

-
चितवन ।
चितवन राष्ट्रिय निकुञ्जका कर्मचारी र सुरक्षार्थ खटिएको नेपाली सेना बस्ने निकुञ्ज र मध्यवर्ती क्षेत्रमा माछा खान प्रतिबन्ध लगाइएको छ। मुख्य कार्यालय कसरा, सेक्टर,हात्तीसार शाखा, रेञ्जपोष्ट, प्रवेशद्वार पोष्ट तथा सुरक्षापोष्ट लगायतका स्थानमा पोखरी र नदीका माछा खान वैशाख १ गतेबाट पूर्ण प्रतिबन्ध लगाइएको हो। निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार निकुञ्जका कुनै पोष्टहरूमा त्यहीका कर्मचारीले तियारी जाल प्रयोग गर्न दिएको वा वेवास्ता गरी माछा समेत खाने गरेको गुनासो आएपछि निकुञ्ज र मध्यवर्ती क्षेत्रमा माछा खान प्रतिबन्ध लगाइएको हो।अधिकृत ढकालले भने, ‘कुनै ठाउँमा कर्मचारीले नै जाल प्रयोग गर्न दिएर आधा आधा माछा भागवण्डा गरेको भन्ने गुनासो आएपछि यो निर्णय गरिएको हो।’ नदीका माछा दुर्लभ जलचर गोहीको मुख्य आहार हो। माछा घटेमा गोहीको संख्या घट्दै जाने भन्दै निकुञ्जले नदीहरूमा ठूला जाल प्रयोग गर्न पूर्ण प्रतिबन्ध लगाएको छ।
लाइसेन्स भएकालाई मात्रै सानो जाल प्रयोग गर्न दिइएको छ। निकुञ्जअन्तर्गत ३५० जना कर्मचारी छन् भने सुरक्षार्थ एक हजार नेपाली सेना निकुञ्जमा बस्दछन्। निकुञ्जका ५७ स्थायी पोष्टमा निकुञ्जका कर्मचारी र नेपाली सेना आवासीय रुपमा नै वस्ने गर्दछन्। निकुञ्जले यस अघि नै यी ठाउँमा बंगुरको मासु खान प्रतिबन्ध लगाएको थियो। प्रमुख संरक्षण अधिकृत ढकालले नदीमा माछा मार्ने क्रम निरुत्साहित गर्न यो अभियान थालेको बताए। निकुञ्ज संरक्षणमा परिचालन भएका कर्मचारी र सेना बढी जिम्मेवार हुनुपर्ने भएकाले यस्तो निर्णय गर्नु परेको उनको भनाई छ।
-नारायण ढुंगाना
News Desk 0 response आइतवार, बैशाख २, २०७५

सम्बन्धित शीर्षकहरु
-
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३
-
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



