

कानून र शिक्षा मन्त्री वाहेकले सम्पत्ति बिवरण सार्वजनिक गरेनन्
कानूनमन्त्री शेरवहादुर तामाङले मन्त्री भएको दुईदिनमै सम्पत्ति बिवरण सार्वजनिक गरेका थिए
-
काठमाडौं ।
वर्तमान मन्त्री परिषद गठन भएको ६० दिन पुगिसकेको छ। त्यसपछि पनि पटकपटक विस्तार भएर २२ सदस्यीय पुगेको मन्त्रिपरिषद्का दुईबाहेक बाँकी सदस्यहरुको सम्पत्ति अझै आम जानकारीमा आउन सकेको छैन।वर्तमान मन्त्रिपरिषद्का केवल दुई जना सदस्यले पत्रकार सम्मेलन नै गरेर आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरिसकेका छन्। गत चैत ५ गते कानुन, न्याय, तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले मन्त्री बनेको चौथो दिनमा मन्त्रालयमै पत्रकार सम्मेलन गरेर आफ्नो सम्पत्ति सार्वजनिक गरेका थिए। उनी चैत २ गतेको मन्त्रिपरिषद् विस्तारमा थपिएका हुन्।
तामाङसँगै थप भएका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले पनि २६ औं दिनमा आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरे।
भ्रष्टाचार निवारण ऐन, २०५९ मा सार्वजनिक पदमा बहाल गरेको ६० दिनभित्र सम्पत्ति विवरण पेस गर्नुपर्ने व्यवस्था छ। पेस मात्रै गरे पुग्ने, सार्वजनिक गर्नै पर्ने कानुनी बाध्यता नभएका कारण मन्त्रीहरुको सम्पत्ति विवरण आम जानकारीमा आउन नसकेको हो।
ऐनको दफा ५० मा ६० दिनभित्र आफ्नो वा आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको स्रोत तोकेको निकाय वा अधिकारी समक्ष पेस गर्नुपर्नेछ।
प्रधानमन्त्री केपी ओलीले फागुन ३ मा सपथ लिएसँगै उनले थप दुई जनालाई मन्त्रिपरिषद् सदस्य बनाएका थिए। सोही दिन एमालेका दुई नेताहरु लालबाबु पण्डितले जनसंख्या तथा वातावरण र थममाया थापा मगरले महिला, बालबालिका तथा समाज कल्याण मन्त्रीका रुपमा सपथ लिए।
News Desk 0 response मङ्लबार, बैशाख ४, २०७५

सम्बन्धित शीर्षकहरु
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा उजुरी गरे, आफैले दुई हजार जरिवाना तिरे
बिहिबार, अशोज २९, २०८३-
आनी छोइङ डोल्माको नियुक्तिप्रति चौतर्फी आलोचना
आइतवार, कार्तिक २, २०८३ -
नेपालका लागि भारतका राजदूत फेरिए, सुधाकर दलेला..
शुक्रबार, अशोज ३०, २०८३ -
प्रहरी कार्यालय बाँकेका प्रमुख अंगुर जीसीले..
शुक्रबार, अशोज ३०, २०८३ -
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा..
बिहिबार, अशोज २९, २०८३ -
दशैंको विदा मनाउने उत्कृष्ठ गन्तब्य तनहुँको झाँगाझोली
बिहिबार, अशोज २९, २०८३
-
आनी छोइङ डोल्माको नियुक्तिप्रति चौतर्फी आलोचना
आइतवार, कार्तिक २, २०८३ -
नेपालका लागि भारतका राजदूत फेरिए, सुधाकर दलेला..
शुक्रबार, अशोज ३०, २०८३ -
प्रहरी कार्यालय बाँकेका प्रमुख अंगुर जीसीले..
शुक्रबार, अशोज ३०, २०८३ -
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा..
बिहिबार, अशोज २९, २०८३ -
दशैंको विदा मनाउने उत्कृष्ठ गन्तब्य तनहुँको झाँगाझोली
बिहिबार, अशोज २९, २०८३
-
दशैंको विदा मनाउने उत्कृष्ठ गन्तब्य तनहुँको झाँगाझोली
बिहिबार, अशोज २९, २०८३ -
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा..
बिहिबार, अशोज २९, २०८३ -
नेपालका लागि भारतका राजदूत फेरिए, सुधाकर दलेला..
शुक्रबार, अशोज ३०, २०८३ -
दशैँको मुखमा अरनिको यातायातको सेवा अस्तव्यस्त, यात्रु..
बिहिबार, अशोज २९, २०८३ -
विदेशी मुद्रा सञ्चिति ४० खर्ब ६५ अर्ब..
बिहिबार, अशोज २९, २०८३


