

-
सुर्खेत ।
नेपाली सेनाको राष्ट्रिय सेवा दलद्वारा सञ्चालित ७९ दिने एनसीसी जुनियर डिभिजनको तालिम सोमबारदेखि सुरु भएको छ । जिल्लाको सदरमुकाम मान्मस्थित पञ्चदेवल माध्यमिक विद्यालयका कक्षा ९ मा अध्ययनरत विद्यार्थीलाई उक्त तालिम दिन लागिएको हो ।
सेनाको रणसुर गुल्म कालिकोटले एक कार्यक्रम आयोजना गरी तालिम सुरु गरेको छ । तालिम शुभारम्भ गर्दै रणसुर गुल्मपति मेजर विज्ञान खनालले स्वस्थ, अनुशासित, कर्तव्यनिष्ठ, लगनशील युवा तथा नेपालजस्तो विभिन्न प्राकृतिक प्रकोप आउन सक्ने मुलुकमा विपद् परेका बेला स्वयमसृवकका रूपमा काम गर्ने युवादस्ता निर्माण गर्न नेपाली सेनाको राष्ट्रिय सेवादलद्वारा प्रदान गरिने ७९ दिने एनसीसी जुनियर डिभिजनको तालिम दिन लागिएको बताए ।
उनले विद्यार्थीलाई तालिम अवधिभर ड्रेस, खाना, नास्तालगायत औषधोपचारसमेत सेनाले व्यवस्था मिलाएको जानकारी दिए । १८५६ मा बेलायतबाट सुरु भएको राष्ट्रिय सेवा दल नेपालमा ०२२ सालदेखि निर्माण गर्न थालिएको हो ।
७९ दिनसम्म जुनियर डिभिजनको तालिम गरेका विद्यार्थीमध्येबाट उत्कृष्ट हुने विद्यार्थीलाई सिनियर डिभिजनको तालिममा समावेश गरिन्छ । उनीहरूले विभिन्न मुलुक भ्रमण गर्नेसमेत अवसर प्राप्त गर्छन् । गत वर्षको ब्याचमा पञ्चदेवल विद्यालयकै छात्रा नस्पता शाहीले श्रीलंका भ्रमण गर्ने अवसर पाएकी थिइन् ।
News Desk 0 response मङ्लबार, असार ५, २०७५
-बिस्नप्रसाद न्यौपाने

सम्बन्धित शीर्षकहरु
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा उजुरी गरे, आफैले दुई हजार जरिवाना तिरे
बिहिबार, अशोज २९, २०८३-
आनी छोइङ डोल्माको नियुक्तिप्रति चौतर्फी आलोचना
आइतवार, कार्तिक २, २०८३ -
नेपालका लागि भारतका राजदूत फेरिए, सुधाकर दलेला..
शुक्रबार, अशोज ३०, २०८३ -
प्रहरी कार्यालय बाँकेका प्रमुख अंगुर जीसीले..
शुक्रबार, अशोज ३०, २०८३ -
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा..
बिहिबार, अशोज २९, २०८३ -
दशैंको विदा मनाउने उत्कृष्ठ गन्तब्य तनहुँको झाँगाझोली
बिहिबार, अशोज २९, २०८३
-
आनी छोइङ डोल्माको नियुक्तिप्रति चौतर्फी आलोचना
आइतवार, कार्तिक २, २०८३ -
नेपालका लागि भारतका राजदूत फेरिए, सुधाकर दलेला..
शुक्रबार, अशोज ३०, २०८३ -
प्रहरी कार्यालय बाँकेका प्रमुख अंगुर जीसीले..
शुक्रबार, अशोज ३०, २०८३ -
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा..
बिहिबार, अशोज २९, २०८३ -
दशैंको विदा मनाउने उत्कृष्ठ गन्तब्य तनहुँको झाँगाझोली
बिहिबार, अशोज २९, २०८३
-
दशैँको मुखमा अरनिको यातायातको सेवा अस्तव्यस्त, यात्रु..
बिहिबार, अशोज २९, २०८३ -
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा..
बिहिबार, अशोज २९, २०८३ -
नेपालका लागि भारतका राजदूत फेरिए, सुधाकर दलेला..
शुक्रबार, अशोज ३०, २०८३ -
रूसी ऊर्जा पूर्वाधारमा आक्रमण नगर्न ट्रम्पको चेतावनी
सोमवार, अशोज २६, २०८३ -
संघीय सरकारप्रति ६ प्रदेशका मुख्यमन्त्रीको असन्तुष्टि
मङ्लबार, अशोज २७, २०८३


