• काठमाडौं ।
    सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले व्यवसाय सरल, सहज र विकसित बनाउने गरी सूचना प्रविधि ऐन ल्याउन लागिएको बताएका छन् । राज्यमन्त्री बास्कोटाले सूचना प्रविधि प्रस्तावित ऐनले थप बलियो बनाउन मद्दत गर्ने दावी गरे । सरोकारवालाहरुसँग छलफल गर्दै राज्यमन्त्री बास्कोटाले ऐन दैनिक जीवनमा नभई नहुने जस्तै भएको छ, यसमा सबैको पहुँच बढाउन सरकारले उच्च प्राथमिकता दिएको छ, यसैले ऐन ल्याउन प्रतिवद्धता व्यक्त गरे ।