

सर्वोच्चमा सुरु भयो सरकारी सम्पत्तिको संरक्षण
कानूनमन्त्री हुनासाथ शेरवहादुर तामाङले न्यायालयभित्र बिकृत्ति भएको वताएका थिए
-
काठमाडौं ।
पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले जर्वजस्ती घर लगेको गाडीका चालक मर्मत र इन्धन खर्च लिन सर्वोच्च अदालतको प्रशासनमा पुगेका थिए । त्यही वेला उनले चढ्ने गरेको गाडी सर्वोच्च प्रशासनको कब्जामा पर्यो ।
दुई करोड रुपैयाँ सरकारी रकममा खरिद गरिएको गाडी सरकारी सम्पत्ति भएका कारण पूर्व श्रीमानवाट फिर्ता लिने योजना अन्तर्गत यहाँका कर्मचारीले कब्जा लिए र मुख्य रजिष्ट्रार समक्ष बुझाए ।
मन्त्री हुनासाथ शेरवहादुर तामाङले न्यायालयमा बिकृति छ भन्दै पूर्व श्रीमान्हरुले प्रयोग गरेका सरकारी सम्पत्तिका बारे पनि आवाज उठाएका थिए । सरकारी सम्पत्ति संरक्षण गर्ने सरकारको नीति अनुरुप कर्मचारीले यो गाडी कब्जा गरेकाहुन् । त्यसोत प्रधानन्यायाधीश हुँदा खुवै चर्चा कमाएकी सुशीला कार्कीको नाम पनि जर्वजस्ती सरकारी गाडी लैजानेको सूचीमा छ ।
बिहिवार गाडी मर्मत र इन्धन खर्च लिन सर्वोच्च अदालतको प्रशासनमा पुगेका चालक जोगमोहन महतोको हातबाट कर्मचारीले गाडीको चाबी मुख्य रजिष्ट्रार सँग पुगेको छ ।
चालक महतो र गाडी दुवै सर्वोच्चका हुन् । महतो सर्वोच्च अदालतका स्थायी कर्मचारी हुन् भने गाडी कल्याण श्रेष्ठ प्रधानन्यायाधीशबाट हटेपछि झण्डा हटाएर लगेका थिए ।चालक महतोले गाडी कल्याण श्रेष्ठको चलाए पनि तलबबाहेक ओभरटाइम भत्तासमेत सर्वोच्च अदालतबाट पाउँदै आएका छन् । सर्वोच्च अदालतमा जो प्रधानन्यायाधीश भए पनि उसको पालामा नयाँ गाडी किन्ने र अवकाश हुने बेला घर लिएर जाने गरेका छन् ।
News Desk 0 response शुक्रबार, चैत्र ३०, २०७४

सम्बन्धित शीर्षकहरु
गाजामा भारी वर्षापछि विस्थापित परिवार प्रभावित, संयुक्त राष्ट्रको उद्धार प्रयास जारी
शनिबार, कार्तिक ३०, २०८२-
भारतसँगको पारवहन सन्धि प्रोटोकल संशोधन
शनिबार, कार्तिक ३०, २०८२ -
गाजामा भारी वर्षापछि विस्थापित परिवार प्रभावित, संयुक्त..
शनिबार, कार्तिक ३०, २०८२ -
नारायणघाट–बुटवल सडक विस्तार राति मात्र
शनिबार, कार्तिक ३०, २०८२ -
मतदाता नामावली संकलनको म्याद पाँच दिन थपियो
शुक्रबार, कार्तिक २९, २०८२ -
धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
शुक्रबार, कार्तिक २९, २०८२
-
भारतसँगको पारवहन सन्धि प्रोटोकल संशोधन
शनिबार, कार्तिक ३०, २०८२ -
गाजामा भारी वर्षापछि विस्थापित परिवार प्रभावित, संयुक्त..
शनिबार, कार्तिक ३०, २०८२ -
नारायणघाट–बुटवल सडक विस्तार राति मात्र
शनिबार, कार्तिक ३०, २०८२ -
मतदाता नामावली संकलनको म्याद पाँच दिन थपियो
शुक्रबार, कार्तिक २९, २०८२ -
धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
शुक्रबार, कार्तिक २९, २०८२
-
भोजपुरमा बन्छन् पाँच सयदेखि ५२ हजारसम्मका ‘भोजपुरे..
शुक्रबार, कार्तिक २२, २०८२ -
मुस्ताङ–डोल्पा सडक १० दिनदेखि अवरुद्ध
शुक्रबार, कार्तिक २२, २०८२ -
नेपाल प्रहरीका एसएसपी रानाभाटको राजीनामा स्वीकृत
बिहिबार, कार्तिक २१, २०८२ -
कैलालीमा जिपको ठक्करबाट एक जनाको मृत्यु, ३..
आइतवार, कार्तिक २४, २०८२ -
आन्दोलनमा घर जलाइएका एक उच्च अधिकारी,सरकारी सम्पत्ति..
मङ्लबार, कार्तिक २६, २०८२



