
-
भक्तपुर ।
नेपाल क्षयरोग निवारण संस्था भक्तपुरले ‘क्षयरोग खोजी गरी उपचारमा ल्याउने’ कार्यक्रमअन्तर्गत शारदा माध्यमिक विद्यालयमा क्षयरोगीको खोजी अभियान शुरु गरेको छ ।
संस्थाले विद्यार्थीबीच क्षयरोगसम्बन्धी अभिमुखीकरण कार्यक्रम गर्दै क्षयरोगीको खोजी शुरु गरेको हो । विद्यार्थीहरुमार्फत घरघरमा लुकेर बसेका क्षयरोगीको खोजी गर्ने र पत्ता लागेका क्षयरोगीलाई उपचारको दायरामा ल्याएर निको बनाउने उद्देश्यले विद्यालयमा अभिमुखीकरण अभियान थालेको संस्थाका सभापति राम सिख्वले जानकारी दिए ।
गत वर्षको तुलनामा यसवर्ष भक्तपुरमा क्षयरोगी बिरामीको संख्या घटेको जानकारी दिँदै सभापति सिख्वले भने, ‘अझैपनि लुकेर रहेका क्षयरोगका बिरामी पत्ता लगाउन बाँकी रहेकाले त्यस्ता क्षयरोगी पत्ता लगाई उपचारको दायरामा ल्याउने उद्देश्यले नै राष्ट्रिय क्षयरोग केन्द्र थिमिको सहयोगमा कार्यक्रम संचालन गरेका हौँ ।’
कार्यक्रममा क्षयरोगका लक्षण, यसले पार्ने असर र क्षयरोगको उपचार विधिबारे विद्यार्थीलाई प्रशिक्षक एवं संस्थाका निर्वतमान सभापति बाबुकाजी श्रेष्ठले अभिमुखीकरण गरेका थिए ।
शारदा माविका ४० विद्यार्थी सहभागी उक्त कार्यक्रममा क्षयरोग पत्ता लगाउने प्रश्नावली वितरण गरी तथ्यांक संकलन गर्ने कार्यसमेत भएको संस्थाका कार्यालय सचिव हिरण्यप्रताप सांगामीले जानकारी दिए ।
अभियानको रुपमा संचालन गर्दै आइरहेको कार्यक्रम हालसम्म चार वटा विद्यालयमा संचालन गरिसकेको र तीन वटामा निःशुल्क खकार शिविर गरिसकेको संस्थाका सचिव राजेश्वरी शिल्पकारले जानकारी दिए ।
News Desk 0 response मङ्लबार, जेष्ठ १५, २०७५


सम्बन्धित शीर्षकहरु
-
बाजुराको बूढीगङ्गाबाहेक सबै पालिकाको नतिजा सार्वजनिक (नतिजा..
शुक्रबार, जेष्ठ १३, २०७९ -
ओलीको दंभले गर्दा महानगरमा एमाले शून्य
शुक्रबार, जेष्ठ १३, २०७९ -
तिलोत्तमा नगरपालिकाको मेयरमा कांग्रेसका रामकृष्ण खाँण निर्वाचित
शुक्रबार, जेष्ठ १३, २०७९ -
इरानमा व्यापारिक भवन भत्किँदा १९ जनाको ज्यान..
शुक्रबार, जेष्ठ १३, २०७९ -
काठमाण्डौ महानगरपालिकाको मेयरमा बालेन्द्र साह र उपमेयरमा..
शुक्रबार, जेष्ठ १३, २०७९
-
बाजुराको बूढीगङ्गाबाहेक सबै पालिकाको नतिजा सार्वजनिक (नतिजा..
शुक्रबार, जेष्ठ १३, २०७९ -
ओलीको दंभले गर्दा महानगरमा एमाले शून्य
शुक्रबार, जेष्ठ १३, २०७९ -
तिलोत्तमा नगरपालिकाको मेयरमा कांग्रेसका रामकृष्ण खाँण निर्वाचित
शुक्रबार, जेष्ठ १३, २०७९ -
काठमाण्डौ महानगरपालिकाको मेयरमा बालेन्द्र साह र उपमेयरमा..
शुक्रबार, जेष्ठ १३, २०७९ -
बाजुराको बूढीगङ्गामा फेरि मतदान हुने
बिहिबार, जेष्ठ १२, २०७९
-
गोकर्णेश्वरको नगर प्रमुख कांग्रेस र उपप्रमुखमा एमालेको..
बुधबार, जेष्ठ ४, २०७९ -
माध्यामिक तहको शिक्षकको खुला प्रतिस्पर्धामा ८८ प्रतिशत..
सोमवार, जेष्ठ ९, २०७९ -
दुई दिन बिदा हुँदा पढाईमा समय नपुग्ने
आइतवार, जेष्ठ ८, २०७९ -
प्रतिनिधिसभा नियम निलम्बन प्रस्ताव स्वीकृत
मङ्लबार, जेष्ठ ३, २०७९ -
अध्यक्षमा निर्वाचित उपाध्यायको शपथ रोक्न निर्देशन
शुक्रबार, जेष्ठ ६, २०७९