

-
चितवन ।
चितवन राष्ट्रिय निकुञ्जका कर्मचारी र सुरक्षार्थ खटिएको नेपाली सेना बस्ने निकुञ्ज र मध्यवर्ती क्षेत्रमा माछा खान प्रतिबन्ध लगाइएको छ। मुख्य कार्यालय कसरा, सेक्टर,हात्तीसार शाखा, रेञ्जपोष्ट, प्रवेशद्वार पोष्ट तथा सुरक्षापोष्ट लगायतका स्थानमा पोखरी र नदीका माछा खान वैशाख १ गतेबाट पूर्ण प्रतिबन्ध लगाइएको हो। निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार निकुञ्जका कुनै पोष्टहरूमा त्यहीका कर्मचारीले तियारी जाल प्रयोग गर्न दिएको वा वेवास्ता गरी माछा समेत खाने गरेको गुनासो आएपछि निकुञ्ज र मध्यवर्ती क्षेत्रमा माछा खान प्रतिबन्ध लगाइएको हो।अधिकृत ढकालले भने, ‘कुनै ठाउँमा कर्मचारीले नै जाल प्रयोग गर्न दिएर आधा आधा माछा भागवण्डा गरेको भन्ने गुनासो आएपछि यो निर्णय गरिएको हो।’ नदीका माछा दुर्लभ जलचर गोहीको मुख्य आहार हो। माछा घटेमा गोहीको संख्या घट्दै जाने भन्दै निकुञ्जले नदीहरूमा ठूला जाल प्रयोग गर्न पूर्ण प्रतिबन्ध लगाएको छ।
लाइसेन्स भएकालाई मात्रै सानो जाल प्रयोग गर्न दिइएको छ। निकुञ्जअन्तर्गत ३५० जना कर्मचारी छन् भने सुरक्षार्थ एक हजार नेपाली सेना निकुञ्जमा बस्दछन्। निकुञ्जका ५७ स्थायी पोष्टमा निकुञ्जका कर्मचारी र नेपाली सेना आवासीय रुपमा नै वस्ने गर्दछन्। निकुञ्जले यस अघि नै यी ठाउँमा बंगुरको मासु खान प्रतिबन्ध लगाएको थियो। प्रमुख संरक्षण अधिकृत ढकालले नदीमा माछा मार्ने क्रम निरुत्साहित गर्न यो अभियान थालेको बताए। निकुञ्ज संरक्षणमा परिचालन भएका कर्मचारी र सेना बढी जिम्मेवार हुनुपर्ने भएकाले यस्तो निर्णय गर्नु परेको उनको भनाई छ।
-नारायण ढुंगाना
News Desk 0 response आइतवार, बैशाख २, २०७५


सम्बन्धित शीर्षकहरु

नेपाली श्रमिकको हितलाई केन्द्रमा राख्न मलेसियाका गृहमन्त्रीसँग प्रधानमन्त्रीको जोड
शुक्रबार, माघ २०, २०७९
एन्फाले १७ वर्षमुनिको महिला राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा २८ खेलाडी बोलायो
शुक्रबार, माघ २०, २०७९-
नेपाली श्रमिकको हितलाई केन्द्रमा राख्न मलेसियाका गृहमन्त्रीसँग..
शुक्रबार, माघ २०, २०७९ -
एन्फाले १७ वर्षमुनिको महिला राष्ट्रिय टोलीको बन्द..
शुक्रबार, माघ २०, २०७९ -
गैँडाको संरक्षणमा सरकार संवेदनशील : प्रधानमन्त्री प्रचण्ड
शुक्रबार, माघ २०, २०७९ -
चितवनमा किसानद्वारा सडकमा तरकारी फालेर प्रदर्शन
शुक्रबार, माघ २०, २०७९ -
ललितपुरको कोहिनुर हिल हाउजिङ लिलामीमा
शुक्रबार, माघ २०, २०७९
-
नेपाली श्रमिकको हितलाई केन्द्रमा राख्न मलेसियाका गृहमन्त्रीसँग..
शुक्रबार, माघ २०, २०७९ -
एन्फाले १७ वर्षमुनिको महिला राष्ट्रिय टोलीको बन्द..
शुक्रबार, माघ २०, २०७९ -
गैँडाको संरक्षणमा सरकार संवेदनशील : प्रधानमन्त्री प्रचण्ड
शुक्रबार, माघ २०, २०७९ -
चितवनमा किसानद्वारा सडकमा तरकारी फालेर प्रदर्शन
शुक्रबार, माघ २०, २०७९ -
ललितपुरको कोहिनुर हिल हाउजिङ लिलामीमा
शुक्रबार, माघ २०, २०७९
-
अर्थतन्त्रका सूचकहरु अझै चिन्ताजनक : प्रधानमन्त्री
बिहिबार, माघ १२, २०७९ -
मधेस प्रदेशका दुई सांसदले आज शपथ लिए
बुधबार, माघ ११, २०७९ -
बैतडीमा महिला टी–२० क्रिकेट आजदेखि
बिहिबार, माघ १२, २०७९ -
भोजपुरमा चिराइतो खेतीबाट किसान लाभान्वित
बुधबार, माघ ११, २०७९ -
आत्मनिर्भर लघुवित्तको आइपिओ खुला
सोमवार, माघ १६, २०७९