

-
तेह्रथुम ।
खुला दिसामुक्त जिल्लाका शिक्षक नै शौच गर्न जंगलतिर जान्छन् भन्दा तपाईलाई अचम्म लाग्न सक्छ । तर तपाई अचम्मित नहुनुहोस्, यो घटना यथार्थ हो ।
शौच गर्न जंगलतिर जानु शिक्षकको रहर होइन्, यो उनीहरुको बाध्यता हो । खुला दिसामुक्त घोषित जिल्ला तेह्रथुमका दर्जन बढी सुख्खाग्रस्त गाउँका विद्यालयमा अध्यापनरत शिक्षक शौच गर्न जंगल छिर्छन् ।
शौच गरिसकेपछि सरसफाइ गर्ने पानी नहुँदा जिल्लाका गाउँगाउँमा रहेका विद्यालयका शिक्षक नै शौच गर्न जंगलतिर जानुपर्ने बाध्यता रहेको बताउँछन् । तेह्रथुमका फेदाप, छथर र आठराई गाउँपालिका तथा म्याङलुङ नगरपालिकाका समेत धेरैवटा विद्यालयमा शौचालय त छन्, तर शौचालयको सरसफाइमा प्रयोग हुने पानी नहुँदा प्रयोगमा आउन सकेका छैनन् ।
त्यस्ता विद्यालयका शिक्षक र विद्यार्थी खुलारुपमा नै शौच गर्न बाध्य छन् । गाउँभन्दा टाढा रहेको आफ्नो विद्यालयमा शौचालय सञ्चालनका लागि पानी नहुँदा यस्तै समस्या बेहोरिरहेको फेदाप गाउँपालिका–१ स्थित बालमकर माविका प्रधानाध्यापक कृष्णबहादुर थापाले बताए ।
यो विद्यालय नजिकै गाउँसमेत छैन । पिउने पानीसमेत शिक्षकले घरैबाट बोकेर लैजान्छन् । पानी अभावले विद्यालयमा गम्भीर समस्या निम्तिएको सो विद्यालयका एक शिक्षकले बताए ।विद्यालयमा निम्तिएको यस्तो समस्याप्रति सम्बन्धित निकायको ध्यानाकर्षण नभएको शिक्षकले गुनासो गरेका छन् । सुख्खा क्षेत्रका धेरै वटा विद्यालयमा यस्तो समस्या छ ।
तेह्रथुम जिल्लालाई गत वर्ष नै खुला दिसामुक्त जिल्ला घोषणा गरिसकिएको छ । जिल्लाका ९५ प्रतिशत बढी घरधुरीमा चर्पीसमेत बनिसकेको छ । तर अझै पनि सुख्खाग्रस्त गाउँका बासिन्दाले पानी अभावकै कारण चर्पी प्रयोग गर्न नपाएको दुखेसो पोख्छन् ।
News Desk 0 response आइतवार, बैशाख १६, २०७५
-रासस

सम्बन्धित शीर्षकहरु
-
विनोदबहादुर कुँवर र उत्तरकुमार खत्री सचिवमा बढुवा
बिहिबार, भदौ २५, २०८३ -
पूर्वप्रधानन्यायाधीश जबराविरुद्दको रिट खारेज, पेन्सनपट्टा पाउने
बुधबार, भदौ २४, २०८३ -
कर्णाली र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा सात..
बुधबार, भदौ २४, २०८३ -
रसुवा र सिन्धुपाल्चोक नाका बन्दपछि कोरोला नाकामा..
मङ्लबार, भदौ २३, २०८३ -
बदलिएको सहिदको परिभाषा
मङ्लबार, भदौ २३, २०८३
-
विनोदबहादुर कुँवर र उत्तरकुमार खत्री सचिवमा बढुवा
बिहिबार, भदौ २५, २०८३ -
पूर्वप्रधानन्यायाधीश जबराविरुद्दको रिट खारेज, पेन्सनपट्टा पाउने
बुधबार, भदौ २४, २०८३ -
कर्णाली र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा सात..
बुधबार, भदौ २४, २०८३ -
रसुवा र सिन्धुपाल्चोक नाका बन्दपछि कोरोला नाकामा..
मङ्लबार, भदौ २३, २०८३ -
रसुवाको बाढीः जलवायु कुटनीतिको नयाँ अध्याय
मङ्लबार, भदौ २३, २०८३
-
बदलिएको सहिदको परिभाषा
मङ्लबार, भदौ २३, २०८३ -
रसुवाको बाढीः जलवायु कुटनीतिको नयाँ अध्याय
मङ्लबार, भदौ २३, २०८३ -
रसुवाको सीडीओ फेरिए
आइतवार, भदौ २१, २०८३ -
विपद् प्रभावितको साथमा उभिन राष्ट्रपतिको आग्रह
सोमवार, भदौ २२, २०८३ -
बाढीपछि रसुवागढी र तातोपानी ठप्प, चीनसँगको व्यापार..
आइतवार, भदौ २१, २०८३



