

काँग्रेस बिपक्षी दल हुन पनि लायक नभएको काँग्रेस नेताहरुकै स्वीकार
२०७५ सम्ममा स्थानीय र प्रादेशिक तहको अधिवेशन गरेर २०७६ मा केन्द्रीय महाधिवेशन गर्नुपर्ने माग
-
हेटौंडा । अहिलेकै शैली, नेतृत्व र वैचारिक कोणवाट पार्टी प्रतिपक्षमा पनि लायक नभएको काँग्रेसका युवा नेताहरुले वताएका छन् । कांग्रेसका ८ जना केन्द्रीय सदस्यले यो अलमलवाट सशक्त प्रतिपक्षीय भूमिका सम्भव नभएको भन्दै जिल्ला सभापतिहरुलाई पत्र वितरण गरेका छन्।
हेटौंडामा जारी जिल्ला सभापतिहरुको भेलामा चन्द्र भण्डारी, धनराज गुरुङ, गगनकुमार थापा, जीवन परियार, गुरूराज घिमिरे, प्रदीप पौडेल, रामकृष्ण यादव र किरण यादवले पत्र लेखेर पार्टी सभापतिलाई सचेत गराएका छन् ।
जनतासँग जोडिएको र जनताले विश्वास गरेको यस्तो कांग्रेस चाहिएको छ जहाँ सत्तरी वर्षको स्वर्णिम इतिहासमाथि गर्व गर्दै प्रष्ट ध्येय, सिद्धान्त र कार्यक्रमसहित बलियो र प्रभावकारी संगठन, समयको गतिलाई बुझेर त्यो संगठन हाँक्नसक्ने नयाँ नेतृत्व हुनु पर्ने पत्रमा उल्लेख छ ।
युवा नेताहरुले कांग्रेसको सैद्धान्तितक र वैचारिक पुनर्व्याख्या आवश्यक रहेको पनि बताएका छन्।
पत्रमा यही वर्षभित्र स्थानीय र प्रादेशिक तहको महाधिवेशन सम्पन्न गरिसक्न प्रस्ताव राखेका छन्। २०७५ सम्ममा स्थानीय र प्रादेशिक तहको अधिवेशन सम्पन्न गरेर २०७६ मा केन्द्रीय महाधिवेशन गर्नुपर्ने माग गरिएको छ ।
News Desk 0 response बिहिबार, असार ७, २०७५


सम्बन्धित शीर्षकहरु
-
रवीन्द्र मिश्र र दुर्गा प्रसाईंलाई थप ७..
आइतवार, बैशाख १४, २०८२ -
स्वर्णलक्ष्मी सहकारी ठगीमा कांग्रेस सांसद माया राई..
आइतवार, बैशाख १४, २०८२ -
डोल्पा केन्द्रबिन्दु भएर एकाबिहानै भूकम्प
आइतवार, बैशाख १४, २०८२ -
पुटिन युद्ध अन्त्य गर्न चाहेका छैनन् :..
आइतवार, बैशाख १४, २०८२ -
देशभरको तापक्रम बढ्दै, केही स्थानमा वर्षाको संभावना
आइतवार, बैशाख १४, २०८२
-
रवीन्द्र मिश्र र दुर्गा प्रसाईंलाई थप ७..
आइतवार, बैशाख १४, २०८२ -
स्वर्णलक्ष्मी सहकारी ठगीमा कांग्रेस सांसद माया राई..
आइतवार, बैशाख १४, २०८२ -
डोल्पा केन्द्रबिन्दु भएर एकाबिहानै भूकम्प
आइतवार, बैशाख १४, २०८२ -
देशभरको तापक्रम बढ्दै, केही स्थानमा वर्षाको संभावना
आइतवार, बैशाख १४, २०८२ -
आज मातातीर्थ औंशी अर्थात् आमाको मुख हेर्ने..
आइतवार, बैशाख १४, २०८२
-
आफ्नै निर्देशनमा टीका लाईदिएकै बाट पनि ओलीलाई..
आइतवार, बैशाख ७, २०८२ -
संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयमा यसरी..
शुक्रबार, बैशाख ५, २०८२ -
सडक उद्घाटन गर्न प्रधानमन्त्रीसहित ५ भीआईपीको हानाथाप
शुक्रबार, बैशाख ५, २०८२ -
परराष्ट्रमन्त्री डा. आरजु राणा आज बैंकक जाँदै
आइतवार, बैशाख ७, २०८२ -
रुसद्वारा युक्रेनमा अस्थायी युद्धविराम घोषणा
आइतवार, बैशाख ७, २०८२