

लोपोन्मुख नागरिकले कानुनमन्त्रीलाई भने- ‘संविधान संशोधन गरिदिनुस्’
‘वा’ ‘अथवा’ जस्ता शब्द राखेर द्धन्द्ध सिर्जना गर्न खोजको भन्दै त्यसको संशोधनमा उनीहरुले जोड दिए
-
काठमाडौं ।
संबिधान संशोधन गरेर सिमान्तकृत वर्गको उत्थानको माग गर्दै लोपोन्मुख वर्गका मानिसहरु सिंहदवारमा घरदैलो गर्न आईपुगेका छन् । बिभिन्न निकायमा पुगेर अधिकार खाज्ने क्रममा उनीहरुले संबिधान संशोधनका लागि कानून न्याय तथा संसदीय मामिला मन्त्री शेरवहादुर तामाङ्गलाई भेटेर आफ्नो हकको कानून निर्माणका लागि अनुरोध गरेका हुन् । नेपालको संबिधान २०७२ को धारा ८४ को उपधारा २ र धारा ८६ को उपधारा २ को क मा लोपोन्मुख,सीमान्तकृत,अल्पसंख्यक समुदायकतृ प्रतिनिधित्वको हक स्पष्ट नभएकोले ‘वा’ ‘अथवा’ जस्ता शब्द राखेर द्धन्द्ध सिर्जना गर्न खोजको भन्दै त्यसको संशोधनमा उनीहरुले जोड दिएका छन् । लोपोन्मुख सिमान्तकृत समाज उत्थान नेपालको ब्यानरमा कानून मन्त्रालय छिरेका उनीहरुले मन्त्रीलाई ज्ञापनपत्र पनि बुझाएका थिए । तीन दिनदेखि सिंहदरवारका मन्त्रालयमा चहार्दै आएका उनीहरुले प्रधानमन्त्रीलाई पनि भेटेर आफ्नो समस्या सुनाउने योजना वनाएका छन् । तर त्यसको माध्ययम नभेटेको अध्यक्ष लालवहादुर राजीले वताए । छ बुँदे बिभिन्न बिषय समेटेको ज्ञापनपत्रमा चिकित्स,ईन्जिनियर, पाईलटजस्ता प्राविधिक बिषयको अध्ययनका लागि यो समुदायको मानिसलाई आवाससहितको निशुल्क ब्यवस्थापन हुनु पर्ने उनीहरुको माग छ । संघीय सरकारले भनै भिन्नै वजेट शीर्षककमा यो समुदायको विकासका लागि सहयोग गर्नुपर्ने ज्ञापनपत्रमा माग राखिएको छ । कार्याली प्रदेश र पाँच नम्वर प्रदेशका सिमान्तकृत बर्गका प्रतिनिधिहरु सहभागी भएको यो टोलीले अवसर वाट बञ्चित भएका कारण समाधानको पहल गर्नुपर्ने दवावमुलक काम गरेको हो । उनीहरुको ज्ञापनपत्र बुझेपछि मन्त्री तामाङ्गले अहिले संबिधान संशोधनको वेला नभएको तर, संशोधनका वेलामा यो बिषयलाई पहिलो प्राथमिकतामा राखिने वचन दिए । संबिधान सवै जात,धर्म वर्णको समान अधिकारको दस्तावेज भएका कारण पनि सिमान्तकृत बर्गले अपनत्व गर्ने अवस्था सिर्जना गर्ने मन्त्रीले वताए । यस बिषयको बिस्तृत अध्ययनपछि थप काम अघि बढ्न सक्ने मन्त्री तामाङ्गको भनाई थियो ।
News Desk 0 response आइतवार, बैशाख २३, २०७५


सम्बन्धित शीर्षकहरु
-
सरकार र आन्दोलनरत शिक्षकहरूबीच वार्ता शुरु
बिहिबार, अशोज ४, २०८० -
यू–१९ साफ च्याम्पियनसिपमा नेपाल पाकिस्तानसँग पराजित
बिहिबार, अशोज ४, २०८० -
एसईईको ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक, ६७ प्रतिशतको..
बिहिबार, अशोज ४, २०८० -
विद्यार्थीको पढ्न पाउने अधिकार कुण्ठित नहोस् :..
बिहिबार, अशोज ४, २०८० -
शिक्षकहरूको आन्दोलनप्रति मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण
बिहिबार, अशोज ४, २०८०
-
सरकार र आन्दोलनरत शिक्षकहरूबीच वार्ता शुरु
बिहिबार, अशोज ४, २०८० -
एसईईको ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक, ६७ प्रतिशतको..
बिहिबार, अशोज ४, २०८० -
विद्यार्थीको पढ्न पाउने अधिकार कुण्ठित नहोस् :..
बिहिबार, अशोज ४, २०८० -
शिक्षकहरूको आन्दोलनप्रति मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण
बिहिबार, अशोज ४, २०८० -
प्राधिकरणले भारतलाई २ महिनामा ५ अर्ब ४३..
बिहिबार, अशोज ४, २०८०
-
सत्तामा बसेर साडे डुक्राइ गर्नेलाई पूर्वसचिवको १०..
बुधबार, भदौ २७, २०८० -
यी हुन् अर्थमन्त्रालयका सरुवामा परेका ५५ अधिकृत,अधिकांश..
बुधबार, भदौ २७, २०८० -
उपत्यकाकै सरकारी स्वास्थ्य संस्थामा जनशक्तिको अभाव
बिहिबार, भदौ २८, २०८० -
राजकीय सम्मानका साथ दुई छोराले दिए नेम्वाङलाई..
बिहिबार, भदौ २८, २०८० -
तीनकुने सामूहिक हत्या प्रकरण : दीपेन्द्र राई..
आइतवार, भदौ ३१, २०८०