

कानून र शिक्षा मन्त्री वाहेकले सम्पत्ति बिवरण सार्वजनिक गरेनन्
कानूनमन्त्री शेरवहादुर तामाङले मन्त्री भएको दुईदिनमै सम्पत्ति बिवरण सार्वजनिक गरेका थिए
-
काठमाडौं ।
वर्तमान मन्त्री परिषद गठन भएको ६० दिन पुगिसकेको छ। त्यसपछि पनि पटकपटक विस्तार भएर २२ सदस्यीय पुगेको मन्त्रिपरिषद्का दुईबाहेक बाँकी सदस्यहरुको सम्पत्ति अझै आम जानकारीमा आउन सकेको छैन।वर्तमान मन्त्रिपरिषद्का केवल दुई जना सदस्यले पत्रकार सम्मेलन नै गरेर आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरिसकेका छन्। गत चैत ५ गते कानुन, न्याय, तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले मन्त्री बनेको चौथो दिनमा मन्त्रालयमै पत्रकार सम्मेलन गरेर आफ्नो सम्पत्ति सार्वजनिक गरेका थिए। उनी चैत २ गतेको मन्त्रिपरिषद् विस्तारमा थपिएका हुन्।
तामाङसँगै थप भएका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले पनि २६ औं दिनमा आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरे।
भ्रष्टाचार निवारण ऐन, २०५९ मा सार्वजनिक पदमा बहाल गरेको ६० दिनभित्र सम्पत्ति विवरण पेस गर्नुपर्ने व्यवस्था छ। पेस मात्रै गरे पुग्ने, सार्वजनिक गर्नै पर्ने कानुनी बाध्यता नभएका कारण मन्त्रीहरुको सम्पत्ति विवरण आम जानकारीमा आउन नसकेको हो।
ऐनको दफा ५० मा ६० दिनभित्र आफ्नो वा आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको स्रोत तोकेको निकाय वा अधिकारी समक्ष पेस गर्नुपर्नेछ।
प्रधानमन्त्री केपी ओलीले फागुन ३ मा सपथ लिएसँगै उनले थप दुई जनालाई मन्त्रिपरिषद् सदस्य बनाएका थिए। सोही दिन एमालेका दुई नेताहरु लालबाबु पण्डितले जनसंख्या तथा वातावरण र थममाया थापा मगरले महिला, बालबालिका तथा समाज कल्याण मन्त्रीका रुपमा सपथ लिए।
News Desk 0 response मङ्लबार, बैशाख ४, २०७५

सम्बन्धित शीर्षकहरु
यातायात कार्यालय पर्साका तत्कालीन अधिकृत गौतम भ्रष्टाचारी ठहर, एक वर्ष जेल सजाय
शुक्रबार, असार ५, २०८३-
यातायात कार्यालय पर्साका तत्कालीन अधिकृत गौतम भ्रष्टाचारी..
शुक्रबार, असार ५, २०८३ -
रुसमाथि युक्रेनको अहिलेसम्मकै ठूलो आक्रमण
बिहिबार, असार ४, २०८३ -
चिया किसान तथा श्रमिकको समस्या तत्काल समाधान..
बिहिबार, असार ४, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३
-
यातायात कार्यालय पर्साका तत्कालीन अधिकृत गौतम भ्रष्टाचारी..
शुक्रबार, असार ५, २०८३ -
चिया किसान तथा श्रमिकको समस्या तत्काल समाधान..
बिहिबार, असार ४, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३ -
यो बर्ष प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै पानी..
बिहिबार, असार ४, २०८३
-
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्तामा भारतीय सुरक्षाकर्मी पसेको होइन..
शुक्रबार, जेष्ठ २९, २०८३ -
सी–किमको रणनीतिक सन्देश : चीन–उत्तर कोरिया सम्बन्ध..
बुधबार, जेष्ठ २७, २०८३ -
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
दक्षिण अफ्रिकाको जोहानेसबर्गमा गोलीबारी, कम्तीमा १२ जनाको..
बुधबार, जेष्ठ २७, २०८३



