

-
काठमाडौँ ।
कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले सरकारले प्रतिपक्षलाई पनि सँगै लैजानका लागि संसद्मा दर्तामा रहेको ‘संसद सञ्चालन नियमावली’को मस्यौदामा सहमति खोज्न थालेको बताएका छन् ।
बुधबार आयोजित साक्षात्कार कार्यक्रममा उनले भने, ‘सरकारसँग अहिले दुई तिहाइको बहुमत छ । त्यसैले संसद् सञ्चालन नियमावली सरकारले संशोधन हालेर पनि पार गराउन सक्छ तर सरकारले प्रतिपक्षका कुरालाई पनि सम्बोधन गर्नका लागि नियमावली पास गर्नका लागि सहमति खोजिरहेका छौँ ।’
मन्त्री तामाङले राष्ट्रिय जनता पार्टी पनि सरकारमा आउने छलफल चलिरहेको बताउँदै अहिले प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको कुरा चले पनि संविधानमा त्यसलाई संशोधन गर्ने विषय नभएकाले प्रतिपक्षलाई नतर्सन आग्रह गरे । उनले संसद् र अदालतमा कुनै पनि अन्तर्राष्ट्रिय र राष्ट्रिय गैरसरकारी संस्थाले कार्यक्रम सञ्चालन गर्न नपाउने समेत बताए ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले अहिलेको सरकार इतिहासकै शक्तिशाली भएकाले मुलुकमा सुशासन र समृद्धि पक्षमा काम गर्नुपर्ने बताउँदै संसद्मा दुई तिहाइ छ भन्दैमा संविधानका मूलभूत कुरालाई परिवर्तन गर्न नहुने धारणा राखे ।
राजपाका नेता मनिष सुमनले सरकार र संघीय समाजवादी फोरम नेपालबीच भएको सहमति मधेश विरोधी भएको आरोप लगाउँदै पार्टीले केन्द्र र प्रदेश सरकारलाई दिइएको समर्थन फिर्ता लिने चेतावनी दिए ।
-रासस
News Desk 0 response बुधबार, जेष्ठ २३, २०७५


सम्बन्धित शीर्षकहरु

किन भारत लगिँदै थियो एक सय एक थान राहदानी र ७९ थान प्रहरी चारित्रिक प्रमाणपत्र ?
शुक्रबार, माघ १३, २०७९-
प्रहरी भर्ना गर्दै गुराँस गाउँपालिका
शुक्रबार, माघ १३, २०७९ -
उपप्रधानमन्त्री लामिछानेको मुद्दाको सुनुवाइ सकियो
शुक्रबार, माघ १३, २०७९ -
मनरासिस्वा नगरपालिकामा मदिरा प्रतिबन्ध
शुक्रबार, माघ १३, २०७९ -
किन भारत लगिँदै थियो एक सय एक..
शुक्रबार, माघ १३, २०७९ -
माया खोला हाइड्रोपावरको आइपिओ खुल्यो
शुक्रबार, माघ १३, २०७९
-
प्रहरी भर्ना गर्दै गुराँस गाउँपालिका
शुक्रबार, माघ १३, २०७९ -
उपप्रधानमन्त्री लामिछानेको मुद्दाको सुनुवाइ सकियो
शुक्रबार, माघ १३, २०७९ -
मनरासिस्वा नगरपालिकामा मदिरा प्रतिबन्ध
शुक्रबार, माघ १३, २०७९ -
किन भारत लगिँदै थियो एक सय एक..
शुक्रबार, माघ १३, २०७९ -
माया खोला हाइड्रोपावरको आइपिओ खुल्यो
शुक्रबार, माघ १३, २०७९
-
धौलागिरिमा बेपत्ता दुई युवाको शव फेला
बिहिबार, माघ ५, २०७९ -
पाइलट केसीको शालिकसहित उद्यान निर्माण गरिने
बुधबार, माघ ४, २०७९ -
अन्जुको शोकमा छ चाँदनी चोक
बुधबार, माघ ४, २०७९ -
तीन व्यक्तिबाट सात सय ३१ थान राहदानी..
बिहिबार, माघ ५, २०७९ -
विमान दुर्घटना : थप एक जनाको शव..
मङ्लबार, माघ ३, २०७९