्वर पोखरेललाई पनि ओलीले पार्टी कामको भूमिकाबाट पन्छाएका छन् । यस्तै एमालेका उपमहासचिव एव‌ं युवा नेता घनश्याम भुसालको त झन एकतापछिको पार्टीमा कुनै भूमिका नै छैन ।

    पार्टीको गत महाधिवेशनमा ओलीलाई अध्यक्ष बनाउन गौतम र पोखरेलले काँध नै थापेका थिए । तर एकतापछि ओलीको नजिक अरु नै पुगेका छन् । भुसाल त झन पार्टीभित्रका स्थायी प्रतिपक्षीजस्तो भइगए ।

    पोखरेल र भुसालले असन्तुष्टी जनाए पनि गौतमले भने अहिलेसम्म मुख खोलेका छैनन् । सायद उनको भूमिका अब हुने पार्टी महाधिवेशनमा खुलस्त देखिनेछ ।

    ktv