

-
संघीय संसद्को बैठक बस्ने वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा त्यहाँका हाकिमको अनियमितताको पराकाष्ठा नाघेको उजुरी मन्त्रालयमा परेसँगै हालै मात्र चार सदस्यीय छानबिन समिति बनेको छ । यसरी राज्यको सम्पत्तिमा तर मार्ने व्यक्ति हुन् पुरुषोत्तम अमात्य । उनी पूर्वप्रम सुशील कोइरालाको आशीर्वादमा त्यहाँ पुगेका हुन् । गत वर्ष निर्वाचन आचारसंहिता जारी भइसकेको अवस्थामा करारमा ६ कर्मचारी भर्ती गरिएको र करारमा भर्ती गर्ने नाममा उनीहरूबाट १७ लाख रुपैयाँ घुस मागिएको विषयले अहिले चर्चा पाउन थालेको छ । यसरी त्यहाँ करारमा नियुक्त पाएका कर्मचारी हुन् मनिता श्रेष्ठ, मनमाया गुभाजु, नारायण श्रेष्ठ, मनोज कार्की, वसन्त शर्मालगायतबाट १७ लाख असुली गरिएको स्रोतको भनाइ छ । यही बीचमा निर्वाचन आचारसंहिता लागेको र ती कर्मचारी निकाल्न खोजिएपछि उनले १७ लाख घुस लिएको प्रकरण बाहिरिएको थियो । उनीविरुद्ध दर्जन बढी उजुरी परेसँगै यो प्रकरणबारे अनुसन्धान गर्ने भन्दै सहरी विकास मन्त्रालयले चार सदस्यीय समिति नै बनाएको बुझिएको छ ।
News Desk 0 response बुधबार, जेष्ठ ३०, २०७५
मन्त्रालयका सहसचिव नवराज प्याकुरेलको संयोजकत्वमा गठित समितिका सदस्यमा उपसचिव हरिप्रसाद शर्मा, लेखा अधिकृत निराजन शर्मा र नासु युवराज गिरी छन् ।
केन्द्रका प्रमुख मन्त्रीभन्दा पनि बढी सुविधाभोगी भएको कर्मचारी बताँउछन् । उनले केन्द्रमा तीन÷तीन वटा सवारीसाधनसमेत दुरुपयोग गरिरहेको त्यहाँका कर्मचारीले बताउने गरेका छन् । बा.२ झ २२७४ नम्बरको कार, बा.२ञ २२७४, बा.२ब ९८ मोटरसाइकल प्रयोग गर्दै आएका छन । यस्तै, उनले केन्द्र परिसरमा रहेका रुद्राक्ष, पीपललगायत रूख काटेर दुरुपयोग गर्दै आएका छन् । आफ्ना कर्तुत लुकाउन उनले अधिकृतलाई हातमा लिएका छन् । केन्द्र स्रोतका अनुसार यसका लागि त्यहाँका लेखा अधिकृत विष्णु शर्माका भाइ वसन्तलाई करारमा नियुक्त गरिएको छ । शर्मा नेपाल राष्ट्रिय कर्मचारी महासंघका निजामतीतर्फका पूर्वकोषाध्यक्ष हुन् । अमात्यको ज्यादतीले सीमा नाघेपछि त्यहाँका प्रशासकीय अधिकृत शशि खनालले केही अगाडि राजीनामा लेखेको बताइन्छ । यिनीहरूलाई बचाउन सहरी विकास सचिव दीपेन्द्रनाथ शर्मा सक्रिय छन् । उनी त्रिपाल काण्डवाला सचिव हुन् ।

सम्बन्धित शीर्षकहरु
-
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३
-
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



