

सर्वोच्चमा सुरु भयो सरकारी सम्पत्तिको संरक्षण
कानूनमन्त्री हुनासाथ शेरवहादुर तामाङले न्यायालयभित्र बिकृत्ति भएको वताएका थिए
-
काठमाडौं ।
पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले जर्वजस्ती घर लगेको गाडीका चालक मर्मत र इन्धन खर्च लिन सर्वोच्च अदालतको प्रशासनमा पुगेका थिए । त्यही वेला उनले चढ्ने गरेको गाडी सर्वोच्च प्रशासनको कब्जामा पर्यो ।
दुई करोड रुपैयाँ सरकारी रकममा खरिद गरिएको गाडी सरकारी सम्पत्ति भएका कारण पूर्व श्रीमानवाट फिर्ता लिने योजना अन्तर्गत यहाँका कर्मचारीले कब्जा लिए र मुख्य रजिष्ट्रार समक्ष बुझाए ।
मन्त्री हुनासाथ शेरवहादुर तामाङले न्यायालयमा बिकृति छ भन्दै पूर्व श्रीमान्हरुले प्रयोग गरेका सरकारी सम्पत्तिका बारे पनि आवाज उठाएका थिए । सरकारी सम्पत्ति संरक्षण गर्ने सरकारको नीति अनुरुप कर्मचारीले यो गाडी कब्जा गरेकाहुन् । त्यसोत प्रधानन्यायाधीश हुँदा खुवै चर्चा कमाएकी सुशीला कार्कीको नाम पनि जर्वजस्ती सरकारी गाडी लैजानेको सूचीमा छ ।
बिहिवार गाडी मर्मत र इन्धन खर्च लिन सर्वोच्च अदालतको प्रशासनमा पुगेका चालक जोगमोहन महतोको हातबाट कर्मचारीले गाडीको चाबी मुख्य रजिष्ट्रार सँग पुगेको छ ।
चालक महतो र गाडी दुवै सर्वोच्चका हुन् । महतो सर्वोच्च अदालतका स्थायी कर्मचारी हुन् भने गाडी कल्याण श्रेष्ठ प्रधानन्यायाधीशबाट हटेपछि झण्डा हटाएर लगेका थिए ।चालक महतोले गाडी कल्याण श्रेष्ठको चलाए पनि तलबबाहेक ओभरटाइम भत्तासमेत सर्वोच्च अदालतबाट पाउँदै आएका छन् । सर्वोच्च अदालतमा जो प्रधानन्यायाधीश भए पनि उसको पालामा नयाँ गाडी किन्ने र अवकाश हुने बेला घर लिएर जाने गरेका छन् ।
News Desk 0 response शुक्रबार, चैत्र ३०, २०७४

सम्बन्धित शीर्षकहरु
-
रसुवाको सीडीओ फेरिए
आइतवार, भदौ २१, २०८३ -
बाढीपछि रसुवागढी र तातोपानी ठप्प, चीनसँगको व्यापार..
आइतवार, भदौ २१, २०८३ -
१४ सहसचिव र ९ उपसचिवको सरुवा, विभिन्न..
शुक्रबार, भदौ १९, २०८३ -
राष्ट्रपति कार्यालयको १६ करोडभन्दा बढी रकम लेखापरीक्षण..
बिहिबार, भदौ १८, २०८३ -
बाढीपछि नुवाकोट, धादिङ र रसुवा जोड्ने चार..
बिहिबार, भदौ १८, २०८३
-
रसुवाको सीडीओ फेरिए
आइतवार, भदौ २१, २०८३ -
बाढीपछि रसुवागढी र तातोपानी ठप्प, चीनसँगको व्यापार..
आइतवार, भदौ २१, २०८३ -
राष्ट्रपति कार्यालयको १६ करोडभन्दा बढी रकम लेखापरीक्षण..
बिहिबार, भदौ १८, २०८३ -
बाढीपछि नुवाकोट, धादिङ र रसुवा जोड्ने चार..
बिहिबार, भदौ १८, २०८३ -
रसुवा बाढीमा ज्यान गुमाएकाको सम्झनामा भदौ २२..
बिहिबार, भदौ १८, २०८३
-
रसुवा बाढीमा फसेका १ सय १४ नेपाली..
बिहिबार, भदौ १८, २०८३ -
राष्ट्रपति कार्यालयको १६ करोडभन्दा बढी रकम लेखापरीक्षण..
बिहिबार, भदौ १८, २०८३ -
भोटेकोशी बाढीका विषयमा चिनियाँ अनुसन्धानकर्ताको नयाँ अध्ययन..
बुधबार, भदौ १७, २०८३ -
बाढीमा बेपत्ताको कुशको प्रतिमा बनाएर दाहसंस्कार
बुधबार, भदौ १७, २०८३ -
रसुवा र तातोपानी नाका प्रभावित भएपछि कोरोला..
बिहिबार, भदौ १८, २०८३



