•  

    काठमाडौं ।

    पूर्वप्रधानमन्त्रीहरुले सरकारको नीति तथा कार्यक्रम विकासमुखी र परिणाममुखी हुनपर्नेमा जोड दिएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका बिषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्रीहरुसँग परामर्श गर्ने क्रममा यस्तो सुझाव आएको हो ।
    विकासको गति निकै सुस्त रहेको भन्दै पूर्वप्रधानमन्त्रीहरुले तीव्र आर्थिक विकास हुनेगरी नीति तथा कार्यक्रम ल्याउन सरकारलाई सुझाव दिए ।

    बालुवाटारमा प्रधानमन्त्री ओलीले पूर्वप्रधानमन्त्रीहरुसँग सरकारको नीति तथा कार्यक्रमका साथै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमणकाबारेमा छलफल गरेका थिए ।

    त्यसैगरी, भारतीय प्रधानमन्त्री मोदीको भ्रमणलाई राष्ट्रिय हितमा प्रयोग गर्न पूर्वप्रधानमन्त्रीहरुले सुझाव दिएका छन् ।

    छलफलमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, डक्टर बाबुराम भट्टराई, लोकेन्द्रबहादुर चन्द, मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मी सहभागी थिए ।