

मुहान क्षेत्रवाट बिजयी कानूनमन्त्रीले भने,‘मेलम्ची अन्माई दियौं, छोरी झै पाल्नू होला’
कानूनमन्त्रीले छोरी अन्माउँदा खानेपानी मन्त्री बिना मगरले बुहारी मानिन्
-
मेलम्ची ।
काठमाडौंको खानेपानीको आवश्यकता पूरा गर्ने मेलम्ची खानेपानीको मुहान सिन्धुपाल्चोक क्षेत्र नम्वर दुईवाट विजयी भएर मन्त्री वनेका शेरवहादुर शेरबहादुर तामाङले मेलम्चीलाई ‘दुलही’का रुपमा अन्माएर काठमाडौं पठाएको धारणा राख्दा यहाँका वासन्दाको भावूक वनेको थिए ।
साढे २७ किलोमिटर लामो सुरुङमा ‘ब्रेक थ्रू’ भएपछि आयोजना गरिएको कार्यक्रममा मेलम्चीलाई ‘दुलही’ का रुपमा अन्माएर काठमाडौं पठाएको बताएका हुन् ।
अन्तिम खण्डको मंगलबार नै सुरुङ खनिसकिएको थियो । कार्यक्रममा सिन्धुपाल्चोकका सांसदसमेत रहेका कानुनमन्त्री शेरबहादुर तामाङले मेलम्चीलाई ‘दुलही’का रुपमा अन्माएर पठाएको बताए । उनले भने ‘मेलम्ची हाम्री दुलही हुन्, आज तपाईँहरु दुलही लिन आउन भएको छ, हामी खुसी पनि छौं ।’
वहुमूल्य प्राकृतिक सम्पत्ति राजधानीलाई उपहार दिएको भन्दै उनले भने ‘मेलम्ची हाम्रो दुलही हो, तपाईहरुले आफ्नो छोरीलाई जस्तै गरी माया गर्नुहोला ।’
मन्त्री तामाङले मेलम्चीलाई दुलहीको संज्ञा दिएपछि खानेपानी मन्त्री विना मगरले सिन्धुको चेलीलाई माया गर्ने बताइन् । ‘हामी तपाईंहरुको दुलही लिन आएका छौं’ उनले भनिन्, ‘हामी धेरै खुसी छौं तपाईंहरु पनि दुःखी हुनु पर्दैन ।’
News Desk 0 response बिहिबार, चैत्र २९, २०७४


सम्बन्धित शीर्षकहरु
-
गृह मन्त्रालयद्वारा २० प्रमुख जिल्ला अधिकारीको सरुवा..
मङ्लबार, असार ३, २०८२ -
सुनचाँदी व्यवसायीहरुको माग पुरा गर्ने प्रधानमन्त्रीको आश्वासन
मङ्लबार, असार ३, २०८२ -
प्रतिनिधिसभामा सङ्घीय निजामती सेवा विधेयक पारित गर्ने..
मङ्लबार, असार ३, २०८२ -
इजरायली भूमिमा इतिहासकै सबैभन्दा ठूलो आक्रमण गर्ने..
मङ्लबार, असार ३, २०८२ -
नवलपरासी, रुपन्देही र चितवनसहित आसपासका क्षेत्रमा ठूलो..
मङ्लबार, असार ३, २०८२
-
गृह मन्त्रालयद्वारा २० प्रमुख जिल्ला अधिकारीको सरुवा..
मङ्लबार, असार ३, २०८२ -
सुनचाँदी व्यवसायीहरुको माग पुरा गर्ने प्रधानमन्त्रीको आश्वासन
मङ्लबार, असार ३, २०८२ -
प्रतिनिधिसभामा सङ्घीय निजामती सेवा विधेयक पारित गर्ने..
मङ्लबार, असार ३, २०८२ -
इजरायली भूमिमा इतिहासकै सबैभन्दा ठूलो आक्रमण गर्ने..
मङ्लबार, असार ३, २०८२ -
नवलपरासी, रुपन्देही र चितवनसहित आसपासका क्षेत्रमा ठूलो..
मङ्लबार, असार ३, २०८२
-
कास्की मालपोतका सुब्बाहरूको सरुवा हुँदा पनि रमाना..
बिहिबार, जेष्ठ ३०, २०८२ -
सुजनको सपना अखिलको नेतृत्व
आइतवार, जेष्ठ २६, २०८२ -
काँग्रेस वकिलका नेता पोखरेलसहित तीन जना सर्वोच्चको..
मङ्लबार, जेष्ठ २८, २०८२ -
अनेरास्ववियुलाई युग अनुकूल बनाउन अध्यक्षमा मेरो उम्मेद्बारीः..
मङ्लबार, जेष्ठ २८, २०८२ -
कर्मकाण्डी शैलीको सतर्कता केन्द्रमा सम्पत्ति बिवरण
सोमवार, जेष्ठ २७, २०८२