•  

    काठमाडौं ।

    बैदेशिक रोजगारीमा जान नपर्ने उदेश्यअनुसार सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गर्ने भएको छ। ५ वर्षभित्र स्वदेशमै रोजगारीमा अवसर सिर्जना गर्न उक्त कार्यक्रम गर्न लागेको हो।

    सो कार्यक्रमका लागि ३ अर्ब १० करोड रुपैयाँ छुट्याएको अर्थमन्त्री युवराज खतिवडाले जानकारी गराएका छन्। संसदमा बजेट भाषण गर्दै उक्त जानकारी मन्त्रीले दिएका हुन् ।