

-
भक्तपुर ।
नेपाल क्षयरोग निवारण संस्था भक्तपुरले ‘क्षयरोग खोजी गरी उपचारमा ल्याउने’ कार्यक्रमअन्तर्गत शारदा माध्यमिक विद्यालयमा क्षयरोगीको खोजी अभियान शुरु गरेको छ ।
संस्थाले विद्यार्थीबीच क्षयरोगसम्बन्धी अभिमुखीकरण कार्यक्रम गर्दै क्षयरोगीको खोजी शुरु गरेको हो । विद्यार्थीहरुमार्फत घरघरमा लुकेर बसेका क्षयरोगीको खोजी गर्ने र पत्ता लागेका क्षयरोगीलाई उपचारको दायरामा ल्याएर निको बनाउने उद्देश्यले विद्यालयमा अभिमुखीकरण अभियान थालेको संस्थाका सभापति राम सिख्वले जानकारी दिए ।
गत वर्षको तुलनामा यसवर्ष भक्तपुरमा क्षयरोगी बिरामीको संख्या घटेको जानकारी दिँदै सभापति सिख्वले भने, ‘अझैपनि लुकेर रहेका क्षयरोगका बिरामी पत्ता लगाउन बाँकी रहेकाले त्यस्ता क्षयरोगी पत्ता लगाई उपचारको दायरामा ल्याउने उद्देश्यले नै राष्ट्रिय क्षयरोग केन्द्र थिमिको सहयोगमा कार्यक्रम संचालन गरेका हौँ ।’
कार्यक्रममा क्षयरोगका लक्षण, यसले पार्ने असर र क्षयरोगको उपचार विधिबारे विद्यार्थीलाई प्रशिक्षक एवं संस्थाका निर्वतमान सभापति बाबुकाजी श्रेष्ठले अभिमुखीकरण गरेका थिए ।
शारदा माविका ४० विद्यार्थी सहभागी उक्त कार्यक्रममा क्षयरोग पत्ता लगाउने प्रश्नावली वितरण गरी तथ्यांक संकलन गर्ने कार्यसमेत भएको संस्थाका कार्यालय सचिव हिरण्यप्रताप सांगामीले जानकारी दिए ।
अभियानको रुपमा संचालन गर्दै आइरहेको कार्यक्रम हालसम्म चार वटा विद्यालयमा संचालन गरिसकेको र तीन वटामा निःशुल्क खकार शिविर गरिसकेको संस्थाका सचिव राजेश्वरी शिल्पकारले जानकारी दिए ।
News Desk 0 response मङ्लबार, जेष्ठ १५, २०७५

सम्बन्धित शीर्षकहरु
चौतर्फी आलोचनापछि सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत कर फिर्ता लियो
मङ्लबार, साउन ५, २०८३-
दशैँका लागि देशभर रुट परमिट खुला
आइतवार, अशोज २५, २०८३ -
पहिरोले नदी थुनिएर फुट्दा बूढीगण्डकीमा बाढी आएको..
आइतवार, अशोज २५, २०८३ -
बूढीगण्डकी बाढी आएपछि पाँचजना सम्पर्कविहीन
आइतवार, अशोज २५, २०८३ -
गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित
शनिबार, अशोज २४, २०८३ -
भारतीय मूलकी नवनीतम नवी पिल्लेलाई यस वर्षको..
शुक्रबार, अशोज २३, २०८३
-
दशैँका लागि देशभर रुट परमिट खुला
आइतवार, अशोज २५, २०८३ -
पहिरोले नदी थुनिएर फुट्दा बूढीगण्डकीमा बाढी आएको..
आइतवार, अशोज २५, २०८३ -
बूढीगण्डकी बाढी आएपछि पाँचजना सम्पर्कविहीन
आइतवार, अशोज २५, २०८३ -
गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित
शनिबार, अशोज २४, २०८३ -
भारतीय मूलकी नवनीतम नवी पिल्लेलाई यस वर्षको..
शुक्रबार, अशोज २३, २०८३
-
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३ -
अझै चुइँक्क बोलेनन्, चोलेन्द्र !
आइतवार, अशोज १८, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३


