

-
काठमाडौं ।
गृहमन्त्री रामबहादुर थापा बादलले सम्झौताअनुसार समयमा काम नगर्नुलाई राज्यले अपराध मान्ने भन्दै काम नगर्ने ठेकदार कसैको घरधनी मात्र होइन, सांसद वा नेता भएपनि नछाड्ने बताए । काम नगर्ने ठेकदारलाई कारबाही गरिछाड्ने दृढता व्यक्त गरेका छन् । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पु्ष्पकमल दाहाल प्रचण्डको घरधनी शारदाप्रसाद अधिकारीले काठमाडौं वरपर दर्जनौं ठेक्का लिएर समयमा काम पूरा गरेका छैनन् ।
आफ्नो १०० दिनमा भएका कामबारे जानकारी दिन मन्त्रालयमा आयोजित कार्यक्रममा गृहमन्त्री बादलले धेरैजसो ठेक्कामा सम्झौताअनुसार काम नभएको बताए । राजधानीमा मात्र सानाठूला गरी ५०० वढी परियोजना रहेको र त्यसमध्ये ३०० बढीमा सम्झौता अनुसार काम नभएको उनले सुनाए ।
तर, यस्ता कामचोर ठेकदार तपाईकै पार्टीका अध्यक्ष प्रचण्डको घरबेटी छन्, सांसद छन् नि भन्ने प्रश्नमा गृहमन्त्री बादलले हाँस्दै भने, अहिले तपाईले उठाएको मात्र नभएर सबै ठेकदार घरधनी नै हुन् । घर सबैको छ ।’
‘राज्यले भनिसकेको छ, जसले सम्झौताअनुसार काम गर्दैन, राज्यको ढुकुटी दुरुपयोग गर्छ, त्यो अपराध हो’ उनले अघि भने, ‘त्यसकारण कारबाही गर्नुपर्छ भन्ने कानुन छ । जो सुकै होस्, चाहे घरधनी होस्, सभासद होस् वा ठूलै नेता किन नहोस् । कानुनको उल्लंघन गर्छ, राज्यलाई धोका दिन्छ भने कारबाही हुन्छ ।’
गिरफ्तार गर्ने तयारी
गृहमन्त्रालयले एकै पटक एक सय बढी कामचोर ठेकेदारलाई कारवाही गर्ने तयारी गरेको छ ।
गृहमन्त्री रामबहादुर थापा बादलको निर्देशन अनुसार गृहमन्त्रालयले ७७ वटै जिल्लाबाट काम नगर्ने ठेकेदारहरुको विवरण पठाउन जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएसँगै सबै विवरण गृहमन्त्रालयमा आइपुगेको गृहस्रोतको दावी छ । आएका विवरण अनुसार सबै भन्दा कम काम गर्ने ठेकेदारहरुको छुट्टै लिस्ट गृहमन्त्रालयले तयार पारिरहेको छ । आएका विवरण हेरेर ठेक्का लिएको धेरै अवधि नाघेका, धेरै ठाउँमा ठेक्का लिएर काम नगरेकाहरुको लिस्ट गृहले बनाइरहेको गृहस्रोतले जानकारी दियो ।
सोही लिस्ट अन्ुसार एकै पटक सय भन्दा बढी ठेकेदारहरुलाई पक्राउ गर्ने गृहको तयारी रहेको गृहस्रोतले जानकारी दियो । गृहले सामान्य ठेकेदारलाई मात्रै कारवाही नगरी हाइप्रोफाइल ठेकेदारलाई पनि कारवाही गर्ने तयारी गरेको छ ।
संघीय समाजवादी फोरमका सांसद हरिनारायणप्रसाद रौनियारको पप्पु कन्स्ट्रक्सन कम्पनी, नेपाली काँग्रेसका सांसद जिप छिरिङ लामाको लामा कन्स्ट्रक्सन कम्पनी, पूर्व मन्त्री एवम् राप्रपाका नेता विक्रम पाण्डेको कालिका कन्स्ट्रक्सन लगायतलाई कारवाही गर्ने गृहको तयारी छ । आवश्यकता अनुसार उनीहरुलाई पक्राउ गर्नेसम्मको तयारी गृहको छ ।
गृहको यस्तो तयारीसँगै ठेकेदारहरुको भागाभाग भएको छ । उनीहरुले आफ्नो निर्माणको कामलाई तिव्रता दिन थालेका छन् । आफूहरुलाई पक्राउ गर्नबाट रोकिदिनुप¥यो भन्दै उनीहरु बिभिन्न शक्तिकेन्द्र धाउन थालेका छन् । तर शक्तिकेन्द्रको कुनै दवावमा नझुक्ने पक्षमा गृहमन्त्री रहेको बताइन्छ ।
News Desk 0 response बुधबार, जेष्ठ २३, २०७५

सम्बन्धित शीर्षकहरु
-
शेरबहादुर देउवाले चुनाव नलड्ने
मङ्लबार, माघ ७, २०८२ -
आज दिनभरको मौसम कस्तो रहला ?
मङ्लबार, माघ ७, २०८२ -
प्रतिनिधिसभा सदस्य चुनाव लागि प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता..
मङ्लबार, माघ ७, २०८२ -
ग्रीनल्याण्ड विवादपछि युरोपेली सङ्घ (ईयू)को प्रतिक्रिया
मङ्लबार, माघ ७, २०८२ -
चीनको अर्थतन्त्र सन् २०२५ मा ५ प्रतिशतले..
सोमवार, माघ ६, २०८२
-
आज दिनभरको मौसम कस्तो रहला ?
मङ्लबार, माघ ७, २०८२ -
प्रतिनिधिसभा सदस्य चुनाव लागि प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता..
मङ्लबार, माघ ७, २०८२ -
ग्रीनल्याण्ड विवादपछि युरोपेली सङ्घ (ईयू)को प्रतिक्रिया
मङ्लबार, माघ ७, २०८२ -
निर्वाचनको तयारी र दलहरूको सक्रियताले देश नै..
सोमवार, माघ ६, २०८२ -
निर्वाचन आयोगलाई गम्भीर आरोप लगाएका दुर्गा प्रसाईं..
सोमवार, माघ ६, २०८२
-
कांग्रेसमा विवाद मिलाउने प्रयास चल्दै
मङ्लबार, पुस २९, २०८२ -
त्रिशूलीमा बालुवामा पुरिएको अवस्थामा डेढ वर्षपछि भेटियो..
मङ्लबार, पुस २९, २०८२ -
फागुन २१ गते हुने चुनावका लागि भारतले..
मङ्लबार, पुस २९, २०८२ -
अमेरिकामा केन्द्रिय बैंकका गभर्नर पावेल पक्राउ गर्ने..
सोमवार, पुस २८, २०८२ -
आज रातिदेखि निर्वाचन आचारसंहिता– २०८२ लागू हुने
आइतवार, माघ ५, २०८२



