

-
काठमाडौं ।
सर्वोच्च अदालतको संवैधानिक इजलासमा अहिलेसम्म ५० वटा मुद्दा मात्र फर्स्योट भएको छ। सर्वोच्च अदालतका प्रवक्ता नारायणप्रसाद पन्थीले संविधानमा भएका व्यवस्थासम्बन्धी विवादमा अहिलेसम्म २६५ मुद्दामा इजलासमा ५० वटा मात्र मुद्दा फर्स्योट भएको बताए। ती मुद्दा विसं २०६६ देखिका हुन्। उनले हप्तामा दुई दिनमात्र संवैधानिक इजलासमा परेका मुद्दा भएकाले धेरै फर्स्योट गर्न नसकिएको जानकारी दिए। संवैधानिक इजलास बुधबार र शुक्रबार मात्र न्यायाधीशले हेर्ने गरिएको छ। अहिले सर्वोच्चमा कामु प्रधानन्यायाधीश दीपकराज जोशी,ओमप्रकाश मिश्र, चोलेन्द्रशमशेर राणा, दीपककुमार कार्की र केदारप्रसाद चालिसेले हेर्न गरेका छन्। २०७२ सालको संविधानको धारा १३७ ले संवैधानिक इजलासको प्रावधान राखेको छ। संवैधानिक इजालसमा संविधानसँग बाँधिएका रिट निवेदन,संघ र प्रदेश,प्रदेश र प्रदेश,प्रदेश र स्थानीय तहबीचको संविधानका अधिकारबारे उठेको विवाद तथा संसद्का सदस्यको योग्यताबारे उठेका विवादसम्बन्धी मुद्दा हेर्ने गरिन्छ। विसं २०७२ को संविधान गठन हुनुभन्दा पहिले सर्वोच्चमा विशेष इजसालले संविधानसम्बन्धी उठेका विषय हेर्ने गर्दथ्यो। रासस
News Desk 0 response बिहिबार, बैशाख १३, २०७५

सम्बन्धित शीर्षकहरु
गाजामा भारी वर्षापछि विस्थापित परिवार प्रभावित, संयुक्त राष्ट्रको उद्धार प्रयास जारी
शनिबार, कार्तिक ३०, २०८२-
भारतसँगको पारवहन सन्धि प्रोटोकल संशोधन
शनिबार, कार्तिक ३०, २०८२ -
गाजामा भारी वर्षापछि विस्थापित परिवार प्रभावित, संयुक्त..
शनिबार, कार्तिक ३०, २०८२ -
नारायणघाट–बुटवल सडक विस्तार राति मात्र
शनिबार, कार्तिक ३०, २०८२ -
मतदाता नामावली संकलनको म्याद पाँच दिन थपियो
शुक्रबार, कार्तिक २९, २०८२ -
धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
शुक्रबार, कार्तिक २९, २०८२
-
भारतसँगको पारवहन सन्धि प्रोटोकल संशोधन
शनिबार, कार्तिक ३०, २०८२ -
गाजामा भारी वर्षापछि विस्थापित परिवार प्रभावित, संयुक्त..
शनिबार, कार्तिक ३०, २०८२ -
नारायणघाट–बुटवल सडक विस्तार राति मात्र
शनिबार, कार्तिक ३०, २०८२ -
मतदाता नामावली संकलनको म्याद पाँच दिन थपियो
शुक्रबार, कार्तिक २९, २०८२ -
धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
शुक्रबार, कार्तिक २९, २०८२
-
भोजपुरमा बन्छन् पाँच सयदेखि ५२ हजारसम्मका ‘भोजपुरे..
शुक्रबार, कार्तिक २२, २०८२ -
मुस्ताङ–डोल्पा सडक १० दिनदेखि अवरुद्ध
शुक्रबार, कार्तिक २२, २०८२ -
नेपाल प्रहरीका एसएसपी रानाभाटको राजीनामा स्वीकृत
बिहिबार, कार्तिक २१, २०८२ -
कैलालीमा जिपको ठक्करबाट एक जनाको मृत्यु, ३..
आइतवार, कार्तिक २४, २०८२ -
आन्दोलनमा घर जलाइएका एक उच्च अधिकारी,सरकारी सम्पत्ति..
मङ्लबार, कार्तिक २६, २०८२



