

मुहान क्षेत्रवाट बिजयी कानूनमन्त्रीले भने,‘मेलम्ची अन्माई दियौं, छोरी झै पाल्नू होला’
कानूनमन्त्रीले छोरी अन्माउँदा खानेपानी मन्त्री बिना मगरले बुहारी मानिन्
-
मेलम्ची ।
काठमाडौंको खानेपानीको आवश्यकता पूरा गर्ने मेलम्ची खानेपानीको मुहान सिन्धुपाल्चोक क्षेत्र नम्वर दुईवाट विजयी भएर मन्त्री वनेका शेरवहादुर शेरबहादुर तामाङले मेलम्चीलाई ‘दुलही’का रुपमा अन्माएर काठमाडौं पठाएको धारणा राख्दा यहाँका वासन्दाको भावूक वनेको थिए ।
साढे २७ किलोमिटर लामो सुरुङमा ‘ब्रेक थ्रू’ भएपछि आयोजना गरिएको कार्यक्रममा मेलम्चीलाई ‘दुलही’ का रुपमा अन्माएर काठमाडौं पठाएको बताएका हुन् ।
अन्तिम खण्डको मंगलबार नै सुरुङ खनिसकिएको थियो । कार्यक्रममा सिन्धुपाल्चोकका सांसदसमेत रहेका कानुनमन्त्री शेरबहादुर तामाङले मेलम्चीलाई ‘दुलही’का रुपमा अन्माएर पठाएको बताए । उनले भने ‘मेलम्ची हाम्री दुलही हुन्, आज तपाईँहरु दुलही लिन आउन भएको छ, हामी खुसी पनि छौं ।’
वहुमूल्य प्राकृतिक सम्पत्ति राजधानीलाई उपहार दिएको भन्दै उनले भने ‘मेलम्ची हाम्रो दुलही हो, तपाईहरुले आफ्नो छोरीलाई जस्तै गरी माया गर्नुहोला ।’
मन्त्री तामाङले मेलम्चीलाई दुलहीको संज्ञा दिएपछि खानेपानी मन्त्री विना मगरले सिन्धुको चेलीलाई माया गर्ने बताइन् । ‘हामी तपाईंहरुको दुलही लिन आएका छौं’ उनले भनिन्, ‘हामी धेरै खुसी छौं तपाईंहरु पनि दुःखी हुनु पर्दैन ।’
News Desk 0 response बिहिबार, चैत्र २९, २०७४

सम्बन्धित शीर्षकहरु
-
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३
-
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



