

-
काठमाडौं ।
मंगलबारको बैठकमा केन्द्रीय सदस्य गगन थापाले छ भाइको तर्फवाट ५० पन्ने दस्तावेज पेश गरेका छन् । नियमित प्रक्रियाबाट छिटोमा दुई वर्षमा मात्र महाधिवेशन हुन सक्ने र यसले पार्टीलाई थप क्षति हुने भन्दै दस्तावेजमा भनिएको छ, ‘महासमिति बैठकबाटै संशोधित विधान परित गरी शीघ्र महाधिवेशनमा जानुपर्छ ।’गगनसहित धनराज गुरुग,गुरु घिमिरे,प्रदीप पौडेल,चन्द्र भण्डारी र बद्री पाण्डे रहेका छन् ।
पार्टीको नेतृत्व एजेण्डाका आधारमा चयन हुने भएपनि उमेर केही होइन भन्न नसकिने भन्दै ‘छ भाइ’ले सबै किसिमका अतिवादसँगको असंख्य संघर्षले थाकेको नेतृत्वलाई सत्ताको शितल छहारीले शिथिल र यथास्थितिवादी बनाएको बताएका छन् । पुराना मान्छेको स्वभाविक बहिर्गमन र नयाँको आगमन नहुँदा एजेण्डा, विचार र क्षमताको दृष्टिले पार्टी जमेको पोखरी जस्तो भएको भन्दै दस्तावेजमा भनिएको छ ।
अहिलेकै नेतृत्वलाई निरन्तरता दिनु जनादेश र मतादेशलाई नबुझ्नु भएको उनीहरुको निष्कर्ष छ ।
उनीहरुले पार्टी सभापति शेरबहादुर देउवालाई महासमिति र शीघ्र महाधिवेशन गराएर सहजतापूर्वक नेतृत्व हस्तान्तरण गर्नेतिर लाग्न पनि आग्रह गरेका छन् ।
News Desk 0 response मङ्लबार, बैशाख ११, २०७५


सम्बन्धित शीर्षकहरु
-
रवि लामिछानेमाथि राहदानी दुरुपयोगको मुद्दा नचल्ने
सोमवार, चैत्र ६, २०७९ -
पत्रकारबारे दिएको अभिव्यक्ति सभामुखद्वारा फिर्ता
सोमवार, चैत्र ६, २०७९ -
अब ४ दिनभित्रै सरकारलाई पूर्णता दिन्छु :..
सोमवार, चैत्र ६, २०७९ -
चिनियाँ राष्ट्रपति सी जिनपिङ रुस भ्रमणमा
सोमवार, चैत्र ६, २०७९ -
फागुनमा मात्रै झण्डै ६२ हजारले लिए श्रम..
सोमवार, चैत्र ६, २०७९
-
रवि लामिछानेमाथि राहदानी दुरुपयोगको मुद्दा नचल्ने
सोमवार, चैत्र ६, २०७९ -
पत्रकारबारे दिएको अभिव्यक्ति सभामुखद्वारा फिर्ता
सोमवार, चैत्र ६, २०७९ -
अब ४ दिनभित्रै सरकारलाई पूर्णता दिन्छु :..
सोमवार, चैत्र ६, २०७९ -
चिनियाँ राष्ट्रपति सी जिनपिङ रुस भ्रमणमा
सोमवार, चैत्र ६, २०७९ -
फागुनमा मात्रै झण्डै ६२ हजारले लिए श्रम..
सोमवार, चैत्र ६, २०७९
-
स्थानीय सरकारकै कर्मचारी प्रमुख प्रशासकीय अधिकृत हुनुपर्ने..
मङ्लबार, फाल्गुन ३०, २०७९ -
टर्कीमा भूकम्पले क्षति पुगेका १० वटा अस्पताल..
शनिबार, फाल्गुन २७, २०७९ -
राष्ट्रपति भण्डारीको कार्यकाल आजबाट सकियो, निजी निवासमा..
आइतवार, फाल्गुन २८, २०७९ -
फेरि पनि शक्तिशाली कम्युनिस्ट केन्द्र बन्छौं :..
आइतवार, फाल्गुन २८, २०७९ -
पीएनजीविरुद्ध नेपालको सहज जित
सोमवार, फाल्गुन २९, २०७९