

एक चक्की सिटामोलको मूल्य सात रुपैयाँ
बिरामीले स्वास्थ्य चौकीबाट वर्षको एक दुई महिनाबाहेक अरू समयमा कहिल्यै औषधि पाउँदैनन्
-
बझाङ । औषधि अभावमा दुर्गमका बिरामी समस्यामा परेका छन्। स्वास्थ्य चौकीले सिटामोलसमेत उपलब्ध गराउन नस्कँदा दहबगड, काँडा, भामचौर, गडराय, धमेनालगायतका दजनौँ स्वास्थ्य चौकीमा उपचार लिन आउने बिरामी समस्यामा परेका हुन्।
“ज्वरो आउन थालेको तीन दिन भयो, सुरुमा सामान्य रुघाखोकी होला भनेर उपचार गरिएन, पछि ज्वरो बढ्दै गए, स्वास्थ्य चौकीमा उपचारका लागि पुगे, चौकीका डाक्टर अहेबले एक चक्की सिटामोल छैन, किनेर लिनु भनेर लेखी दिएपछि एक चक्की सिटामोलको रु सातका दरले किनेर औषधि खाएँ,” दहबगरका उकेश बोहराले भने।
उनले भने, “बिरामीले स्वास्थ्य चौकीबाट वर्षको एक दुई महिनाबाहेक अरू समयमा कहिल्यै औषधि पाउँदैनन्, अरू समयमा सधैँ किनेर लिनुपर्छ।”
“सरकारले ४० प्रकारका औषधि निःशुल्क दिने भनेको छ तर हामीले निःशुल्करुपमा पाइने सिटामोललाई पनि रु सातमा किन्नुपरेको छ, जनताको मर्का कसले बुझ्ने, नकिनु भने मरियाला भने डर किनेर खाऊ भने नसोचेको मूल्य तिनुपर्ने हुन्छ,” उकेशले भने, “सदरमुकाम पुग्न यहाँका बिरामीलाई हिँडेर पूरै दुई दिन लाग्छ।”
स्वास्थ्य चौकीमा आफू बिरामी परेमा चेकजाँच गराउने मात्र हो। उपचारका लागि सबै औषधि महँगो मूल्यमा स्वास्थ्य चौकी इञ्चार्ज र सहायकको निजी मेडिकलबाट नगदमा भए लेखेको मूल्यभन्दा पाँच गुणा महँगो र उधारो भए दैनिकी ब्याजमा गाउँलेले लिने गरेको दुर्गाथली गाउँपालिका–१ करन विकले बताए।
उनले भने “दुई दिनअघि सैनपसेला स्वास्थ्य चौकीमा भाउजुको उपचार गराउन गए, पखाला लागेकाले अन्य औषधिसँगै जीवनजल लिए, एक पाकेटको रु ४० लियो, जाने बुझेकालाई गोप्यरुपमा चौकी इञ्चार्जले औषधि दिन्छन्।”
“सर्वसाधारणले ब्याजमा औषधि लिनुपरेको छ, गाउँमा स्थानीय चुनावपछि जनताले सुविधा पाउनुको साट्टो झन दुःख पाएका छन्, चौकी इञ्चार्जबाट राजनीति आस्थाका आधारमा समेत भेदभाव हुने गरेको छ। सरकारले सिंहदरबारको अधिकार गाउँमा भनेको थियो, यही हो की,” करन विकको प्रश्न गरे।
जिल्लाबाट औषधि आउन छोड्यो। नगरपालिकाले औषधिको खरिदका लागि बजेट पठाएको भन्ने जानकारी आएको भए पनि वडा कार्यालयले औषधि खरिद गरेको छैन। स्वास्थ्य चौकीमा औषधि मौज्दात नभएकाले बिरामीलाई औषधि दिन नसकेको दहबगड स्वास्थ्य चौकीका अहेब वीरबहादुर धामीले बताए।
उनले भने, “मौसम परिवर्तन भएसँगै अहिले झाडापखाला, ज्वरो, विषमज्वरोका बिरामी बढी आउने गरेका छन्, गाउँ दुर्गम छ ठाउँ दुर्गम छ राज्यको आँखा पुगेको छैन, अहिले स्वास्थ्य चौकी औषधिविहीन भएको छ, बिरामीले औषधि खोज्ने गर्छन्, हामीले दिन सकेका छैन, कतिले त गाली गर्ने झगडा गरेर जाने गरेका छन्।”
राज्यले जिल्ला अस्पताललाई ७० प्रकारका औषधि र स्वास्थ्य चौकीलाई ४० प्रकारको औषधि दिने गरेको छ। आव ०७४र०७५ पहिलो चौमासिकमा औषधि खरिद गरेर ल्याई वितरण गरेको हो। अहिले गाउँपालिका र नगरपालिकाले आफैँले औषधि खरिद गर्ने राज्यले नियम बनाएपछि जिल्लास्थित एक जिल्ला अस्पताल, दुई प्राथमिक स्वास्थ्य केन्द्र, ४५ स्वास्थ्य चौकी सबै औषधिविहीन भएको जिल्ला अस्पतालका प्रमुख डा अनुप रेग्मीले बताए।
उनले भने “औषधिको मूल्य लेखेको हुन्छ, त्योभन्दा बढीमा बिक्री गर्न पाइँदैन, औषधि अभाव जिल्ला अस्पतालमा समेत छ।”
रासस-
News Desk 0 response आइतवार, बैशाख १६, २०७५
ललित सिंह

सम्बन्धित शीर्षकहरु
चौतर्फी आलोचनापछि सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत कर फिर्ता लियो
मङ्लबार, साउन ५, २०८३-
रसुवाको सीडीओ फेरिए
आइतवार, भदौ २१, २०८३ -
बाढीपछि रसुवागढी र तातोपानी ठप्प, चीनसँगको व्यापार..
आइतवार, भदौ २१, २०८३ -
१४ सहसचिव र ९ उपसचिवको सरुवा, विभिन्न..
शुक्रबार, भदौ १९, २०८३ -
राष्ट्रपति कार्यालयको १६ करोडभन्दा बढी रकम लेखापरीक्षण..
बिहिबार, भदौ १८, २०८३ -
बाढीपछि नुवाकोट, धादिङ र रसुवा जोड्ने चार..
बिहिबार, भदौ १८, २०८३
-
रसुवाको सीडीओ फेरिए
आइतवार, भदौ २१, २०८३ -
बाढीपछि रसुवागढी र तातोपानी ठप्प, चीनसँगको व्यापार..
आइतवार, भदौ २१, २०८३ -
राष्ट्रपति कार्यालयको १६ करोडभन्दा बढी रकम लेखापरीक्षण..
बिहिबार, भदौ १८, २०८३ -
बाढीपछि नुवाकोट, धादिङ र रसुवा जोड्ने चार..
बिहिबार, भदौ १८, २०८३ -
रसुवा बाढीमा ज्यान गुमाएकाको सम्झनामा भदौ २२..
बिहिबार, भदौ १८, २०८३
-
रसुवा बाढीमा फसेका १ सय १४ नेपाली..
बिहिबार, भदौ १८, २०८३ -
राष्ट्रपति कार्यालयको १६ करोडभन्दा बढी रकम लेखापरीक्षण..
बिहिबार, भदौ १८, २०८३ -
भोटेकोशी बाढीका विषयमा चिनियाँ अनुसन्धानकर्ताको नयाँ अध्ययन..
बुधबार, भदौ १७, २०८३ -
बाढीमा बेपत्ताको कुशको प्रतिमा बनाएर दाहसंस्कार
बुधबार, भदौ १७, २०८३ -
रसुवा र तातोपानी नाका प्रभावित भएपछि कोरोला..
बिहिबार, भदौ १८, २०८३



