• कांग्रेस जिल्ला सभापतिहरुको भेलामा बहुसंख्यक सभापतिको आक्रोस पार्टी सभापति शेरबहादुर देउवाप्रति देखिएको छ ।
    मंगलबार ३८ जिल्ला सभापतिले बोलेको थिए । उनीहरु मध्ये १७\१८ जनाले सभापतिको आलोचना गरेका छन् भने केही मध्यमार्गी र केहीले बचाउमा बोलेका छन् ।चुनावमा हार हुनुमा पार्टी नेतृत्व मुख्य दोषी रहेको सभापतिहरुको भनाई थियो ।यो नेतृत्वले सही निर्णय लिन नसकेका कारण पार्टीमा नै समस्या परेको उनीहरुको भनाई थियो ।