• काठमाडौँ ।
    बिस्केट जात्राको अवसरमा भक्तपुर मध्यपुर थिमि क्षेत्रका बासिन्दाले आइतबार विहान हर्षोल्लासका साथ एक अर्कामा सिन्दुर दलेर जात्रा मनाएका छन् ।
    थिमिका टोलटोलबाट विभिन्न देवताका मूर्ति खटमा विराजमान गराई खट बोकेर सिन्दूर खेल्दै पूजाआजाका साथ सो जात्रा मनाइन्छ ।
    बिस्केट जात्राको अवसरमा मध्यपुर थिमिमा मात्र मनाइने विभिन्न जात्रामध्ये ३२ वटा खटसहितको सिन्दुरेजात्रा प्रसिद्ध छ ।