

‘कमिन्युष्ट सरकारको कानून, श्रीयन्त्र पुज्नेले जानून’
न्याय जगेर्ना र न्यायपालिकामा विघ्नबाधा नपरोस् भनेर सोमवार दिनभर श्रीयन्त्र पुनःस्थापना गर्न लगाएर पूजा अर्चना
-
काठमाडौं ।
कामु प्रधानन्यायाधीश दीपक जोशीले न्याय जगेर्ना र न्यायपालिकामा विघ्नबाधा नपरोस् भनेर सोमवार दिनभर श्रीयन्त्र पुनःस्थापना गर्न लगाएर पूजा अर्चना गराए । शंख, घण्ट, डमरु बजाउँदै बिहान सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश जोशी र मुख्य रजिस्ट्रार राजन भट्टराईसहित ५ जना वटुक मुख्य रजिस्ट्रारको कक्षभित्रबाट श्रीयन्त्र पुजा गरेर वसेका थिए ।
८ जना वटुकले पशुपतिबाट ल्याएको चन्दनको टीका लगाइदिँदै सबैतिर जल छर्किए र स्वस्ती वाचन गरेपछि तामझामसहित सोझै उत्तरपट्टी रहेको पुरानो भवनको भुइँतलाको कोठामा गए । फूल, दुनाटपरी, रंगीबिरंगी लिंगा, अग्राखका समिधा, ध्वजापताका, तोरण, चँदुवा, वरपिपलका पातले भरिएका कलशले सजाएर कोठालाई पूजास्थल बनाइएको थियो ।
मण्डपनजिकै बसेर कामु प्रधानन्यायाधीश जोशी र मुख्य रजिस्ट्रार भट्टराईले हात जोडेर चरु होम्दै दिनभर होम र पूजाआराधनामा व्यस्त रहे । धुप, बत्ती बालेर श्रीयन्त्रमा ध्वजा बाँधे । भट्टराई कछाडै बाँधेर गेरु वस्त्रमा दिनभरजसो पूजामा बसे । यता, जोशी भने दौरासुरुवालमा पत्नीसहित मण्डपमा उपस्थित थिए ।
यज्ञमा सर्वोच्चका न्यायाधीश ओमप्रकाश मिश्र, चोलेन्द्रसमशेर राणा, दीपककुमार कार्की, हरिकृष्ण कार्की, ईश्वर खतिवडा, उच्च र जिल्ला अदालतका न्यायाधीशहरू एवं कर्मचारीसमेत थिए ।
बुद्धजयन्तीको बिदाका दिन करिब ८ घण्टा न्याय र शान्तिको कामना गर्दै यज्ञ, होम र श्रीयन्त्रको पूजाआराधना गरिएको अन्नपूर्णको समाचारमा उल्लेख छ ।
News Desk 0 response मङ्लबार, बैशाख १८, २०७५
सत्य, न्याय र शान्तिको प्रतीकका रूपमा न्याय क्षेत्रमा यसको महिमा छ । होम र पूजा सकेर सर्वोच्च परिसरभित्रै श्रीयन्त्रको रथजात्रा गरियो । त्यसपछि ज्योतिषीले जुराएको साढे ४ बजेको साइतमा सर्वोच्चको भवनमा अगाडिको आँखीझ्यालको टुप्पोमा श्रीयन्त्र पुनःस्थापित गरिएको छ ।

सम्बन्धित शीर्षकहरु
-
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३
-
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



