• नागरिकताको लागि नक्कली सिफारिस गरेको आरोपमा सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका ७ का वडाअध्यक्ष खेतनाथ घिमिरे पक्राउ परेका छन् ।

    उनलाई मेलम्ची नगरपालिका १० ज्यामिरे निवासी खुसी तामाङलाई नक्कली बाबु बनाएर हेलम्बु गाउँपालिका ७ इचोकबाट नागरिकता सिफारिस गरेको आरोप लागेको छ ।

    नक्कली बाबु खडा गरेर खुसी तामाङलाई स्थानीय आशाराम तामाङमार्फत वडा अध्यक्ष घिमिरेले नागरिकता सिफारिस दिएका थिए । नागरिकता सिफरिस पछि आशाराम दाइ बनेरै खुसीको नागरिकतासमेत बनाईएको छ ।

    नक्कली नागरिकता बनाएपछि उनीहरु दुवै जनालाई काठमाडौंको बौद्धमा प्रहरीले पक्राउ गरेर सिन्धुपाल्चोक पठाएको हो । यस अघि हेलम्बू ३ का बडा अध्यक्ष पनि जुवाखाल वाटै पक्राउ परेका थिए । यी दुवै नेपाली काँग्रेस वाट टिकट लिएर जनप्रतिनिधि वनेका ब्यक्ति हुन् ।