

-
संघीय संसद्को बैठक बस्ने वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा त्यहाँका हाकिमको अनियमितताको पराकाष्ठा नाघेको उजुरी मन्त्रालयमा परेसँगै हालै मात्र चार सदस्यीय छानबिन समिति बनेको छ । यसरी राज्यको सम्पत्तिमा तर मार्ने व्यक्ति हुन् पुरुषोत्तम अमात्य । उनी पूर्वप्रम सुशील कोइरालाको आशीर्वादमा त्यहाँ पुगेका हुन् । गत वर्ष निर्वाचन आचारसंहिता जारी भइसकेको अवस्थामा करारमा ६ कर्मचारी भर्ती गरिएको र करारमा भर्ती गर्ने नाममा उनीहरूबाट १७ लाख रुपैयाँ घुस मागिएको विषयले अहिले चर्चा पाउन थालेको छ । यसरी त्यहाँ करारमा नियुक्त पाएका कर्मचारी हुन् मनिता श्रेष्ठ, मनमाया गुभाजु, नारायण श्रेष्ठ, मनोज कार्की, वसन्त शर्मालगायतबाट १७ लाख असुली गरिएको स्रोतको भनाइ छ । यही बीचमा निर्वाचन आचारसंहिता लागेको र ती कर्मचारी निकाल्न खोजिएपछि उनले १७ लाख घुस लिएको प्रकरण बाहिरिएको थियो । उनीविरुद्ध दर्जन बढी उजुरी परेसँगै यो प्रकरणबारे अनुसन्धान गर्ने भन्दै सहरी विकास मन्त्रालयले चार सदस्यीय समिति नै बनाएको बुझिएको छ ।
News Desk 0 response बुधबार, जेष्ठ ३०, २०७५
मन्त्रालयका सहसचिव नवराज प्याकुरेलको संयोजकत्वमा गठित समितिका सदस्यमा उपसचिव हरिप्रसाद शर्मा, लेखा अधिकृत निराजन शर्मा र नासु युवराज गिरी छन् ।
केन्द्रका प्रमुख मन्त्रीभन्दा पनि बढी सुविधाभोगी भएको कर्मचारी बताँउछन् । उनले केन्द्रमा तीन÷तीन वटा सवारीसाधनसमेत दुरुपयोग गरिरहेको त्यहाँका कर्मचारीले बताउने गरेका छन् । बा.२ झ २२७४ नम्बरको कार, बा.२ञ २२७४, बा.२ब ९८ मोटरसाइकल प्रयोग गर्दै आएका छन । यस्तै, उनले केन्द्र परिसरमा रहेका रुद्राक्ष, पीपललगायत रूख काटेर दुरुपयोग गर्दै आएका छन् । आफ्ना कर्तुत लुकाउन उनले अधिकृतलाई हातमा लिएका छन् । केन्द्र स्रोतका अनुसार यसका लागि त्यहाँका लेखा अधिकृत विष्णु शर्माका भाइ वसन्तलाई करारमा नियुक्त गरिएको छ । शर्मा नेपाल राष्ट्रिय कर्मचारी महासंघका निजामतीतर्फका पूर्वकोषाध्यक्ष हुन् । अमात्यको ज्यादतीले सीमा नाघेपछि त्यहाँका प्रशासकीय अधिकृत शशि खनालले केही अगाडि राजीनामा लेखेको बताइन्छ । यिनीहरूलाई बचाउन सहरी विकास सचिव दीपेन्द्रनाथ शर्मा सक्रिय छन् । उनी त्रिपाल काण्डवाला सचिव हुन् ।


सम्बन्धित शीर्षकहरु

विपिन जोशीको सुरक्षित रिहाइको पहलस्वरुप टर्कीका राष्ट्रपतिलाई प्रधानमन्त्रीको टेलिफोन
बिहिबार, चैत्र ६, २०८१
प्रधानमन्त्री कप क्रिकेटमा पुलिसको लगातार सातौं जीत, कर्णालीले लुम्बिनीलाई ५ रनले हरायो
बिहिबार, चैत्र ६, २०८१-
विपिन जोशीको सुरक्षित रिहाइको पहलस्वरुप टर्कीका राष्ट्रपतिलाई..
बिहिबार, चैत्र ६, २०८१ -
८ महिनामा नेपालको व्यापार घाटा ९ खर्ब..
बिहिबार, चैत्र ६, २०८१ -
त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु चुनाव स्थगित
बिहिबार, चैत्र ६, २०८१ -
प्रधानमन्त्री कप क्रिकेटमा पुलिसको लगातार सातौं जीत,..
बिहिबार, चैत्र ६, २०८१ -
पोखरा महानगरका अधिकृत ५ हजार घुससहित पक्राउ
बिहिबार, चैत्र ६, २०८१
-
विपिन जोशीको सुरक्षित रिहाइको पहलस्वरुप टर्कीका राष्ट्रपतिलाई..
बिहिबार, चैत्र ६, २०८१ -
८ महिनामा नेपालको व्यापार घाटा ९ खर्ब..
बिहिबार, चैत्र ६, २०८१ -
त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु चुनाव स्थगित
बिहिबार, चैत्र ६, २०८१ -
प्रधानमन्त्री कप क्रिकेटमा पुलिसको लगातार सातौं जीत,..
बिहिबार, चैत्र ६, २०८१ -
पोखरा महानगरका अधिकृत ५ हजार घुससहित पक्राउ
बिहिबार, चैत्र ६, २०८१
-
विपन्न समुदायका लागि कोहलपुरमा नमूना बस्ती निर्माण
शुक्रबार, फाल्गुन ३०, २०८१ -
वुमन्स डे कप टी–२० क्रिकेटमा नेपालले तेस्रो..
आइतवार, चैत्र २, २०८१ -
काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा अच्युत वाग्ले नियुक्त
मङ्लबार, चैत्र ४, २०८१ -
जनकपुरधाममा महामूर्ख साबित गर्न तछाडमछाड
शुक्रबार, फाल्गुन ३०, २०८१ -
ताप्लेजुङका किसान सामूहिक मकैखेतीप्रति आकर्षित
बुधबार, फाल्गुन २८, २०८१